शिशु तस्करीमा मदर टेरेसा च्यारिटी 

शिशु तस्करीमा मदर टेरेसा च्यारिटी 

भारतको झारखण्ड राज्य पुलिसले मदर टेरेसा च्यारिटी अफ ईन्डियाका दुई जना ननलाई पक्राउ गरेको छ । उनीहरुमाथि चारवटा नवजात शिशु तस्करी गरेको आरोप छ । प्रहरी अधिकृत श्यामानन्द मण्डलले भने, ‘यिनीहरुमाथि झारखण्डबाट तीन र उत्तर प्रदेशबाट एक नवजात शिशु बेचेको आरोप छ । बाँकी कुरा अनुसन्धानपछि सार्वजनिक गर्नेछौँ ।’ 

च्यारिटीका ननद्वय सिष्टर कोन्सिला बाल्सा र अनिमा ईन्दिवर मदर टेरेसा च्यारिटीको ‘निर्मल हृदय’ शाखा चलाएर बसेका थिए । सिष्टर कोन्सिला चाहिँ शाखामा रहेको ‘अविवाहित आमा’ विभागकी प्रमुख थिईन् । राँची बाल कल्याण समितिले निर्मल हृदय सेल्टरबाट शिशु हराएको सुचना पाएपछि सिष्टर कोन्सिला र अनिमा विरुध्द पुलिसमा उजुरी दिएपछि यो घटना सतहमा आएको हो । 

उनीहरुले एक लाख भारुमा शिशुलाई निःसन्तान दम्पत्तीसँग बेचेका तथा रकम चाहिँ अस्पतालको बिलको रुपमा बुझेका थिए । भारतमा निःसन्तान दम्पत्तीहरु धेरै छन् । उनीहरु विशेष गरेर पुरुष शिशुलाई सन्तानको रुपमा ग्रहण गर्न चाहन्छन् । यसै चाहनालाई ती दुई ननले व्यापारिक रुप दिए । घटना सार्वजनिक हुँदा च्यारिटीमा ११ जना गर्भवती युवतीहरु थिए । अहिले ती युवतीहरु बालकल्याण समितिको सेल्टर गृह ‘करुणा सेल्टर होम’ मा सारिएको छ भने सिष्टर कोन्सिला प्रमुख रहेको ‘निर्मल हृदय’को अविवाहित आमा सेल्टर बन्द गरिएको छ । 

बाल कल्याण समिति सदस्य तनुश्री सरकारले भनिन्, ‘च्यारिटीको एउटा शाखामा यस्तो कारोबार चल्ने गरेको पुष्टि भइसकेपछि हामी च्यारिटीका अन्य शाखामाथि विश्वास गर्नसक्दैनौँ । अब हामी बालबालिकाहरुलाई च्यारिटीमा सेल्टरका लागि पठाउने छैनौँ । 

भारतीय समाजमा अविवाहित किशोरी तथा विवाह टुटेका युवतीहरुले बच्चा पाउँदा सामाजिक यातना भोग्नुपर्ने अवस्था छ । त्यसकारण, यस्ता महिलाहरु गर्भ बसेको थाहा पाएपछि बच्चा जन्माउनको लागि मदर टेरेसा च्यारिटी जस्ता सेल्टरको सहारा लिन्छन् । बाल्सा र ईन्दिवरले सेल्टरमा जन्मेका यस्तै शिशुहरु बेच्ने गरेका थिए ।  मदर टेरेसाले यो संस्था राँचीमा सन् १९५० मा खोलेकी थिईन् ।

मदर टेरेसा असहाय तथा गरीबहरुको सहयोगका कारण चर्चित छिन् तर उनले सहयोगको नाममा मानिसहरुलाई रोमन क्याथोलिक ईसाईपन्थी बनाउने गरेकी थिईन् भन्ने आरोप छ । यस संस्थाका अहिले १३० वटा देशमा शाखा रहेका छन् भने ४५०० ननहरु सक्रिय छन् ।  

सन् २०१० मा भारतको राष्ट्रिय बाल संरक्षण समितिले सर्वाेच्च अदालतलाई दिएको एउटा प्रतिवेदनमा भनिएको छ, ‘पूर्वाेत्तर राज्यका बालबालिकाहरुलाई राम्रो शिक्षादिक्षाको लालच देखाएर पाष्टरहरु तमीलनाडु तथा कर्नाट ल्याईरहेका छन् । अनुसन्धानको क्रममा पुर्वाेत्तर भारत तथा दक्षिण भारतका चर्च गृहमा सयौँको संख्यामा राखिएका बालबालिकामाथि यौन हिंसा हुने गरेको तथ्य फेला प¥यो ।’–एजेन्सीबाट  

प्रतिकृया दिनुहोस

ठेकेदारको लापरवाहीले हुम्लाका ११

रहेनन् प्रसिद्ध रेडियोकर्मी यज्ञनीधि

बाल विवाह रोक्न सबैको हातेमालो जरूरी

खोई हामीलाई गरिब परिचय पत्र ?

हुम्लाको विकट गाउँपालिकामा ईन्टरनेट

बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि