सामाजिक असमानता घटाउन विवेकशील पार्टीको‘समता संवाद श्रृंखला’ अभियान

सामाजिक असमानता घटाउन विवेकशील पार्टीको‘समता संवाद श्रृंखला’ अभियान

काठमाडौं । समाजमा वढ्दो असमानता घटाउन विवेकशील साझा पार्टीले नयाँ अभियान ‘समता संवाद श्रृखला’ सञ्चालनमा ल्याएको छ । पार्टीले समाजमा वढ्दो अन्याय,विदेभ र कूरिति न्यूनिकरणका गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम थालेको हो । 

संवाद कार्यक्रम मानवअधिकार,सामाजिक न्याय,समावेशिता, तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर सञ्चालन गरिएको पार्टीको सामाजिक न्याय तथा समावेशिता विभाग प्रमुख एवम् केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताए ।  

मासिक रुपमा सञ्चालन गरिने श्रृंखलाको पहिलो प्रस्तुति प्रख्यात पुरस्कार ‘फ्रीडम फ्रम फियर’ अवार्ड बाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रुपमा प्रस्तुत गरेर शनिबारबाट आरम्भ गरिएको छ ।  समता संवादमा आफ्नो प्रस्तुति राख्दै  सामाजिक अभियानकर्ता चौधरीले ११ वर्षको उमेरवाट कमलरी जीवनमा भोग्नु परेको हिंशा,दमन,विभेद देखि दासता मुक्ति आन्दोलनमा खेलेको भूमिकाबारे आफ्ना अनूभव, भोगाई,सिकाई तथा प्रेरणादायी विचारहरू राखेकी थिइन् । समानताको लडाई सकिएको छैन, असमानता, विभेद र विकृति विरुद्ध खुलेर बोल्न,सकृयता देखाउन र अभियान संचालन गर्न तपाई हामी एक जुट हुनै पर्छ, चौधरीको भनाई थियो । 

समारोहमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समनता विनाको संवृद्धि दिगो हुन नसक्ने भन्दै सामाजिक न्याय र समावेशितालाई पार्टीको मुटु भएको संज्ञा दिनु भयो । अर्का संयोजक उज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिनु भयो । अन्तरकृयालाई पार्टी केन्द्रीय सदस्य रेशु अर्याल ढुंगाना र समता अभियानकर्ता प्रतिक क्षेत्रीले सहजीकरण गर्नु भएको थियो ।

अन्तरकृयात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’को अर्को प्रस्तुति साउन दोश्रो साता हुने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला