मौसम विज्ञान विभागको पूर्वानूमान, कहाँ–कहाँ हुँदैछ भारी वर्षा

 मौसम विज्ञान विभागको पूर्वानूमान, कहाँ–कहाँ हुँदैछ भारी वर्षा

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज चुरे र महाभारतबाट बहने नदी आसपास रहने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार (आज) देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले चुरे र महाभारतबाट बहने लगायतका नदी आसपासमा उच्च सतर्कता अपनाउन भनेको हो । 

गोरखा, धादिङ, लमजुङ र कास्कीको केही स्थानहरूमा भारी बर्षाको संभावना भएकाले पहाडका साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ । साथै बागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहन पनि अनुरोध गरेको  छ ।  

सोमबार (भोलि) गोरखा, धादिङ, लमजुङ र कास्की लगायत काठमाण्डौ , ललितपुर भक्तपुर ,नुवाकोट ,दोलखा आसपासका जिल्लामा पनि भारी बर्षा हुने सम्भावना भएकाले यी जिल्लामा पनि सर्तकता अपनाउन बिशेष बुलेटिन मार्फत ध्यानाकर्षण गराएको छ ।  बाढी पुर्वानुमान महाशाखाले चुरे क्षेत्रबाट बग्ने खोलानालामा पानीको बहाब खतराको तहभन्दा माथि जान सक्ने चेतावनी दिएको छ । 

विशेषगरी चुरे क्षेत्रबाट प्रवाह हुने सबै खोलानालाहरुमा बहाब खतरा तहभन्दामाथि जान सक्ने देखिएकाले तराई र चुरे क्षेत्रमा पर्ने सबै जिल्लाहरु र मध्यपहाडी क्षेत्रहरुमा मध्यमदेखि भारीसम्म वर्षा हुनसक्ने देखाएकाले सर्तकता अपनाउन महाशाखाले जनाएको छ ।

मध्य तथा पश्चिम क्षेत्रका नदीहरू बागमती, रिउखोला, पश्चिम राप्ती, बबई, मोहना, मछेली लगायत चुरेबाट बहने अन्य नदीहरूमा वहाब बढ्दो क्रममा हुने तथा केहीमा सोमबार सम्म सतर्कता तह आसपास पुग्ने अनुमान भएकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले नदीमा ३ दिनसम्मको जल सतहबारे प्रक्षेपण गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला