दृष्टिविहीनहरूले प्रधानमन्त्री ओलीलाई भने, ‘कि बाँच्ने आधार देऊ कि मारिदेऊ’

 दृष्टिविहीनहरूले प्रधानमन्त्री ओलीलाई भने, ‘कि बाँच्ने आधार देऊ कि मारिदेऊ’

 काठमाडौं  । नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूलाई उपेक्षा गरेको भन्दै तत्काल शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ढाँटेको दृष्टिविहीनहरूको आरोप छ । 

आफ्नो योग्यता र क्षमताको आधारमा जीवन जिउन खोज्दापनि त्यसमा राज्यले रत्तिभर सहयोग नगरेको भन्दै उनीहरूले प्रधानमन्त्री ओलीलाई भनेका छन,‘कि बाँच्ने आधार देऊ होइन भने मारिदेऊ ।’  नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिका अध्यक्ष सुदिप वलीले अशक्त, अपाङ्ग, दृष्टिविहीनलाई राज्यले उचित न्याय दिनुपर्ने बताए । काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने,‘राज्यले हामीलाई न्याय दिनुपयो । पढेकालाई जागिर र नपढेकालाई भत्ताको ब्यवस्था हुनुपयो । हामी माँग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ । यदि हामी माँग्ने भए देशका सबै गायक तथा गायिका माग्ने हुन, सबै नेता माँग्ने हुन् । हामीले अपराध गरेका छैनौँ । सजाय दिनेभए ती भ्रष्टाचारीहरु, दलालीहरुलाई दिनुहोस हामीलाई होईन ।’

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय अपांग पत्रकार संघ नेपालका अध्यक्ष रबिन थपलियाले सरकारले अपांगता भएका व्यक्तिहरुलाई उपेक्षा गरेको भन्दै कडा आपत्ति जनाएका छन् । हालै आएको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा समेत अपांगता भएका व्यक्तिहरुको बारेमा कुनै सम्बोधन नगरेकोमा पनि उनको आक्रोश थियो ।  सरकारले अपाङ्गता भएको व्यक्तिलाई उचित व्यवस्था नगरेको भन्दै समितीका सदस्य नम्रता ठकुरीलेले राज्यको यसको बारेमा विशेष ध्यानाकर्षण हुनुपर्ने बताईन् ।  त्यस्तै संघर्ष समितिकिा सदस्य टंक आचार्य रोजगारीको व्यवस्था गर्न माँग गर्दै काठमाडौंको बौद्धमा आफूहरुलई निर्वाध रुपमा गाउन दिनुपर्ने बताए । उनले थपे,‘यदि होईन भने हाम्रो लागि विकल्प खोजिदिनुपर्यो ।’  

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला