सामाजिक सेवामा फरक परिचय बनाउँदै समाज कल्याण गतिविधि नेपाल

सामाजिक सेवामा फरक परिचय बनाउँदै समाज कल्याण गतिविधि नेपाल

 काठमाडौँ । समाज कल्याण गतिविधि नेपालका अध्यक्ष गणेश महतराले युवा जनशक्तिलाई विदेश जानबाट रोक्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय कानुन तथा विकास विज्ञ भाइराजा पाण्डेको प्रमुख आतिथ्यमा शनिबार ‘समाज सेवामा युवाशक्तिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष महतराले उक्त कुरा बताएका हुन् ।    

युवाको जोश जाँगरलाई स्वशमै उपयोग गर्न सबैले साथ दिनुपर्ने बताउँदै महतराले भने, ‘युवा जोशलाई सबैले साथ दिएमा देशले कोल्टे फेर्नेछ । यस संस्थामा आवद्ध कसैले पनि निराशाको जीवन बिताउनु पर्ने छैन् ।’ ‘आफूसँग भएको ज्ञान र सीपको सदुपयोग गरेर आगामी  दिनमा संस्थाले रोजगारका लागि मार्गप्रशस्त गर्छ  अध्यक्ष महतराले भने, ‘सेवा नै धर्म हो भन्ने उक्तिलाई सार्थक पार्न सबैले सकेको सहयोग गर्नुपर्छ ।’ 

'युथ अफ चेन्ज फर सोसियालिज्म' भन्ने नाराका ‘समाज कल्याण गतिविधि नेपाल” संस्थाले पाँच वर्षदेखि सामाजिक कार्य गर्दै आएको छ । कार्यक्रममा  संस्थाले  सिन्धुपाल्चोकको अति विकट ठाउँको श्री मंगलामाई माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो । त्यस्तै संस्थाले महाभूकम्प, कोशी पीडित र साना–साना समस्यामा अल्झिएका जुन कुनै व्यक्तिहरूको लागि  सहयोग गर्दे आएको छ । व्यक्तिगत सहयोगबाट संस्थाले सामाजिक काम गर्दे आएको छ । 

कार्यक्रमा  नेपालय कलेजका प्रमुख मजोजकुमार थापा मगर, सिर्जनसिल बाल सेवा परिवारकी संस्थापक उमादेवी बस्नेत, भक्त विद्या आश्रमका प्रधानध्यापक सुदर्शन कट्टेल, अनलाइन पत्रकार महासंघका अध्यक्ष मकुन्द ढुंगाना लगायत व्यक्तिहरू उपस्थिति रहेको थियो । 

कार्यक्रममा निःशुल्क स्वस्थ्य शिविर सञ्चालन पनि गरिएको थियो । अतिथिहरूलाई संस्थाले मायाको चिनो समेत प्रदान गरेको थियो । संस्थाकी क्रियाशील सदस्य अनिताप्रधान श्रेष्ठले सञ्चाल गर्दे आएको सनराइज बेकरी क्याफेमा कार्यक्रम गरिएको थियो  ।  

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला