साथीहरूले हत्या गर्न खोजेःश्रीनव

साथीहरूले हत्या गर्न खोजेःश्रीनव

काठमाडौं । चितवनको खैरेनी नगपालिका– ३ मा रहेको सैनिक आवासीय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्य तथ्य जाँचबुझका लागि अपील गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गत बैशाख २८ गते लामिछानेलाई राति ३ बजे सोही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले कुपिट गर्दै ज्यान लिनेसम्मका अपराधिक क्रियाकलाप गरेको भन्दै घट्ना वास्तविकताप्रति प्रशासन उदाशीन रहेको आरोप उनीहरूको छ ।

श्रीनवकी आमा सृजनाले दोषीलाई कारबाहीको माग गरेकी छन् । उनले भनिन्,‘भरोसा गरेर राखेको स्कुलमा यस्ता घट्ना हुनु दुखद भएको भन्दै सरकारसँग सत्यतथ्य बुझ्न अनुरोध गर्दछ’ । समुहमा मिलेर बच्चाको ज्यान मार्ने उद्देश्यले रातीको समयमा बाथरुममा लगेर कुटपिट गर्नुलाई भन्ने ? यस विषयमा प्रशासन पनि बोलेकै छैन्, सैनिक महाविद्यालयले पनि कुनै जवाफ दिएको छैन्, आज मेरो छोराको अवस्था ठीक छैन्, आगामी दिनहरुमा उसको भविष्य के हुने ? कसरी उसले आफ्नो जिन्दगी चलाउने ?’

पत्रकार सम्मेलनमा पीडितकी काकी स्वीकृति पौडेलले उक्त घट्नालाई गुपचुप राख्नको लागि सैनिक महाविद्यालय र राजनीतिक शक्तिहरु लागेको खुलासा गरेकी छन् ।

उनले भनिन्,‘यस्तो अपराधिक कार्यलाई गोप्य राख्नको लागि चितवनका राजनीतिककर्मी र सैनिक महाविद्यालय लागि रहेको छ, यस कार्यले हाम्रो जीवनको सुरक्षाको विषय कति भत्केको छ भन्ने थाहा हुन्छ ।’

घटना यस्तो थियोः 

श्रीनव भन्छन्,‘बैशाख २८ राती ३ बजेको घट्ना हो, कृष थापा, रिवाज रेग्मी र अनिस श्रेष्ठले मलाई कुटे, कोहीले मुख थुने, कसैले घाँटी थिचे, त्यसपछि म बोल्न नसक्ने स्थितिमा पुगेको बेला अरू केही साथीहरुले थाहा पाएपछि मलाई बचाए ।’

साथीहरुसँग मेरो कुनै झगडा थिएन, कसैसँग रिसिईबी थिएन, उनीहरूले स्कुल बन्द गर्नको लागि मलाई मार्न खोजेको हुन जस्तो लाग्छ ।’ उनले भने,‘कुनै एउटाले गल्ती गर्यो भने समूहमा भएका विद्यार्थीले कुटाई खानुपर्ने, गल्ती एउटाले गर्छ कारबाही सबैले भोग्नुपर्ने स्थिति हुन्थ्यो, विद्यालय बिदाको लागि ममाथि यस्तो आक्रमण भएको हो ।’

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला