मोदी जनकपुर आउँदै,प्रदेश २ मा सार्वजनिक विदा 

मोदी जनकपुर आउँदै,प्रदेश २ मा सार्वजनिक विदा 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर आउँदैछन् । मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ । 

यस्तो छ मोदीको रुटिङ

जनकपुरबाट काठमाडौं हुँदै मुक्तिनाथ गएर मोदी शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम छ ।  मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विमानस्थलमा स्वागत गर्नेछन् ।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन् ।

जानकी मन्दिरमा शंखनाद गरेर मोदीको भव्य स्वागत हुनेछ । त्यसपछि दुवैले जानकी मन्दिरमा संयुक्तरुपमा पूजा गर्नेछन् र पत्रकारहरुसँग साक्षात्कार हुनेछन् । त्यसलगत्तै बाह्रबिघा रंगभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा मोदी सहभागी हुनेछन् । मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले नगरको कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला