दुई बण्डल जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

दुई बण्डल जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ ।  सरकारले तराईका धनुषा, महोत्तरी, सिरहालगायत जिल्लाका आँधीबेहरी पीडितलाई तत्काल आवासको व्यवस्था गर्न प्रतिपरिवार दुई बण्डल जस्तापाता उपलब्ध गराउने भएको छ । 

मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्राकृतिक प्रकोप पीडितका लागि तत्काल आवास व्यवस्थापनका लागि दुई बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

सरकारले ती जिल्लामा मंगलबार भीषण आँधीबेहरीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःखसमेत व्यक्त गरेको छ । बैठकले मृतकका परिवारलाई राहतस्वरुप रु एक लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको पनि राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए । 

बैठकले गत असार÷साउन महिनामा आएको बाढी र केही समयअघि परेको असिनाबाट प्रभावित जनताका लागि तोकिएको राहत उपलब्ध गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ । 

त्यसका लागि प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयको विपद् व्यवस्थापन कोषमा रु एक अर्ब निकासा दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उक्त राहत उपलब्ध गराउने प्रवन्ध जिल्ला प्रशासन कार्यालयबाट हुनेछ । 

मन्त्रिपरिषद्ले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ स्वीकृत गरेको छ । उक्त मार्गदर्शनको कार्यान्वयनले विकास र निर्माण क्षेत्रमा लगानी वृद्धि गर्न प्रोत्साहन मिल्ने र अनुत्पादक क्षेत्रको खर्च कटौती हुने अपेक्षा गरिएको छ ।  

रासस

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला