अमरवाणी संवाददाता/बनेपा । युनियन नेटवर्क नेपाल समन्वय परिषद (युएनआई एनएलसि) काठमाडौंले काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १२ को तीनघरे ठुलागाउँको दनुवार बस्तीलाई नमुना गाउँका रुपमा विकास गर्दै लैजाने जानकारी दिएको छ । तीनघरे ठुलागाउँका १८ जना महिलाहरुलाई तीन महिने सिलाई कटाई तालिमको प्रमाणपत्र वितरण गर्दै युएनआई नेपालका अध्यक्ष शंकर लामिछानेले दनुवार गाउँलाई नमुना गाउँका रुपमा विकास गर्दै लैजाने बताएका हुन् । तालिमको प्रारम्भिक ३ महिने कोर्ष पुरा गरेका महिलालाई प्रमाणपत्र वितरण गदै अध्यक्ष लामिछानेले प्रारम्भिक तालिम पुरा गरेका १८ जना महिलालाई थप ३ महिना एड्भान्स कोर्षको तालिम दिएर पुर्ण स्वरोजगार बनाईने समेत बताए ।
युएनआईका कार्यक्रम निर्देशक दिपा भारद्धाजले सिलाई कटाईको एडभान्स तालिम लिएका महिलाले बेरोजगार बस्नु नपर्ने ग्यारेन्टी ँिददै भनिन्, ‘तालिम सकिने बित्तिकै काठमाडौंका गार्मेन्ट ब्यबसायी र ब्यापारीसँग समन्वय गरेर गाउँमै रेडिमेड कपडा उद्योग संचालन गरिने छ ।’ सिलाई कटाईको थप तीन महिने एडभान्स तालिम जेठ १ गतेदेखि सुरु गरिने बताईएको छ । तालिम समाप्त हुनु अगाडीनै रु ३५ लाखको लागतमा गाउँमा कम्युनिटी भवन बनाएर त्यहिँ गार्मेन्ट उद्योग समेत सँचालन गरिने अध्यक्ष्य लामिछानेले बताए । उनले भने, ‘७५ फिट लम्वाई र४८ फिट चौडाई चौडाइको कम्युनिटी भवन निर्माणकालागि पाँचखाल नगरपालिकाबाट स्वीकृति लिईसकिएको छ । उक्त भवनबाट नियमित रुपमा स्वरोजगार तालिम, ग्रामिण बेरोजगारलाई स्वरोजगार बनाउनका निम्ति सहकारी सँस्था सँचालन गरिने युएनआई नेपालले जानकारी दिएको छ ।
२०७२ साल बैशाखमा गएको भुकम्पबाट तत्कालिन देवभुमी बालुवा गाविस ४ एवं हालको पाँचखाल नगरपालिका १२ को ठूलागाउँ तीनघरेमा एक सय ओटा घर(ट्रस) निर्माण गरेर भुकम्प पिडीतलाई हस्तान्तरण गरेको थियो । ट्रेड युनियनहरुको साझा सँस्था युएनआई नेपालले यस गाउँलाई शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपाने र सरसफाईमा नमुना गाउँका रुपमा विकास गर्दै लगिने सँस्थाको उद्धेश्य रहेको बताईएको छ । । यस अघि सो गाउँमा सँस्थाले ३ पटक (स्वास्थ्य शिविर ) हेल्थ क्याम्प, खाद्यान्न, लत्ता कपडा, बालबालिकाका निम्ति सरसफाई ( वास) कार्यक्रम र स्थानीय जनभावना प्राविका निम्ति १२ ओटा कम्प्युटर उपलब्ध गराई सकेको छ । वडा अध्यक्ष गोपाल बहादुर दनुवारको सभापतित्वमा सम्पन्न भएको प्रमाणपत्र वितरण कार्यक्रममा सँस्थाले आगामी जेठमा औषधी र पावर चस्मा सहितको हेल्थ क्याम्प र १२ नं वडाको ८ ठाउँमा संघियतामा जनअधिकार बिषयक जनचेतना मुलक कार्यशाला गोष्ठिको आयोजना गर्ने जानकारी दिएको छ ।
प्रकाशित २५ बैशाख २0७५ , मङ्गलबार | 2018-05-08 11:20:54
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार