‘धर्मगुरु’ ले आफैँलाई गोली हान्न लगाएको प्रहरीको दाबी

‘धर्मगुरु’ ले आफैँलाई गोली हान्न लगाएको प्रहरीको दाबी

काठमाडौँ ।  एक महिनाअघि विराटनगरको एउटा धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका धर्मगुरु भनिने श्रीनिवास आचार्यले नै आफूलाई गोली हान्न लगाएको रहस्य अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ।

उक्त रहस्य खुलेपछि उनलाई प्रहरीले सोमवार काठमाण्डूबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए।

उनका अनुसार गोलीकाण्डको अनुसन्धानका क्रममा पक्राउ परेका चितवन भरतपुरका माधव चौधरी र नवलपरासी गैँडाकोटका लक्ष्मीराज अधिकारीले श्रीनिवास आचार्यकै सल्लाहमा आफूहरूले उनीमाथि गोली हानेको प्रहरीलाई बयान दिएका छन्।

 

आचार्यलाई गोली हान्ने चौधरी र पेस्तोल उपलब्ध गराउने लक्ष्मीराज अधिकारीलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।

हिन्दु राज्य कायम गर्नका लागि भएका आन्दोलन सार्थक नभएकाले जनता र धर्मगुरुहरूलाई उक्साउन उक्त गोलीकाण्डको योजना बुनिएको उनीहरूले प्रहरीलाई बताएका छन्।

 

आचार्यकै आग्रहमा आफूले गोलीसहित पेस्तोल उनलाई पठाएको र माधव चौधरीले गोली प्रहार गरेको बयान अधिकारीले दिएको प्रहरीको भनाइ छ।

चौधरीलाई उद्धृत गर्दै आचार्यले नै गोली हान्ने तरिका सिकाएको प्रहरीले जनाएको छ ।

 

गत २०७४ साल चैत्र २५ गते विराटनगरको जतुवास्थित रामजानकी मन्दिरमा हुन लागेको श्रीमद्भागवत् सप्ताह पुराणका लागि प्रमुख वाचकका रूपमा आएका ३१ वर्षीय आचार्यमाथि सोही दिन राति गोली प्रहार भएको थियो।

उक्त घटनाको विरोधमा देशका कैयौँ ठाउमा प्रदर्शन पनि भएका थिए।

दाहिने छातीमा गोली लागेका आाचार्य करिब तीन साताको उपचारपछि केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका थिए।

पक्राउ परेका आचार्यमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ।

नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै विगतमा भएका आन्दोलनमा आचार्य निकै सक्रिय रहेको बताइएको छ।

बाराको सिमरा घर भएका आचार्य सुनसरीको बराह नगरपालिकास्थित एक आश्रममा बस्दै आएका थिए। बीबीसी नेपाली 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला