सरकारले हटाउँदैछ नेपाल टेलिकमकी प्रबन्ध निर्देशक र दुरसञ्चार प्राधिकरणका अध्यक्षलाई

सरकारले हटाउँदैछ नेपाल टेलिकमकी प्रबन्ध निर्देशक र दुरसञ्चार प्राधिकरणका अध्यक्षलाई

अमरवाणी संवाददाता/काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई एकसाथ पदबाट बर्खास्त गर्ने तयारी गरिएको छ ।

राजभण्डारीको कमजोर कार्यक्षमता र झाको बढ्दो मनोमानीलाई ‘इस्यू’ बनाएर उनीहरुलाई पदावधि अगावै हटाउन लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । राजभण्डारीलाई प्रष्टिकरण र झालाई कुनैपनि नयाँ काम नगर्न ४ बुँदे निर्देशन दिएर सरकारले यी दुबै अधिकारीलाई हटाउने प्रक्रिया अघि बढाएको छ ।

संक्रमणकालमा सरकारलाई बाइपास गरेर झाले प्राधिकरणको धेरैकाम अघि बढाउन लागेको प्रधानमन्त्री सचिवालयको बुझाइ छ । टावर कम्पनीहरुलाई लाइसेन्स दिने,टिभी लाइसेन्स दिने र दुरसञ्चार क्षेत्रमा विदेशी लगानीलाई ८० प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याउन झाले प्रधिकरण बोर्ड समक्ष प्रस्ताव लगेका थिए । तर,निर्वाचनपछि ओली सरकार बन्ने निश्चित भएपछि बोर्डका बहुमत सदस्यहरुले नयाँ सरकारको म्याण्डेटपछि मात्र यस्ता निर्णय अघि वढाउनुपर्छ भन्दै झाको प्रस्तावलाई रोकेका थिए । प्रतिनिधि सभाको निर्वाचन घोषणा लगत्तै क्याबिनेट निर्णयबाट १३ महिना र निर्वाचन हारेपछि देउवा मन्त्रिमण्डलले अर्को निर्णय गरेर झाको पदावधि ५ वर्ष थपेको थियो ।

देउवा सरकारको यस निर्णयप्रति प्रधानमन्त्री ओली पहिले देखि नै असन्तुष्ट थिए । यही असन्तुष्टिलाई मूर्तरुप दिनका लागि ओली सरकारले क्याबिनेट निर्णयबाट ४ बुँदे निर्देशन दिँदै झालाई तत्काल निलम्बन सरहको स्थितिमा पुर्याइ दिएको छ । सरकारले प्राधिकरणलाई दिएको निर्देशनमा अर्को निर्णय नभएसम्म कुनैपनि अनुमतिपत्र नदिन,फ्रिक्वेन्सी नबाँड्न,ग्रामीण दुरसञ्चार कोष नचाउन र दीर्घकालीन असर पर्ने कुनैपनि निर्णय र काम नगर्न भनिएको छ । झाले यो कुरा स्वीकार्दै सरकारले कुनैपनि नीतिगत काम गर्न आफूलाई रोकेको बताए । यता,नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले असक्षमताको आरोप लगाउँदै प्रष्टिकरण समेत सोधिसकेको छ ।

१८ महिना पहिले ग्रामीण दुरसञ्चार कोषबाट मध्ये पाहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउनका लागि ५ अर्ब रुपैयाँ प्रधिकारणबाट नेपाल टेलिकमबाट उपलब्ध गराइएको थियो । लामो अवधिसम्म पनि उक्त कार्यमा कुनै प्रगति नभएको र अहिलेसम्म त्यसकालागि टेण्डर अह्वान गर्न ढिला गरेको भन्दै प्रधानमन्त्री ओलीले उनलाई बोलाएर मौखिक स्पष्टिकरण सोधेका थिए । त्यसको चित्त बुझ्दो जवाफदिन नसकेको भन्दै प्रधानमन्त्री ओली उनलाई हटाउने मनस्थितिमा पुगेर लिखित स्पष्टिकरण सोधिएको स्रोतको दाबी छ ।  

को बन्दैछ टेलिकमको एमडी ?

सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेर डिजिएम सुनील पोखरेललाई नयाँ प्रबन्ध निर्देशक बनाउने तयारी गरेको छ । कामिनीको कार्यक्षमता माथि प्रश्न उठाउँदै नयाँ एमडी नियुक्त गर्न एमाले वृत्तका नेता एवम् कर्मचारीहरु लविङ गरिरहेका छन् । तर, प्रचण्ड निकट मानिएकी महिला प्रबन्ध निर्देशक कामिनीलाई हटाउन हुँदैन,उनलाई पूरा कार्यकाल काम गर्न दिनुपर्छ भनेर माओवादी केन्द्र निकट कर्मचारी तथा नेताहरुले प्रचण्डलाई कन्भिन्स गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला