विदेशको ज्ञानले स्वदेशमा मालामाल

विदेशको ज्ञानले स्वदेशमा मालामाल

साउदी अरब छिर्दा पैसा कमाउने मात्रै सपना बुनेका इन्द्रावती गाउँपालिका–४, नवलपुरका क्षेत्रबहादुर तामाङको सोच २६ महिना खाडीको उखरमाउलो गर्मी खाएपछि एकाएक बदलियो । खाडीको आयातीत माटोमा भएको कृषि फार्ममा काम गर्दागर्दै उनले सोचेछन्– हावा, पानी र माटो सबै उपयुक्त भएको आफ्नो ठाउँ छाडेर यहाँ काम गर्नु उचित होइन ।

२६ महिने खाडी बसाइलाई पाठशालाको रुप दिंदै आफ्नै पाखो बारीमा कृषि फार्म सञ्चालन गर्ने उद्देश्य बोकेर २०७२ मा नेपाल फर्के तामाङ । सुरुमा अंगुर खेती गर्ने लक्ष्य लिएका उनलाई विज्ञहरुले त्यो हावापानीमा फस्टाउन नसक्ने सल्लाह दिए । र, बहुमुखी फार्म सञ्चालन गर्ने सोच बनाएर विभिन्न प्रजातिका बिउ र बेर्ना लगाए आफ्नै र भाडामा लिएको गरी ३० रोपनी जमिनमा । अर्काको फार्ममा काम गर्न खाडी गएका उनै तामाङले अहिले १२ जनाभन्दा बढी युवालाई रोजगारी दिएका छन् ।

अलैंचीको बेर्ना उत्पादनबाट सुरु गरेको उनको फार्ममा उत्पादन र परीक्षण गर्ने गरी २५ भन्दा बढी प्रजातिको खेती गरिएको छ । फार्ममा भएका सबै उत्पादन अर्गानिक रहेको तामाङले बताए । नेपाली मात्र हैन, विदेशी माटोमा फस्टाउने बिरुवाहरु पनि उनको रोजाइमा परेका छन् । उच्च रक्तचाप लगायत रोगमा प्रयोग हुने औषधी बन्ने बिलोवा जातको बिरुवा लगाएका उनले आफ्नो फार्मको नाम पनि त्यही जुराए बिलोवा अर्गानिक कृषि फार्म ।

उनको फार्ममा कफीले र अलैंचीको बेर्नाले उत्पादन दिन थालिसकेका छन् । आफ्नै ब्रान्डको कफी उत्पादन गर्ने सोचले कफी प्रशोधन मेसिन ल्याइसकेका छन् । ‘अबको उत्पादन यहीं प्रशोधन भएर आफ्नै ब्रान्डमा बजारमा पठाउँछौं’, फार्ममा कार्यरत सुदिप सापकोटाले भने, ‘परीक्षणमा सुरु गरिएका बिरुवाहरु पनि राम्रो भएकाले व्यावसायिक रुप दिने तयारी छ ।’

फार्ममा अस्ट्रेलियाको राष्ट्रिय फल भेकाडेभिया पनि रोपिएको छ । ‘बिरुवा राम्रो सप्रेको छ, फल दिन थालेपछि थाहा हुन्छ अनि बिरुवा थप्ने सोच बनाएका छौं’, क्षेत्रबहादुरले भने, ‘धेरै बिरुवाहरु परीक्षणका लागि लगाएका हौं, प्रायः सबै राम्रो देखिएको छ ।’

फार्ममा एभोकाडो, रुद्राक्ष, बुद्धचित्त, कफी, अलैंची, सुन्तला जुनार, स्याउ, अलभान्ड, दाँते ओखर, अनार लगायतका बिरुवा रोपिएको उनले जानकारी दिए । ‘धेरै जमिन बाँझो छ, यसको सदुपयोग गर्यो भने विदेश जानु पर्दैन भन्ने सन्देश दिन पनि मैले यो फार्म सुरु गरेको हुँ’, क्षेत्रबहादुरले भने, ‘यसलाई कृषि अध्ययन, अवलोकन केन्द्रको रुपमा विकास गर्नुपर्छ भन्ने सोच पनि बनाएको छु ।’

उनले भनेजस्तै कृषि विषय अध्ययन गर्नेहरुका लागि यो फार्म उपयुक्त अवलोकन स्थल बन्न सक्ने फार्मलाई नजिकबाट नियालेका इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङ बताउँछन् । तामाङको भनाइमा एउटै फार्ममा धेरै प्रजातिका बिरुवाको खेती बिरलै हुने भएकाले यो फार्म अध्ययन अवलोकनको केन्द्र बन्न सक्छ । ‘प्रचार प्रसार राम्रो हुने हो भने बिलोवा अध्ययन केन्द्र बन्नेमा शंका नै छैन’, तामाङ भन्छन्, ‘यस्ता उदाहरणीय कामको सराहना गर्नुपर्दछ ।’

तीन वर्षअघि १५ लाख रुपैयाँ लगानी गरेर सुरु गरिएको यो व्यवसायमा अहिलेसम्म ५० लाखभन्दा बढी खर्च भइसकेको क्षेत्रबहादुरले जानकारी दिए । उनको फार्म देखेपछि नर्वेजियन नागरिकहरु प्रभावित भएर उनीसँग साझेदारी गर्न आए । नर्वेजियनसँगको साझेदारीमा कैंजले, तिललुङ्बा र कात्तिकेमा समेत उनले फार्म सुरु गरेका छन् । हाम्रो कथा अनलाइनबाट 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला