विश्व हाँसाे दिवस मनाइँदै

खीतखीत गर्दै खीत्का छाडेर, अट्टाहसका साथ, या मनमनै, कोही मुसक्क अनि कोही फुसुक्क, के होला सोच्नुस त ? आज हामी हाँसोको कुरा गर्दै छौं । अलिक दार्शनिक कोणवाट हाँसोलाई पस्कन मन लाग्यो, विश्वको सबैभन्दा महँगो कुरा हाँसो । यी हाँसोलाई किन्नका लागि हामीले सकल जीवन खर्च गर्दछौं, हाँसो अझ एउटा यस्तो महँगो गहना जसको खोजीमा मान्छे जीवनभर भौतारिन्छ अनि भौतारिरहन्छ । 

एउटा सानो फिरफिरे पाँउदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौं रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसंग भेट्न पाँउदा एउटी आमा हास्दछिन्, करोडौंले पनि खरिद गर्न नसक्ने अर्को हाँसो ।  अनि लाखौं, करोडौं बैंक ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन् । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाँउदछ ।

महाकवीले लेखेकै छन् - गरिब भन्छौ सुखको मै छु धनी मिल्दैन कतै पनि  यो एउटा वाक्याशंले हाँसो को अपार ब्याख्या गरेको छ, गरिबलाई धनी अनि धनीलाई गरिबमा छुटाउने काम हाँसोले गर्दछ। डोको बोकेको भोको पेट नै भए पनि पीपलको वोट मुनी सुस्ताँउदै एउटा मिठो सुस्केरा सहितको गीत गाई दिन्छ अनि हाँस्दछ अरबौंको हाँसो । हाँसोको यो समीकरणमा उदहारण सदैव आँउदछ कमलको फुलको अनि गुलाफको फुलको । चाहे हिलोमा होस् या काँडाभित्र ? तर फुल त मुस्कुराँउछ नै, हाँस्छ नै ।

नारायण गोपालले गाएका गीत उल्लेख गर्न चाह्यौं ।  फाँटहरुले कसलाई पुग्छ भीरमा पनि फुलिदिन्छु, म त लालीगुराँसै भएछु ।  हाँसोको कुरामा हामी सबै फुल अनि लालीगुराँस झैै हुन जरुरी छ। फाँटहरुले मात्र कहाँ पुग्छ र ? भीरहरुमा पनि हास्न सक्नुपर्दछ ।

अब हाँसोको यतिका कुरा गरिसक्दा अब आआफुले आफुलाई नै प्रश्न गरौं हाम्रो जीवनमा हाँसोहरु कति उधारो राखेका छौं भनेंर ? हाँस्न नभुलौं है । दिल खोलेर हाँसौ, हसाँउन सकौं । विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो । मे ६ मा मनाइने यस दिवसको प्रथमपटक भने सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो ।

हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । आजको दिनले विश्वबन्धुत्व, भातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । ल है हाँस्न नभुलौं अनि हरेक हाँसोमा बाँच्न नभुलौं ।एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुशी छाइरहोस् । खुशीको खोजी जारी रहोस् । हेरिदिने कोही छ भनें पिरमा पनि फुलिदिन्छु ।  हाम्रो पात्रोबाट 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला