बालबिवाह विरुद्ध सञ्चार अभियान सुरु 

बालबिवाह विरुद्ध सञ्चार अभियान सुरु 

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सीआइएनले बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु गरेको छ । राजधानीम पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले सय दिनमा रेडियो मार्फत बालविवाह अत्यका लागि १० हजार व्यक्तिको प्रतिवद्धता र बिचार प्रस्तुत गरिने जानकारी दिए । 

देशभरि रहेका सामुदायिक रेडियो मार्फत् तल्लो तहका नागरिकहरूको आवाज संकलन गर्ने र सीआईएन मार्फत् नीतिगत तहमा सरोकारवालाको प्रतिवद्धता खोज्ने उनले बताए । साथै देशैभरि बालविवाह विरुद्धको सन्देश फैलाउने पनि अभियानको उदेश्य छ । आचार्यका अनुसार अभियानका क्रममा सीआईएन र सामुदायिक रेडियोले ठाउँठाउँबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल तथा विचार र प्रतिवद्धतालाई प्रसारण गर्नेछन् । 

वल्र्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा सुरु भएको अभियानलाई परियोजनाको रूपमा नबुझ्नका लागि आग्रह गर्दै वल्र्डभिजन इन्टरनेशनल नेपालका जनसम्पर्क निर्देशक पुस्कर खातीले यस अभियानलाई सफल बनाउन सामुदायिक रेडियोलाई सबै सरोकारवालाले सहयोग गर्नु पर्ने बताए । बालविवाहको सन्देशलाई रेडियो लगायतका सञ्चार माध्यम मार्फत् फैलाउदा बढि प्रभावकारी हुने भएकाले आफूहरूले रेडियोसँग सहकार्य गरेको उनको भनाई थियो । 

अभियान आउँदो साउन २६ गतेसम्म सञ्चालन हुनेछ । सय दिने अभियानका क्रममा स्थानिय तह तथा प्रदेश सरकारलाई बाल विवाहमुक्त नेपाल प्रतिवद्ध गराउन सञ्चार माध्यमले भुमिका खेल्ने पत्रकारहरूले बताए । सीआईएन र सामुदायिक रेडियो मार्फत् उठेका सवाललाई आफूहरूले पनि उठाउने विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूले बताएका छन् । अभियानमा बालविवाह सम्बन्धी विचार र प्रतिवद्धता सीआईएनको स्टुडियोमै पुगेर पनि जो सुकैले आफ्नै आवाजमा राख्न सक्ने तथा टेलिफोनबाट रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको छ ।  

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला