स्वास्थ्यकर्मीले गरे युवतीको बलात्कारपछि हत्या

काठमाडौं । अछाम कालेकाँडा गाउँपालिका– ९ भानाकोट की १८ वर्षिया उर्मिला टमटा (टंकी) को स्वास्थ्यकर्मीले नै बलत्कार गरेर हत्या गरेका आरोप उनका आफन्तले लगाएका छन् । मृतकका दाजुहरु लक्ष्मण र मदन टमाटाले बहिनीको हत्या स्थानीय स्वास्थ्यकर्मी समेत रहेका तिलक बटलाले गरेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मृतकका दाजुहरुले बहिनीको हत्यामा सलंग्न दोषीलाई कानूनी कारबाही गर्नुपर्ने माग गरेका छन् । एसइईको परीक्षा दिएर विदामा बसेकी उर्मिलाको हत्या अछामको कालेकाँडा गाउँपालिकामा भएको हो । उनको शव सोही गाउँपालिका– ९ बल्देस्थित तिलक बटालाको घरमा आज बिहान फेला परेको दाजु लक्ष्मण टमटाले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुले बहिनीको हत्या बटालाले नै गरेको आरोप लगाउँदै निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् । कालेकाँडा गाउँपालिका – ९ मा आफ्नो ठूलो बुवाकोमा बस्दै आएकी उर्मिला कालिकोटको नरहरिनाथ गाउँपालिका –१ स्थित् कोटवाडा परीक्षा केन्द्रबाट जाँच दिएकी थिईन् ।

मृतकका दाजु लक्ष्मण टमटाले पीडकलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । उनले भने, ‘विगत डेढ वर्षदेखि तिलक बटाला र हाम्री बहिनीबीच प्रेम सम्बन्ध रहेको कुरा हामीलाई हल्का जानकारी छ, त्यो भन्दा बढि केही कुरा थाहा छैन्, आज एक्कासी बहिनी लास बनेको खबर सुन्दा हामी विक्षिप्त भएका छौँं, सरकारले हामीलाई न्याय दिनुपर्छ ।’ मृत्तकका दाजुहरुले हत्यामा सलंग्न दोषीलाई पक्राउ गरेर कडा सजायको ग्यारेण्टी नभएसम्म बहिनीको लास आफूहरुले नबुझ्ने जनाए । दाजु लक्ष्मणले भने,‘दोषीलाई कडा कारबाही हुनुपर्छ।’  

को हुन तिलक ?

पारिवारिक स्रोतका अनुसार तिलक बटाला पेशाले स्वास्थ्यकर्मी हुन् । बटालाले आफ्नी बहिनीलाई अनेक प्रकारका लोभ देखाएर शारिरीक स्वार्थ पूरा गरेको र पछिल्लो समयमा आएर उनले आफ्नो घरमा लगेर हत्या आरोप छ । बटाला बिवाहित हुन, उनका एउटा छोरा छन्, श्रीमती साथमै छन्, हाम्रो बहिनीलाई ललाईफकाई गरेर फसाएर हत्यासम्म गरेका छन्, प्रशासनले यो मुद्दालाई गहन भएर लिनुपर्छ, आगामी दिनमा यस्ता प्रकारका घट्ना हुन नदिनतर्फ स्थानीय तहका जननिर्वाचित प्रतिनिधि र कर्मचारीले सचेतना जगाउने काम गर्नुपर्छ, दोषीलाई उन्मुक्ति दिने काम कसैले गर्नुहुँदैन ।’

 

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला