नेपालमै एउटा डिनरको मूल्य १ लाख रुपैयाँ !

नेपालमै एउटा डिनरको मूल्य १ लाख रुपैयाँ !

एकजना ब्यक्तिले बीस महिनामा बीस देश घुमेर बीस वटा घुमन्ते रेष्टुराँ चलाउँछु भने । गएको वर्ष डिसेम्बरको दोस्रो हप्ता उनी सहित उनको टीम नेपाल आईपुग्यो । टेकिङ्गमा उनीहरुले दुई हप्ता बिताए । र संसारभरिबाट आएका पाहुना र केही शेर्पालाई सत्र हजार छ सय फिट माथि रहेको ठाँउमा डिनर खुवाए । त्यो ठाँउमा डिनर खान आवदेन मागियो । जताततैका खाना पारखीहरुले ‘म पनि जान्छु भन्दै’ चासो देखाए । यस्तो चासो देखाउनेहरुको संख्या करिब सात हजार पुग्यो । तर, विश्वभरिका करिब १५ जना ब्यक्तिले मात्र त्यो उचाईमा डिनर खाने सौभाग्य पाए । जहाँ सहभागी हुन उनीहरुले प्रति ब्यक्ति १ लाख १० हजार रुपैया तिरेका थिए ।

त्यस्तो घुमन्ते रेष्टुराँ चलाउने ब्यक्ति हुन्, प्रख्यात सेफ जेम्स सेरमेन । र, त्यो ठाँउ हो, हाम्रै सगरमाथा बेसक्याम्प । २५ वर्षीय सेफ जेम्स सेरमेनले मौलिक र साहसिक यात्राको क्रममा सगरमाथा बेसक्याम्पमा यस्तो डिनरको आयोजना गरेका थिए । जसलाई साहसिक स्वाद पनि भनिएको थियो । यसअघि उनले चीन, थाईल्याण्ड जस्ता देशमा यस्तो डिनरको आयोजना गरिसकेका थिए । वन स्टार हाउस पार्टी नाम दिइएको डिनरमा सहभागी हुन हङकङ, सिंगापुर, अमेरिका र बेलायत लगायतका स्वाद पारखी वेस क्याम्पमा भेला भएका थिए ।

अगे्रजीमा पप अप अनि नेपालीमा घुमन्ते रेष्टुराँ भनिने यस्तोे अवधारणामा अहिले विश्वरभर विभिन्न थिममा रेष्टुराँहरु चलाईएका हुन्छन् । बिकसित मुलुकहरुमा यस्तो रेष्टुराँको माग र आपूर्ति दुवै बढि छ ।

भनिन्छ, पप अप विजनेसको विश्व बजार करिब पचास विलियन डलरको छ । ग्लोबल एकेडेमी अफ टुरिज्जम एण्ड हस्पिटालिटी एजुकेसन ९गेट० जस्ता कलेजले कहिलेकाँही कुटनितीक जमघटका लागि यस्तो रेष्टुराँ चलाएको भएपनि नेपालमा यो अवधारणा त्यति धेरै विकसित हुनसकेको छैन् ।

घुमन्ते रेष्टुराँको कुनै निश्चित स्थान नहुने भएकोले यस्तो रेष्टुराँ अनौठो ठाँउहरुमा राखिन्छ, त्यो पनि निश्चित समयसम्मका लागि मात्र । अनि त्यस्ता रेष्टुराँको बारेमा अनलाइनबाटै जानकारी दिईन्छ अनि अनलाईनवाटै बुकिङ्ग गरिन्छ ।

हाम्रो जस्तो पर्यटकीय मुलुकमा यो एउटा राम्रो बिजनेस कन्सेप्ट हुनसक्छ । हामी पर्यटकलाई कि त पोखरा, कि चितवन, कि त पदयात्रामा लैजान्छौ, तर यस्तै नौलो योजना ल्याएर त्यसलाई पर्यटनसँग जोड्ने हो यसवाट निकै राम्रो व्यापार गर्न सकिन्छ । हाम्रो कथा अनलाइनबाट 

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला