यसरी राख्नुहोस् आँखामा औषधि 

काठमाडौँ । आँखा हाम्रो संवेदनशील अंगमध्ये पर्छ । त्यसैले यसको देखभालका क्रममा निकै होसियारी अपनाउनुपर्छ । साना गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन्छ । आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ । ती प्रयोग गर्दा निम्न कुरामा सचेत रहनुपर्छ ।

औषधि राख्ने व्यक्तिले साबुन र पानीले सफासँग हात धुने । 

फिंज नआउने गरी हल्कासँग हल्लाउने । 

औषधीको बिर्को खोल्दा भित्रको टुप्पोलाई नछुने ।

बिरामीलाई आरामसँग बसाउने वा सुताउने ।

औषधि हाल्दा औषधिका टुप्पोले आँखाको वरीपरी वा अन्य ठाउँमा नछुने ।

औषधि  हाल्नु पर्ने आँखाको तल्लो भाग हल्का तान्ने ।

औषधिको बोतलबाट एक थोपा मात्र झर्ने गरि विस्तारै थिच्ने । आँखामा औषधि परेपछि  तल्लो भागको परेला बिस्तारै बिचको चोरी औलाले दुई  मिनेट सम्म थिचेर राख्ने वा आँखा  राम्ररी चिम्लने ताकि आफूले राखेको औषधि अश्रुनली हुँदै नाक र घाँटीमा जान नपाओस् । 

औषधि प्रयोग गरिसकेपछि बिर्को राम्रोसँग बन्द गर्ने साथै  बालबच्चहरुले भेट्न नसक्ने तथा घाम नलाग्ने ठाउँमा सुरक्षित  राख्ने । 

आफ्नो औषधि अरुलाई प्रयोग गर्न नदिने ।

औषधि सधैँ जान्ने मान्छेलाई राख्न लगाउने ।

औषधि खोलेको तीस दिनसम्म प्रयोग गर्न सकिन्छ त्यसपछि बाँकी रहेमा प्रयोग नगर्ने ।

औषधि सधैँ चिनेर मात्र प्रयोग गरौँ र गर्न लगाऔँ ।

 

सतिश श्रेष्ठ, अप्थाल्मिक असिस्टेन्ट  तिलगंगा आँखा केन्द्र

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला