भूमिपीडित र सम्पदाप्रेमीमाथि सरकारको ज्यादति

भूमिपीडित र सम्पदाप्रेमीमाथि सरकारको ज्यादति

काठमाडौँ । भूमिपीडित र सम्पदाप्रेमीमाथि सरकारले हस्तक्षेप गरेको छ । बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म  शान्तिपूर्ण रूपमा भएको उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।  काठमाडौं उपत्यकामा सडक विस्तार, फास्ट ट्रयाक, बाहिरी चक्रपथ निर्माणपीडितहरू मिलेर गरेको पदर्शनमा प्रदर्शकारी र प्रहरीबीच झडप समेत भयो ।  

झडपका क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीलाई धरपकड, लाठीचार्ज गर्न थालेपछि ढुंगा हानाहान समेत भएको थियो ।

गणपतिलाल श्रेष्ठ, श्यामकृष्ण प्रजापति, पवित्र कसा, विष्णुभक्त मर्हजनलगायत एक दर्जन प्रदर्शनकारीलाई महानगरीय प्रहरी वृत बानेश्वरले नियन्त्रणमा लिएको छ । झडपमा दुई जना घाइते भएका छन् । उनीहरूले बिहान करिब ११ बजेदेखि माइतीघर मण्डलादेखि बानेश्रवसम्म २ घण्टा प्रदर्शन गरेका थिए ।   

यस्ता छन् माग 

प्रदर्शनमा उत्रेका उपत्यकावासीले ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा पहिचानलाई रक्षा गर्नुपर्ने, जनतालाई विस्थापित बनाउने गरी बनाइएको पञ्चातकालीन मापदण्ड खारेज गर्नुपर्ने, संविधानको धारा २५ र ३७ विपरीत हुने गरी पीडित र प्रभावितसँग मञ्जुरी नलिइ सडक विस्तार र नागरिकलाई दीर्घकालीन प्रभावपार्ने कुनै काम नगर्न माग गरेका छन् । 

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला