किन पूजिन्छ पिचास ?

रमेश दवाडी/पशुपतिनाथ मन्दिरलाई धार्मिक तथा ऐतिाहासिक महत्वका दृष्टिले विश्वमै सर्वश्रेष्ठ मानिन्छ । प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरू हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवम् श्रद्धाको केन्द्र बनेको छ । पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल छन् । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा रहेको छ । जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा झनै बढाएको छ । 

मान्छे ज्ञान हुन् । मान्छे इतिहास हुन् । पशुपति यही ठाउँ हो जहाँ इतिहास जलिरहेको छ  । ज्ञान जलिरहेको छ । र, मान्छेलाई यो देख्ला विरक्त लाग्छ ।  आर्यघाटमा दिनहुँ लासमात्रै जलिरहेका छैनन्, इतिहास जलेका छन् । जुन खरानी र कोइलामा सीमित छन् । लाखौं पुस्तक जलिरहेका छन् । वागमतिको किनारामा माटो मात्रै थुप्रिएको छैन् त्यहाँ पहिचान थुप्रिएको छ । पशुपतिमा अवस्थि प्रत्येक मन्दिरहरू, ढुङ्गा, माटो इत्यादि धार्मिक महत्वका छन् । जसमा बत्सल्यश्वरी मन्दिर पनि एक हो । यो पशुपतिनाथको दक्षिण–पश्चिम दिशामा अवस्थित छ । पशुपतिनाथका नौपिठ मध्ये बत्सल्यश्वरी पनि एक महत्वपूर्ण पिठ हो । जसमा उत्तरतिरको नदी किनारामा गुह्यश्वरी, दक्षिणतिर झम्केश्वरी, वनकाली, राज–राजेश्वरी, बज्रेश्वरी पीठ छन् । पूर्वतिर मंगलेश्वरी, परिश्चमतिर भुवनेश्वरी र जयवागेश्वरी छन् । यी सबै शक्ति पिठमा दीप छन् । जुन अलग–अलग छन् । ती दीपमा मृतकको दाहसंस्कार गरिन्छ । यिनीहरूको आआफ्नै ऐतिहासिक तथा धार्मिक महत्व छ ।  

महिनामा पशुपतिमा १२ जात्रा २२ पर्व मनाइन्छ । जसअन्तर्गत शुक्रबार महादेवको पिचास रूपको विशेष पूजा गरियो ।  यो रूपलाई नेवारी भाषा लुकुमाहाधो भनिन्छ । गुबाजुहरू एकादशीको लागि भगवानलाई चढाउन भात तयार गर्दै थिए । पालामा बत्ती बलिरहेको थियो । हाम्रो संस्कृतिमा शत्रु रूपलाई पनि पूजा गर्ने संस्कार छ । यो दिनलाई पिचास एकादशी भनिन्छ । भगवानलाई भोग चढाएर बलिसहित पञ्चमकार मद्यपानसहित तामसिक भोजन (जाँड, रक्सी, अण्डा, माछा, मासु) गराइन्छ ।  तान्त्रिक विधिबाट पूजा गरिएको पशुपतिका भण्डारी केदारमान राजभण्डारीले अमरवाणीलाई जानकारी दिए ।

सम्पदा–संस्कृतिको अनुसन्धान गरिरहेका पत्रकार दामोदर न्यौपानेले यसको ऐतिहासिक महत्व प्रस्ट्याउँर्दै भने–पशुपतिनाथ क्षेत्रको एक विहारमा शिव लिङ्गलाई फोहोरभित्र लुकाइएको हुन्छ । लुकाइएको शिव लिङ्गलाई पिचास रूप भनिन्छ । त्यसलाई रक्षानबाट झिकेर स्नान गराइन्छ ।  शिव भगवानका दश देवयोनी छन् । विद्याधर, अप्सरा, राक्षस, पिचास, गन्धर्व, किन्नर, गुह्यक, सिद्ध र भूत । यि मध्ये भूत, पिचास र राक्षस भगवान शिवका गण हुन् । अथर्व वेदमा पिचासलाई काँचो मासु खाने भनेर उल्लेख गएिको पाइन्छ । काँचो मासु खाने पिचास हुन् । पिचास मान्छेका शत्रु हो ।   

प्रतिकृया दिनुहोस

कुखुरापालक किसानमाथि दाना उद्योगीको

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला