२० वर्ष पुराना गाडी चलाउन निषेध,अटेर गरे कवाडीमा लिलाम

२० वर्ष पुराना गाडी चलाउन निषेध,अटेर गरे कवाडीमा लिलाम

काठमाडौँ । सरकारले आजबाट २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई पूर्णप्रतिवन्ध लगाएको छ ।  २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो ।

हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान छ । विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको थियो । तर, पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० को हाराहारीमा रहेको अनुमान छ ।

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला