७० प्रतिशत आवास पुनःनिर्माण भएको प्राधिकरणको दाबी

७० प्रतिशत आवास पुनःनिर्माण भएको प्राधिकरणको दाबी

अमरवाणी संवाददाता /काठमाडौँ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पका प्रभावित १४ जिल्लामा ७० प्रतिशतभन्दा बढी लाभग्राहीले निजी आवास पुनःनिर्माण प्रक्रियामा संलग्न भएको नयाँ तथ्याङ्क  उपलब्ध गराएको छ ।  मंगलबार प्राधिकरणले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार अति प्रभावित १४ जिल्लामा एक लाख २३६ घरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । जसमा तीन लाख ३२ हजार ३२१ घर पुनःनिर्माण भइरहेका छन् ।  

ती जिल्लामा कूल छ लाख ६७ हजार ६६२ मध्ये छ लाख १० हजार पाँच सय भूकम्प पीडितसँग अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।   पाँच वर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते स्थापना गरेको प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । यही अनुपातमा निजी आवास पुनःनिर्माणको काम अगाडि बढे आगामी वर्षाद्अघि करिब ६० प्रतिशत पुनःनिर्माण भइसक्ने प्राधिकरणको दाबी छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले निजी आवास पुनःनिर्माणको समयसीमा तोकिएको, प्राविधिकहरू स्थानीय स्तरमा परिचालन गरिएको, डकर्मी तालिम व्यापक रूपमा सञ्चालन गरिएको, निर्माण सामग्री तथा काठको आपूर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीको सङ्ख्या उल्लेख्य रूपमा बढेको बताए । उनले भने,‘प्राधिकरणले स्थानीय जनप्रतिनिधि तथा लाभग्राहीसँग अन्तक्रिया गरेर पुनःनिर्माणका लागि थप प्रोत्साहन गरिरहेका छौंँ ।’ 

सरकारले उपलब्ध गराएको रकमले घर निर्माण सम्पन्न नहुने हुँदा भूकम्प पीडित समस्यामा परेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले एक लाख रूपैयाँ बढाउँदा भूकम्प पीडित खुसी भएका थिए । तर देउवाको निर्णय अर्थमन्त्रालयले अस्वीकृत ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त रकम उपलब्ध गराउनेछन् भन्नेमा भूकम्प पीडित आशावादी छन् ।   

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला