होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

काठमाडौं । होली पर्व  नजिकिदै गर्दा देशभर प्रहरीले देशभर सुरक्षा व्यवस्थाा कडा बनाएको छ ।  होलीमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । 

काठमाडौं लगायतका जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलगायतका कार्य रोक्न विशेष सुरक्षा योजना ल्याएको हो ।

होली पर्व सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन र अनियन्त्रित कार्य गर्नेलाई नियन्त्रणमा लिन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको चितवका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । 

मादक पदार्थ सेवन गरेर हिँड्ने, जथाभावी सवारी साधन चलाउने, सामाजिक सद्भाव र मेलमिलाप भड्काउने गतिविधि गर्ने, साम्प्रदायिक सहिष्णुताविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न चारवटा रणनीति अपनाइएको उक्त कार्यालयले छ ।

होलीको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै नियमित प्रहरी परिचालनबाहेक महानगरपालिका, नगरपालिका, गाउँपािलका र  वडामा समेत सुरक्षा व्यवस्था कडा बनाइने उनले वताए । 

अघिल्ला वर्ष होली पर्वमा मादक पदार्थ सेवन गरेर उच्छृङ्खल गतिविधि गर्नेलाई सम्झाई–बुझाई पठाइने गरेको भए पनि यस वर्ष पक्राउ गरी केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिने भएको छ । यसवर्षको होली यही फागुन १७ गते पहाडमा र १८ गते तराईमा मनाइने छ । 

 

 

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला