भूकम्प पीडितको पैसामा सरोकारवालाको रजाइँ

भूकम्प पीडितको पैसामा सरोकारवालाको रजाइँ

गोरखा । गोरखा जिल्ला त्यति धेरै पीछडिएको जिल्ला पनि होइन । राजधानीबाट नजिकै रहेको यो जिल्ला ऐतिहासिक महत्वको छ । विकासका पूर्वाधारहरूले पनि फड्को मारिसकेका छन् । सदरमुकाम गोरखा वजारमा सुविधासम्पन्न होटलहरू छन् । गोष्ठी, सेमिनार गर्न सभाहलको व्यवस्था  छ । तर, अचम्म लाग्ने गरी गोरखा भूकम्पको समीक्षा गर्न जिल्लाका सरोकारवाला निकाय  तथा गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनीधिहरूले भने पोखरा पुगेर कार्यक्रम गरे । 

२०७२ वैशाख १२ गते गएको महाभूकम्पको केन्द्रविन्दु गोरखाको पुनःनिर्माणको समीक्षा गर्न पोखरामा गोष्ठीको आयोजना गरेपछि सवत्र आलोचना भएको छ । उक्त विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, स्थानीय विकास अधिकारी नारायण आचार्य, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि र  एनअिजो आइएनजिओका प्रमुख तथा प्रतिनीधिसहित करिव ४० जना पोखरा पुगे । दुई दिनसम्म चलेको कार्यक्रम पोखराको होटल वराहीमा भयो । भूकम्पको केन्द्रविन्दु गोरखामा अहिले निजी आवास पुननिर्माण जारी छ । ग्रामिण भेगमा अझै पनि कतिपय भूकम्प पीडित नीतिगत अन्यौलका कारण घर बनाउन सकिरहेका छैनन् । गाउँमा गएर कार्यक्रम गरेको भए कति प्रभावकारी हुन्थ्यो, भूकम्प पीडितको नाम बेचेर यस्तो कार्यक्रम गर्नु राम्रो नएको भूकम्प पीडितको भनाई छ । 

पुन:निर्माण प्राधिकरण जिल्ला समन्वय समतिको सचिवालयले भने एनजिओ/आइएनजिओको खर्चममा कार्यक्रम गरेको बताइएको छ । ‘हाम्रो कार्यलयको पनि अलिअलि पैसा छ, एनजिओ/आइएनजिओले पैसा दिएए पोखरामा कार्यक्रम गरेका हौं सचिवालयका वेदप्रसाद आचार्यले भने यस्तै कार्यक्रम गोरखामा पनि गर्छौँ ।’ कार्यक्रम गर्नका लागि कति वजेट खर्च भयो भन्ने प्रश्नको उत्तर  भने कसैले दिएनन् । 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला