आणविक शक्ति सन्तुलनबारे के भन्छन् बालबालिका ?

आणविक शक्ति सन्तुलनबारे के भन्छन् बालबालिका ?

काठमाडौ । विश्व यो वा त्यो निहुँमा अशान्त छ । कतै न कतै युद्ध भएका छन् । द्वन्द्व भएका छन् । हिंसा भएका छन् । ति हिंसाको शिकार हुने मध्येमा पर्छन् बालबालिका ।

विश्वमा भइरहेका यस्ता समस्यालाई बालबालिकाले कसरी लिएका छन् ? यही विषयमा छलफल गर्न अक्षरा स्कुलका विद्यार्थीले राष्ट्र संघले कसरी काम गर्नु पर्छ भनेर छलफल चलाए । अक्षरा मोडल युनाइटेड नेशन कन्फरेन्शमा बालबालिका आफैं संयुक्त राष्ट्र संघको अध्यक्ष भए । आफैं मोडिडेटर भए । अनि आफैं भाइस प्रेसिडेन्ट भए ।  सम्मेलनको उद्घाटन पत्रकार तथा लेखक दामोदर न्यौपानेले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी रहेका न्यौपानेले विश्वयुद्धबाट आक्रान्त भएको विश्वमा शान्ति कायम गराउन गठन भएको संयुक्त राष्ट्र संघको भूमिका महत्पूर्ण रहेको बताए । ‘तपाइहरु पनि भोली विश्व हाक्ने यो संस्थामा पुग्न सक्नु हुन्छ ।

देश चलाउने नेता हुन सक्नु हुन्छ । विश्वमा शान्ति फैलाउने अभियन्ता हुन सक्नु हुन्छ,’ न्यौपानेले भने, ‘शिक्षामा प्रयोग गरिने यस्तै शैलीले भोलि असल नागरकि उत्पादन हुने हुन् । असक्ष, दक्ष र असल जनशक्ति निर्माण गर्न यो स्कुलले चालेको प्रयास सह्रानीय छ ।’ अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले किताबै पढेर भन्दा आफैं खोज गर्न प्रोत्साहित गर्ने स्कुलको नीति अनुसार बालबालिकाले यो सम्मेलन आयोजना गरेका हुन् । ‘गत वैशाखदेखि नै उनीहरूले यो कार्यक्रमको तयारी गरेका थिए । संयुक्त राष्ट्र संघले के काम गर्छ, कसरी काम गर्छ र अब के गर्नु पर्छ भनेर बालबालिकाले गहिरो खोज गरेका छन्,’ उनले भनिन्, ‘उनीहरुको खोजी कस्तो छ भनेर हामीले अनुगमन गरेका छौं । राष्ट्र संघ बुझेका विज्ञले अनुगमन गरिरहेका छन् ।

यस्तो कार्यक्रमले विश्व बुझ्न, हाम्रो देश बुझ्न सहयोग गर्छ । हामी ग्लोबल सिटिजन तयार पार्ने उद्देश्यका साथ शिक्षा दिइरहेका छौं ।’ं विद्यार्थीले सिरिया युद्ध गर्दा शरणार्थी जीवन बिताइरहेकाहरुको भोग्नु परेको समस्या बारे पनि बहस गरे । त्यहा किशोरीले भोग्नु परेका समस्या जोडदार रुपमा उठाए । उनीहरुले कार्यक्रमको रिपोर्टिङ पनि आफैं गरेका छन् । सम्मेलनमा २९ देशको प्रतिनिधी आफैं आफैं बनेर विभिन्न मुद्धामा छलफल गरिरहेका छन् । सम्मेलन दुई दिन चल्नेछ । 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला