दुईटा बाघलाई साथी बनाएका भाग्यमानी मानिसहरु

दुईटा बाघलाई साथी बनाएका भाग्यमानी मानिसहरु

कान्छा १३ वर्षको भयो, बाङगे १५ वर्षको भयो । दुवैले दिनमा ६ किलो राँगाको मासु खान्छन् । यी दुई बाघका पाँच जना मानिस साथी छन् । साथीहरुको नाम हो– हरिकृष्ण श्रेष्ठ, रमेश भण्डारी, आलोक श्रेष्ठ, राजकुमार बस्नेत र समीर पाण्डे ।

सबैभन्दा मिल्ने साथी चाहिँ हरिकृष्ण श्रेष्ठ हुन् । हरिकृष्ण सदर चिडियाखाना जाउलाखेलका जु किपर हुन् ।

यी दुई बाघ चिडियाखानामा छन् । यिनको घर पनि चिडियाखान हो, वन पनि चिडियाखाना हो ।

कान्छा र बाङगे चिडियाखानाका शान हुन्, प्रमुख आकर्षण हुन् । यिनको एक झलक पाउन दर्शकहरु मरिहत्ते गर्छन् ।

चिडियाखानामै जन्मिएका हुनाले हरिकृष्णले कान्छालाई वाल्यकालदेखि नै चिन्छन् । राम्ररी जान्दाछन् र कान्छाको मनोभाव पनि बुझ्छन् । हरिकृष्ण र कान्छाको सम्बन्ध निकै घनिष्ठ छ । ‘मेरो परिवारको सदस्य जस्तै हो यो कान्छा,’ हरिकृष्ण भन्छन् ।

कान्छा र बांगे कहिले कृत्रिम ओढारभित्र बस्छन्, कहिले सानो रुखको झ्याङमा छेकिन्छन्, कहिले चाहिँ दर्शकले हेर्ने अग्लो पर्खालको ठिक तल आएर बसिदिन्छन् । अनि, दर्शकले देख्न पाउँदैनन् । तर, पर्खिएर भए पनि हेरेरै जान्छन् दर्शक ।

चिडियाखान आएपछि बाघको एक झलक दर्शन नगरी फर्कन कसको पो मन मान्छ र !

कान्छोको जन्मघर नै यही चिडियाखाना हो । बाङगेलाई चाहिँ चितवनको जंगलबाट ल्याइएको हो । बाङगेले बित्याँस पर्ने काम गरेछ, मानिसलाई आक्रमण गरेछ । नरभक्षी बनेछ । त्यसपछि पक्राउ गरियो । अलि बांगो स्वभाव छ बाङगेको । त्यसैले चिडियाखानामा नाम दिइयो बांगे ।

तर, चिडियाखानाको वास भएपछि धेरै सोझो र मिलनसार बनेको छ बांगे ।

कान्छो चाहिँ घरपालुवा जस्तै भइसकेको छ । चिडियाखानामै जन्मिएको हुनाले निकै नै मिलनसार छ । सोझो छ । ज्ञानी पनि छ ।

माथि सुरुमै नाम लेखिएका पाँचजनाले यी बाघको स्याहारसुसार गर्छन् । खान दिन्छन् । पानी दिन्छन् । हरिकृष्ण दुवै बाघलाई माया गर्छन्, कान्छालाई छोराजस्तै मान्छन् । असाध्यै माया लाग्छ भन्छन् ।

दुवैलाई दैनिक ६/६ किलो रांगाको मासु दिईन्छ । शनिबार एकदिन चाहिँ यिनीहरुलाई भोकै राखिन्छ । मासुसँग सागपात र घाँस पनि दिइन्छ ।

यिनलाई देखेर दर्शक दंग पर्छन् तर उनीहरु चाहिँ वास्तै गर्दैनन् । आफ्नै धुनमा मस्त भएर बसिरहन्छन् । तर, स्याहरसुसार गर्ने पाँच जनालाई देखे भने चाहिँ कराउँछन्, वेचैन हुन्छन् । उनीहरुको वेचैनीको अर्थ हो खाना मागेको ।

कान्छा र बाङगेको खोर हरेक दिन सफा गरिन्छ । खाना खाने भाँडा पनि हरेक दिन सफा पानीले सफा गरिन्छ ।

कान्छा र बाङगेलाई किन सोझा र ज्ञानी भनिएको थाहा छ ? किनभने आजसम्म यिनलाई खाना खुवाउँदा र स्याहार्दा कुनै अप्रिय घटना भएको छैन । यिनले कहिले आक्रमण गरेका छैनन् ।

तर, जे भए पनि बाघ हुन्, सतर्कता भने अपनाउने गरिएको हरिकृष्ण बताउँछन् ।

 

यी बाघ संवेदनशील जनावर हुन् । जंगलवासी बाघ प्राकृतिक वासस्थान छाडेर यहाँ बसेका छन् । प्राकृतिक बातावरण छाडेर कृत्रिम बातावरण र कैदमा बस्न पर्दा यिनलाई रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले उपचारको पनि व्यवस्था छ ।

हरिकृष्ण र उनको टिमले बाघको स्वास्थ्य स्थितिको निरन्तर निगरानी राख्छन् । विरामी भएको थाहा पाउँछन् । स्वास्थ्य बिग्रेको थाहा पाउनासाथ चिडियाखानाको भेटनरी शाखामा खबर गरिहाल्छन् । डाक्टर आउँछन् र हेर्छन् ।

चिडियाखानामै जन्मिएका हुनाले हरिकृष्णले कान्छालाई वाल्यकालदेखि नै चिन्छन् । राम्ररी जान्दाछन् र कान्छाको मनोभाव पनि बुझ्छन् । हरिकृष्ण र कान्छाको सम्बन्ध निकै घनिष्ठ छ । ‘मेरो परिवारको सदस्य जस्तै हो यो कान्छा,’ हरिकृष्ण भन्छन् ।

चिडियाखानामा काम गर्न पाएको र यी दुई बाघसँग संगत गर्न पाएकोमा आफूलाई निकै भाग्यमानी ठान्छन् हरिकृष्ण । हरिकृष्ण मात्र होइन, बाघसँग संगत गर्न पाउने रमेश, आलोक, राजकुमार र समीर सबै भाग्यमानी हुन्, किनभने यिनले बाघजस्तो सुन्दर र दुर्लभ जनावरलाई साथी बनाउन पाएका छन् ।

हाम्रो कथा अनलाइनबाट

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला