सिक्लेसको माघे संक्रान्ति मेला घाँटु र ठेलो

सिक्लेसको माघे संक्रान्ति मेला घाँटु र ठेलो
बसन्तकुमार श्रेष्ठ

 बसन्तकुमार श्रेष्ठ

कास्की जिल्लाको सदरमुकाम पोखराबाट २६ कि.मि. पर अन्नपूर्ण र लम्जुङ हिमालकोे काखमा रहेको सुन्दर गाउँको नाम हो चिलिनास अर्थात् सिक्लेस । यहाँ ४ सयभन्दा बढी घरधुरी रहेको छ । सबै भन्दा ठूलो गुरुङ गाउँ सिक्लेस पहिले पार्चे गा.वि.स.को वडा नं.५,६,७,८ र ९ वडाको राजनैतिक रेखाभित्र अटाएको थियो भने हाल मादी गाउँ पालिकाको वडा नं. १ मा परेता पनि यहाँ सभाथर, हार्पुथर, लामाथर, धप्राङ्गथर, गैरीथर र क्वोँ गीथर गरी ६ थरमा सामाजिक संस्कारित तरिकाले विभाजन गरिएको छ । थर थरमा रहेको यहाँको आमा समूह सामाजिक एवं भौतिक विकास र संस्कृतिको जगेर्ना गर्ने कार्यमा निक्कै अगाडि रहेको छ भने प्रत्येक थरमा सामाजिक तथा विविध कार्यका लागि समाजघरहरु निर्माण गरिएको छ । यहाँको अर्को विशेषता भनेको सामाजिक परम्परामा समूहगत समवेश हुनु पनि एक हो । यहाँ हुने विकास निमार्ण लगायत सामाजिक र संस्कृतिका कार्यहरुमा आमा समूहहरुको अपरिहार्य सहभागिता रहन्छ भने यहा“को एक मात्र युवा समूह “सिक्लेस युवा क्लव” पनि युवाहरुको समग्र विकास एवं संस्कृति सम्बद्र्धन र स्थानीय विकासको कार्यहरुमा अनिवार्य रुपमा नै सहभागिता रही आएको छ भने युवा क्लवले युवाहरुको बौद्धिक, शारिरिक तथा साँस्कृतिक रुपमा तिखार्ने कार्यमा पनि विभिन्न कार्यक्रमहरु

  मार्फत् सक्रिय रहेको छ । silkess_1 सिक्लेस जान पोखराको काहुँ खोलाबाट प्रत्येक दिन विहान ८ बजे र दिउँसो १ बजे बसबाट जान सकिन्छ । रिजर्भ गरेर गाडीबाट जानका लागी जिपहरु पनि पाईन्छ । अर्को बाटो काहुँ खोला, कसेरी, काब्रे, छाचोक, ज्यामदुङ, सबे, चाँसु र सोँद हुँदै हिँडेर सिक्लेस जाने बाटोपनि छ । चाँसुसम्म गाडीबाट र ३/४ घण्टाको हिडाईबाट पनि सिक्लेस पुग्न सकिन्छ । यस बाटोको प्रयोग गर्ने हो भने मादीखोलाको तिरैतिर, चासुमा निमार्णधीन हाईड्रोपावर, भिरमाहुरीको अवलोकन, पानीघट्टा लगायत झोलुङ्गेपुल तरेको स्वाद लिन सकिन्छ भने उकालो बाटोको स्वाद पनि लिन सकिन्छ । सिक्लेसको माघे संक्रान्ति मेलाको विषेशता भनेकै परम्परागत संस्कृति र संस्कारलाई संरक्षण र यसको महत्वलाई सबैको मनमा विसाउनु हो । यो गाउँ गुरुङ्गहरुको संस्कार, संस्कृति, परम्पराको भौतिक तथा मौलिक खुला संग्रालय हो भन्दा पनि अनुपयोक्ति नहोला । विषेशत गुरुङ्ग जातीको मात्र मौलिक शास्त्रीय तथा संग्रहीत नृत्य घाटु लोपोन्उमुख अवस्थामा पुग्दा पनि सिक्लेसमा घाटु नाचको रसोपान गर्न पाउनु नै पनि यसको ज्वलन्त उदाहरण हो भने परम्परारुपमा यहाँ ठेलो हान्ने प्रतियोगिता पनि माघे संक्रान्ति मेलाको एक महत्वपूर्ण अंग हो । पौष मसान्त जाँदो माघे संक्रान्ति वियाँउदो अवस्थाको रात्री १२ बजे पछि माउदुमा नुहाउनु आफैमा एक अलौकिक आनन्द एवं धार्मिक विश्वासको आधार पनि हो । अझै आमा समूहको काँचो कटर, युवा पुस्ताको थियटर पनि वेजोडको हुनेछ । विभिन्न स्थान बाट नृत्य प्रतियोगितामा भाग लिन आउने सास्कृतिक टोली, खेलाडी टोली र झन् यसको स्वााद लिन आउने दर्शक र आफ्नो गाउँमा आउने पाहुनाहरुलाई स्वागत गर्न आतुर घर गाउँलेहरुको न्यानो सत्कारले माघे संक्रान्ति मेलालाई अझ मिठास एवं अविस्मरणीय बनाउन मद्धत गर्ने छ । माघे संक्रान्तिलाई अझ रोचक र अविस्मरणी बनाउन सिक्लेस युवा ल्कव पनि खेलकुद र साँस्कृतिक कार्यक्रममार्फत् युवा–युवा बीच, गाउँ–गाउँ बीच र टोल–टोल बीच भातृत्व बढाउन पछि पर्दैनन् । युवाहरु आफूमा रहेको सिप र कौशल खेलको माध्यमबाट सबैको दिलमा बसाउन खेलकूद प्रतियोगिताहरु र साँस्कृतिक कार्यक्रममा समाबेश हुन्छन् ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला