भोजपुरका भुकम्प पीडितसँग रकम असुल्दै इन्जिनीयर

 भोजपुरका   भुकम्प पीडितसँग रकम असुल्दै इन्जिनीयर

मिलन बिक्रम सिंह बस्नेत  भोजपुर १९, पुस  । भोजपुर षडानन्द नगरपालिकाका इन्जिनीयरले भुकम्प पीडितसँग घरको नक्सा बनाए बापत रकम असुल्ने गरेका छन् । नगरपालिकाका इन्जिनीयर बिमलमान राईले बिएनएम कन्सलट्यान्सीसँगको मिलेमतो गरेर रकम असुल्ने गरेका हुन् ।

घरको नक्सा बनाए बापत १० हजार लाग्ने भन्दै उनले भुकम्प पीडितसँग पैसा असुल्दै आएका छन् । भुकम्प पीडितले घरको नक्सा बनाए बापत कुनै पनि रकम तिर्नु पर्दैन ।  राईले आफ्नै बिएनएम कन्सलट्यान्सी सञ्चालन मार्फत काम गर्ने र प्राइभेट फर्मलाई रकम तिर्नुपर्छ भन्दै पीडितबाट रकम असुल्ने गरेका नाम उल्लेख नगर्ने सर्तमा एक भुकम्प पीडितले बताए । राईले षडानन्द नगरपालिकाको नेपालेडाँडा र कुदाककाउलेका भुकम्प पीडितसँग पैसा उठाएको आरोप स्थानीयले लगाएका छन् ।

इन्जिनीयरले रकम असुलेको बारे व्यापक गुनासो आएपछि उनको कन्सलट्ेन्सीमा संलग्नता रहे नरहेका छानबिन गरिने भोजपुर षडानन्द नगरपालिकका नगर प्रमुख विरवल राईले बताए । इन्जिनीयर राईले भने आफूले कसैसँग रकम नलिएको र  कन्सलटेन्सीमा पनि संलग्न नभएको दाबी गरे । स्थानीयवासीले इन्जिनीय राईलाई कारबाही नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला