शोकलाई शक्तिमा बदल्न सफल गाइपालक बाबुराम

  शोकलाई शक्तिमा बदल्न सफल गाइपालक बाबुराम

काठमाडौं ११, पुस । सरस्वती ढुङ्गाना/नारायणी लामिछाने खेलमा हारजित जस्तै व्यवसायमा पनि नाफा–घाटा निरन्तर चलिरहने प्रक्रिया हो । व्यवसाय घाटामा गएपछि घरबारी नै बेच्नु परेका थुप्रै उदाहरण छन् । गत असारमा त्यस्तै अवस्था आइलागेको थियो सुन्दरीजलमा गाइपालन व्यवसाय गर्दै आएका बाबुराम कार्कीलाई । तर,उनको खड्को टर्यो । ६ महिनामा उनी आफ्नो व्यवसायलाई पुनःजीवित बनाउन सफल भएका छन् ।

सुन्दरीजलस्थित वीपी चोकमा ५० रोपनी जग्गा भाडामा लिएर गाइपालन व्यवसाय थालेका कार्की विस्तारले विस्तार मिहेनतको कमाइ थाप्न थालिसकेका थिए । आम्दानी वढेपछि गाई थप्ने,फार्म वढाउने योजना बुन्दै थिए उनी ।  तर, असार ३ गते शनिबारको रात उनका सबै सपनामाथि ब्रज प्रहार भयो । कार्की सम्झिन्छन‘ त्यो कहालीलाग्दो क्षण जति बिर्से पनि बिर्सनै सकिन्न ।’ आफ्ना सन्तान जस्तै माया गरेर पालेका १२२ गाई मध्ये आधाभन्दा वढी जलेर सखाप भए । एकातिर गाई जल्दाको पीडा अर्को तिर लगानी खरानी भएको क्षण सम्झदा कार्कीका आँखा रसाए । उनी सम्झन्छन्, ‘शनिबारको दिन, गोठभित्र कोही मानिस थिएनन् । एक्कासी विद्युतको लाईन सर्ट भई आगो लाग्यो र साथीभाई, छरछिमेकलाई हारगुहार गरी जल्न बाँकी रहेका केही घाईते र केही सकुशल गाईहरु निकाले । धन्न मानवीय क्षति भने भएन ।’ सो दुर्घटनाबाट झन्डै ५ करोड जति घाटा ब्यहोर्न बाध्य भए उनी  । तैपनि उनले हिम्मत हारेनन् ।

पुनः आफ्नो व्यवसायलाई निरन्तरता दिए र अहिले उनको त्यही गोठमा ५२ ओटा गाई पालेका छन् । उनले डेढ करोड लगानी गरेर फार्ममा गाई थपेका छन् ।  उनी भन्छन‘जुत्ताको घाउ जुत्तैले निको हुन्छ भने जस्तो मेरो व्यवसाय फेरि पुरानै अवस्थामा फर्किन लागेको छ ।’  त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका उपप्राध्यापक समेत रहनु भएका कार्कीलाई दुध खाने बानीले नै सफल उद्यमशील कृषक बनायो । दुध खाने रहरले गाईपालेका कार्कीले शुरुमा भक्तपुरको दुधपाटीमा केही गाई पालेका थिए । विस्तारै समय बदलियो समयसँगैको परिवर्तनले उनलाई व्यवसायिकता तिर धकेल्यो । उनले आफ्नो परिवारको सहयोग र साथमा सर्वप्रथम भक्तपुरको दुधपाटीमा ६ ओटा गाई पालेका थिए ।  

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला