बाघ गणनामा १२ सय क्यामरा र १५ हजार मान्छे

बाघ गणनामा १२ सय क्यामरा र १५ हजार मान्छे

विश्वमै दुर्लभ मानिने पाटे बाघ गणना बिहीबार  देखि सुरु भएको छ । पर्सा राष्ट्रिय  निकुञ्जको मध्यवर्ती  क्षेत्र तथा  आसपासको राष्ट्रिय  वन क्षेत्रबाट गणना सुरु भएको हो । बाघ गणना क्रमशः देशैभरि हुनेछ । बाघ पाइने क्षेत्रलाई तीन वटा ( चितवन– पर्सा कम्प्लेस , बाँके कम्प्लेस र शुक्ला लालझाडी – जोगबुढा कम्प्लेस ) मा विभाजन गरी जम्मा  १८ सय ८७ वटा ग्रिड बनाई १२ सय वटा क्यामेरा ट्रयाम प्रयोग गरिन्छ । बाघ गणनामा ३ करोड २० लाख खर्च लाग्ने अनुमान गरिएको छ । गणनाको लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको वन तथा भू–संरक्षण  मन्त्रालयले जनाएको छ । संरक्षण  कार्यमा संलग्न  निकुञ्जका कर्मचारी , जिल्ला वन कार्यलयका कर्मचरी ,वन्यजन्तु प्राविधिक,वन्यजन्तु विज्ञ ,नेपाली सेना,मध्यवर्ती क्षेत्र तथा स्थानीय समुदाय ,संरक्षणका सहयोगी संस्थाका कर्मचारी  समेतको संलग्नतामा गणना कार्य अगाडी बढाइएको हो । बाघ गणनाका लागि चितवन राष्ट्रिय निुकुञ्जका १५ वटा , पर्सा राष्ट्रिय निुकुञ्जका ७ वटा , बाँके र बर्दिया राष्ट्रिय निुकुञ्जका ४ वटा  तथा शुक्लाफाँटा  राष्ट्रिय निुकुञ्जका ७ वटा हात्ती प्रयोग हुदैछन् । बाघ गणनाका लागि  ६६ दिनमा करिब १५ हजार मानिस लाग्ने अनुमान गरिएको छ । जसमा प्रथम चरणमा एकसय जना गणकलाई यही मंसिर १२ र १३ गते चितवन राष्ट्रिय निकुञ्को सौराहामा प्रयोगात्मक अभ्यास तालिम  दिइएको छ र थप २०० जनालाई तालिम दिने राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।   अत्याधुनिक प्रविधिसहितको क्यामरा विधिबाट बाघको गणना गर्न लागिएको हो ।  भारतमा भने एक महिना अघि कार्तिक १३ देखी बाघ गणना सुर गरिसकेको छ । गणनाका लागि आवश्यक क्यामरा अष्ट्रिया , स्विट्जरल्यान्ड ,फ्रान्स र जर्मनीबाट ल्याइएको छ । केही नेपालमा भएको पुरानो क्यामरा पनि प्रयोगमा ल्याइएको छ । विभागका अनुसार गणनामा सबै प्रविधिक नेपाली नै हुनेछन् । यो गणनाले नेपालमा बाघको संख्या बढेको देखाउने अपेक्षा गरिएको छ । नेपाल सरकारको २०२२ सम्म दोब्बर बाघ गणना गर्न योजना रहेको छ । यसका लागि विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरूले नेपालको बाघको संख्या दोब्बर बनाउन आर्थिक र प्राविधिक  सहयोग गदैं आएका छन्  । पछिल्लो समयमा नेपाल सरकारले बाघ सख्या वृद्धिको लागि बाघको बासस्थानमा सुधार ,आहाराको व्यवस्थापनमा, चोरी शिकारी नियन्त्रण र बाघ संरक्षणको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिएको छ । बाघ गणना कार्यक्रमको नतिजाबाट दुर्लभ तथा लोपोन्मुख प्रजातिको बाघ संरक्षणको अवस्था  थाहापाई संरक्षण र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको वन तथा भू संरक्षण मन्त्रालयका जैविक विविधता महाशाखाका प्रमुख डा. महेश्वर ढकालले जनाकारी दिए । साथै नेपालले अन्र्तारष्ट्रिय समुदाय समक्ष सन २०१० मा रसियाको  सेन्ट पिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्र्तारष्ट्रिय सम्मेलनमा प्रतिबद्धता गरे बमोजिम सन् २०२२ सम्म बाघको  संख्या दोब्बर अर्थात् २ सय ५० वटा पुर्‍याउने लक्ष्यअनुरुप सरकारले काम अघि बढाइरहेको छ । बाघ गणनामा क्यामेरा ट्रयाप ,सन्टो कम्पास , रेन्ज फाईन्डर , जी.पी.एस  रेकर्ड फर्म लगायतका समाग्रीको प्रयोग गरी  बाघ तथा आहार प्रजातिको गणनासमेत गरिनेछ । सन् २०१० को गणना अनुसार नेपालमा बाघको संख्या १ सय २० थियो । २०१३ सम्म आइपुग्दा ७८ वटा बाघ बढेका थिए । पछिल्लो बाघ गणनामा २०१३ का  अनुसार नेपालमा हाल १ सय ९८ बाघ रहेका छन् ।  नेपालमा बाघको अनुसन्धान र  अनुगमन ४५ वर्ष अघि देखि सुरु भएको हो । नेपालको तराई क्षेत्र विशेष गरी पर्सादेखि कञ्चनपुरसम्मा  वाघका लागि  उपयुक्त बासस्थान मानिन्छ । हाल चितवनमा १ सय १८ , बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा ७ र बाँकेमा ४ वटा बाघ रहेको तथ्यांक छ । विश्वमा बंगालेदेश , भियतनाम , कम्बोडिया , भारत , भुटान , थाइलाण्ड, इन्डोनेसिया ,लाओस ,चीन ,मलेसिया , रसिया ,म्यानमार र नेपालसहित १३ वटा देशमा वाघ पाइन्छ । अहिले विश्वमा झन्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् । बाघ गणनामा डब्लूडब्लूएफ नेपाल, जुओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) प्रकृति संरक्षण कोषलगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला