वाम गठबन्धनको काठमाडौं केन्द्रित चुनावी अभियान शुरु

वाम गठबन्धनको काठमाडौं केन्द्रित चुनावी अभियान शुरु

काठमाडौ २८, कात्तिक । चुनावलगत्तै पार्टी एकताको उद्घोषसहित नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आजदेखि काठमाडौँमा संयुक्त चुनावी अभियान शुरु गरेको छ ।

दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा आगामी मंसिर २१ मा हुने निर्वाचनमा काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय कार्यक्रम गरी अभियान शुरु भएको हो । दुवै दलले १० वटै क्षेत्रमा संयुक्त परिचालन कमिटी गठन र प्रचार कार्यालय खोलिसकेका छन् । जिल्लास्तरीय चुनावी सम्पर्क कार्यालय जमलमा खोलिएको छ ।

गठबन्धनले गत साता काठमाडौँमा साझा चुनावी घोषणापत्र सार्वजनिक गरी देशभर संयुक्त प्रचार अभियान जारी राखेका छन् । यी दुई ठूला वाम दलले गत असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका थिए ।

कार्यक्रममा नेताहरुले ‘राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको झण्डालाई वामपन्थीले फहराउँदै आएकाले’ सामाजिक आर्थिक रुपान्तरणको कार्यभार आफूहरुकै भएको उद्घोष गर्नुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु राष्ट्रिय हितलाई केन्द्रमा राखेर रीत र सामान्य कूटनीतिभन्दा माथि उठी छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरी मुलुकको समृद्धिको यात्रामा अग्रसर रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामी साम्यवादको लक्ष्य राख्छौँ, अहिले त्यो सम्भव छै्रन । काँग्रेसले पनि आफूलाई सोसलिष्ट इन्टरनेसनलको सदस्य हुँ किन भन्छ रु अनि कम्युनिष्टले अधिनायकवाद ल्याउँछ भनेर भ्रम छर्न मिल्छ रु” उहाँले वामपन्थी सरकारले अनैतिक र भ्रष्टरुपमा काम नगर्ने स्पष्ट गर्दै बूढीगण्डकी जलविद्युत् आयोजनामा गेजुवा कम्पनीको सम्झौता खारेज गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।

एमालेका नेता एवं काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले वाम शक्ति एकताबद्ध हुनु समयको माग र देशको आवश्यकता भएको बताउँदै नेपाली काँग्रेसभित्रका लोकतन्त्रवादीले पनि वामपन्थीको तालमेल र एकतालाई सहज रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ कम्युनिष्टले जितेमा रुन पनि पाइँदैन भनिनु अन्यथा होइन किनकि हामीले जितेमा प्रत्येक नेपाली सुखी र समृद्धि हुनेछन्, उनीहरु हाँस्न पाउनेछन्, रुनै पर्दैन ।”

नेता नेपालले निर्वाचन सम्पन्न हुनेबित्तिकै पार्टी एकता हुनेमा कुनै सन्देह नभएको स्पष्ट पार्दै एकापसमा घुलमिल र एकताबद्ध हुन दुवै पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला