कान्छा बस्नेतको सरकार खोई ?

कान्छा बस्नेतको सरकार खोई ?

‘दुःखीको घरमा मात्र तिम्रो वास हुने भए हे ईश्वर ममाथि दया राखि मलाई अझ दुःख देऊ’ अम्ब्रह्म लिङ्कनको यो भनाइ ठ्याक्कै मिल्छ नुवाकोट सूर्यगाढी गाउपालिका–५ का कान्छा बस्नेतसँग । जीवन भोगाइँका क्रममा उनले के मात्र दुःख पाएनन्,अहिले उनी सडक जीवन जिउन बाध्य छन् । ५ वर्षअघि आमा नबितेसम्म उनी सामान्य अवस्थामै थिए । तर, आमाको मृत्युसँगै उनका दशा सुरु भयो । घरपरिवारले पनि वास्ता गर्न छोडेपछि कान्छा सडकमा पुगेँ । उनको अवस्थालाई नियालेर सरस्वती ढुङ्गानाले यो फिचर तयार गरेकिछिन्ः

एउटा तस्विरले हजार शब्दको वर्णन गर्छ भन्ने गरिन्छ, तर कान्छाको तस्वीर लाखौं शब्द व्यक्त गर्न सकिन्छ । हुन त उनका बुबा आमाले उनको नाम के राखेका थिए थाहा छैन । तर, उनलाई चिन्ने मान्छेहरुले कान्छा बस्नेत ‘बौलाह’ भन्ने गर्छन । जाडोको समय पुरा शरीर ढाक्ने कपडा छैन, खाने गाँस, बस्ने बासको त टुङ्गो नै भएन ।

५ वर्ष अघि उनले आमा गुमाएपछि उनी एक्लो मात्र भएनन् परिवारको रेखदेखबाट समेत टाढिए । आमा बित्नू पर्व उनी सामान्य जीवन यापन गरिरहेका थिए । उनी बस्ने घर नजिक दलित बस्ती छ । समाजमा बसेपछि छिमेकी भएपछि सहकार्य त भइनै हाल्छ उनको छिमेकी दलित भएकाले गाउँका ठूलाठालुले उनलाई दलित सरहको व्यवहार गर्ने गर्दथे उनी काम जस्तो पनि गर्थे तर उनको बोली स्पष्ट थिएन् । एक दिन उनले गाउमा विवाहको भोजमा बाजा बजाउनेहरुसँग नजिकै बसेर खाना खाएको विषयलाई लिएर गाउँका केही व्यक्तिले अब त पनि बाजा बजाउने जस्तै भइस अब तेरो जात गयो भन्ने जस्ता शब्दले उनलाई अपहेलित गरे । त्यही कारणले कान्छाले मानसिक सन्तुलन गुमाएको गाँउलेहरु बताउँछन् । यसरी उनी मानसिक रुपमा विचलित भएपछि उनका दाजु भाईले पनि वास्ता गर्न छाडे । परिवारले नहेरेपछि उनी गाउँघरमा मागेर खान थाले र अहिले सडकमा छन् । उनको गाँस वास नै सडक भएको छ । गाँउ–सहर अहिले चुनावमय भएको छ, पार्टीहरु ठुलठूला विकासका प्रतिवद्धता गरिरहेका छन्, सहरमा मानवताको पाठ पढाउने थुप्रै एनजिओ÷आइएनजिओ खुलेका छन्, कोही कान्छासम्म पुगे भने उनको पनि उद्दार नै हुन्थ्यो ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला