छापा खबर

गोविन्द केसीको समर्थन गरेपछि गयो नारायणकाजीको नेकपा प्रवक्ताको पद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।  अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् ।  पार्टी नीतिविपरीत

निर्मल निवास खाली हुँदै, यस्तो छ पूर्वराजाको तयारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने भएका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उनी थाइल्यान्ड जान लागेका हुन् । उनी जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर बुधबार १६ गते बुधबार थाइल्यान्ड जान लागेका हुन् । उनको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना,

कृषिका ५९ कर्मचारीमाथि छानबिन शुरु

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनविपरीत बजेट सक्न विदेश भ्रमणमा गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन थालेको छ । उक्त छानबिनबाट जोगिनग मन्त्रालयका उच्च तहका कर्मचारी भने नियमविपरीत भएको भ्रमणको बचाउमा लागेका

मस्यौदा समिति नबन्दा धकेलिदै कांग्रेस महासमिति बैठक

काठमाडौं– निर्वाचनमा पराजयको समीक्षा र भावी पार्टी कार्यक्रम तय गर्न कांग्रेसको महासमिति बैठक छठपछि मात्र बस्ने भएको छ । विधान संशोधनका लागि मस्यौदा तयार पार्ने समिति बन्न नसक्दा भदौमा बस्ने भनिएको बैठक सर्न लागेको हो ।  महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा नौ सदस्यीय समिति बनाउने मोटामोटी सहमति

ओली सरकारले बाँड्यो करोडौं रुपैयाँ, कसले कति पाए ?

काठमाडौं । सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको

थाई गुफामा फसेका बाँकी ९ बालकको उद्धार शुरू

 एजेन्सी/थाईल्याण्डको एक गुफामा फसिरहेका उद्धार गर्न बाँकी नौ जनाको उद्धार कार्य शुरू गरिएको छ ।  उनीहरू मध्ये ८ जना बालक र प्रशिक्षकको उद्धार गर्न बाँकी छ। यसअघि चार बालकहरूलाई आइतबार नै उद्धार गरी सुरक्षित ठाउँमा लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । बाँकी नौजनाको उद्धार कार्य शुरू

संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र, नर्सिङ शिक्षामा शुल्क बृद्धी

काठमाडौं । निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गरेका छन् । नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गरेका हुन् ।  सरकारद्धारा गठित प्राविधिक

मनसुन यसै साता भित्र सुरु हुने

काठमाडौ, यसै सातादेखि नेपालमा मनसुन सुरु हुने भएको छ । मनसुन सुरु हुनका लागि वायुमण्डलीय अवस्था अनुकूल बन्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए ।  नेपालमा यसै सातादेखि मौसम सक्रिय हुने उनले बताए । बङ्गालको खाडीबाट नेपालमा पानी पार्ने बादल सक्रिय भएको समेत उनले जानकारी

निजी आवास पुनर्निर्माणमा काठमाडौं सबैभन्दा कमजोर

काठमाडौं,  भूकम्पपछिको पुनर्निर्माणमा अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौं सबैभन्दा कमजोर देखिएको छ ।  नीति निर्माण गर्नेदेखि पुननिर्माणलाई गति दिनका लागि निर्देशन दिने मुख्य केन्द्र काठमाडौंकै निजी आवास पुनर्निर्माणको अवस्था सबैभन्दा कमजोर देखिएको हो ।  राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार

नेकपा–फोरम एकता गर्न सुरु भयाे छलफल

काठमाडौं, २१ जेठ–नेपाल कम्युनिस्ट पार्टी नेकपा र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै पार्टी एकताका लागि अनौपचारिक छलफल सुरु भएको हो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम

१ लाख १७ हजार निजामती कर्मचारी आवश्यक

काठमाडौं – देशभर तीन तहको सरकार सञ्चालन गर्न स्थानीय तह, प्रदेश र संघमा गरी कुल १ लाख १७ हजार निजामती कर्मचारी आवश्यक पर्ने भएको छ। संगठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षणले देशभर १ लाख १७ हजार कर्मचारी आवश्यक पर्ने देखाएको संघीय मामिाला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संघमा

अविश्वासका कारण एमाले–माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’ 

काठमाडौँ । एकीकरण प्रक्रियामा रहेका एमाले–माओवादीबीच चुलिँदो अविश्वासले अघोषित रूपमा एकता प्रक्रिया स्थगन भएको नागरिक दैनिक र अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेका छन् ।  नागरिकले एमाले र माओवादीबीचको असमझदारी झांगिँदै जाँदा दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेको र दुई पार्टीका अध्यक्षबीचको

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन–संविधानविरोधीलाई नछोड्नु

काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुविपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् ।  शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्थतरीय सुरक्षा गोष्ठिमा आईतबार उनले यस्तो निर्देशन दिएका हुन् ।  संविधानविपरितका कुनै पनि हर्कत

आजबाट मुलुक लोडसेडिङमुक्त,कसरी भयो सम्भव ? 

काठमाडौँ । विद्युत् प्राधिकरणले आजदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति आजदेखि अन्त्य गरेको जानकारी दिए ।  ‘आज बाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन्’,

मलेसिया जाने सवा ६ लाख कामदारबाट ३ अर्ब ठगी

काठमाडौँ । एउटा गैरकानूनी कम्पनीले मलेसिया जाने ६ लाखभन्दा बढी गरिब नेपाली कामदारको अर्बौं रुपैयाँ ठगेको छ । नयाँ पत्रिका दैनिकका अनुसार मलेसिया भिएलएन नेपाल नामक अनधिकृत कम्पनीले भिसा प्रोसेसिङ र भिसा संकलनका नाममा पछिल्लो साढे चार वर्षको अवधिमा ६ लाख ३३ हजार ३ सय ६८ कामदारबाट २ अर्ब ७१ करोड रुपैयाँभन्दा

मोदीको २९ घन्टे कार्यक्रम

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौ र मुक्तिनाथकमा साढे २९ घन्टा विताउने भएका छन् ।  तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीका नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः

सुन तस्करीमा पुरानै पात्रहरू

काठमाडौं । कान्तिपुर दैनिकले ‘सुन तस्करीमा पुरानै पात्रहरु’ शीर्षकमा प्रमुख समाचार छापेको छ । ठूलो परिमाणमा भइरहेका सुन तस्करी प्रकरणमा पुराना तस्करी घटनामा संलग्नहरु नै सक्रिय रहेको पाइएको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ, ‘सनम शाक्यको हत्यापछि खुलासा भएको ३३ किलो सुन तस्करीमा मुछिएका

मोदीको स्वागतमा ५० हजार मान्छे उतार्न सर्कुलर !

काठमाडौं ।  नयाँ पत्रिका दैनिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरमा भव्य तयारी भइरहेको समाचारलाई प्रमुखताका साथ छापेको छ । समाचारमा लेखिएअनुसार मोदीको सम्बोधन गर्ने सभामा ५० हजार मान्छे उतार्न प्रदेश सरकारले आठ जिल्लामा सर्कुलरसमेत गरेको छ । मोदी यही वैशाख २८ गते पटनाबाट सीधै

झोले क्याम्पस खारेज गर्दै त्रिवि

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । कान्तिपुरका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो । त्रिवि अनुगमन निर्देशनालयले

 गुराँस टिप्नेलाई अब‘जंगलमै कारबाही’ !

काठमाडौँ । घुम्न आउने समूहले टिपेर लैजान थालेपछि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा जिल्ला वन कार्यालयले गुराँस टिप्न प्रतिबन्ध लगाएको छ । यो क्षेत्रमा २८ प्रजातिको गुराँस फुलिरहेका छन् । कान्तिपुरका अनुसार फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को वर्षसमेत असर पर्ने भन्दै वन

प्रदेश सांसदले मागे ५०–५० लाख

काठमाडौँ । संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका छन् । नागरिक दैनिकका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद् विकास कोषका लागि भन्दै प्रदेशसभा सदस्यले चालू आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट

सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय !

काठमाडौँ ।  प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । कार्यकक्ष अभाव भएपछि सिंहदरबारभित्रै प्रधानमन्त्री कार्यालयले कोठा खोजेको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य

नेपाल भ्रमणमा आफ्नै कार ल्याउँदैछन् मोदीले

काठमाडौं । चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन् । भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिन अघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन् । उनी विशेष प्रकारको कार प्रयोग गर्छन् । आजको कान्तिपुरमा यो खबर छ । आन्तरिक उडानका

कांग्रेस बैठकः गच्छदारले मागे उपसभापति

काठमाडौँ । बैठकमा कांग्रेससँग पार्टी एकता गर्दाको सम्झौताको फाइल पेस गर्दै विजयकुमार गच्छदारले  ‘यथोचित समायोजन’लाई टुंगोमा पु-याउन नेतृत्वलाई आग्रह गरे । केन्द्रीय समितिमा १५ देखि २० सदस्यसहित उपसभापति, सात सय महाधिवेशन प्रतिनिधि, तीन सय महासमिति सदस्य, २० हजार क्रियाशील, ६३ जिल्लामा केन्द्र

१० हजार युवालाई मार्क्सवाद रटाउँदै एमाले–माओवादी !

काठमाडौँ । कार्ल माक्र्स जन्मको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई माक्र्सवाद पढाउने भएको छ । एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिस्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुचि घट्दै गएकाले पढाउने निर्णय गरेको नयाँ पत्रिका दैनिकमा खबर छ । माक्र्स जयन्तीको द्विशतवार्षिकीको

सातामा डेढ सय किलो सुन तस्करी

काठमाडौँ । नयाँ पत्रिका दैनिकले आज साता डेढ सय किलो सुन तस्करी हुँदै आएको समाचार छापेको छ । सुनचाँदी व्यवसायीका अनुसार बजारमा दैनिक ४० केजी सुनको माग छ । तर, नेपाल राष्ट्र बैंकले २० किलो सुन मात्र आयात गर्ने अनुमति दिएको छ । यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आएको अनुमान छ । वाणिज्य

निजामतीलाई बाहिरी कामको अनुमति

काठमाडौँ । सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिद बित्रक्रीमा समेत व्यस्त हुने क्रम बढेको छ । नियमित तलबबाहेक अतिरिक्त भत्ता र सुविधा सुविधामा मात्रै वार्षिक २२ अर्ब रुपैयाँभन्दा बढी रकम सक्ने कर्मचारीले अतिरिक्त काम

विमानस्थलमा ट्राफिक जामले आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा

कांग्रेस बैठकमा चुनावी बहस: हुकुमी भएको भन्दै महामन्त्रीको धर्ना

काठमाडौँ । कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे । मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने बताउँदा चन्द्र भण्डारीले

पूर्वडीआईजी निरौला पक्राउ, पूर्व आईजीपी अर्यालमाथि कडा निगरानी

काठमाडौँ । दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पुर्वडीआईजी निरौलालाई नियन्त्रणमा

कुल पोष्ट : 79

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि