राजनीति

वरिष्ठ राजनीतिज्ञ एवम् साहित्यकार कमलराज रेग्मीको निधन

अमरवाणी संवाददाता /काठमाडौं । वरिष्ठ राजनीतिज्ञ एवम् साहित्यकार कमलराज रेग्मीको निधन भएको छ । १९८४ भदौ ६ गते पाल्पामा मेहल्धारामा जन्मिएका रेग्मीको ९१ वर्षको उमेरमा आज विहान ललितपुरस्थित धोविघाट निवासमा  ५ बजेर २५ मिनेटमा निधन भएको रेग्मीकी बुहारी उपसाना रेग्मीले अमरवाणी अनलाइनलाई जानकारी दिइन्

प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य एजेन्डाः गंगामा नेपाली पानीजहाज

काठमाडौँ । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फराकिलो छाति बनाएर प्रस्तुत हुन भारतीय संसदका विपक्षी दलहरुले नरेन्द्र मोदीलाई दिएको सुझावलाई कान्तिपुरले एंकर बनाएको छ । अन्नपूर्णले ‘प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीको सुझाव– राष्ट्रहितको सम्मान गर’ शीर्षकमा मुख्य खबर

राष्ट्रिय दल बन्न नसकेका पार्टी संगठन सुदृढीकरणमा 

काठमाडौँ । निर्वाचन कानूनमा तीन प्रतिशत थ्रेस होल्ड व्यवस्था गरेपछि अहिलेको संघीय संसदमा धेरै दलको अस्तित्व संकटमा परेको छ । तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था भएपछि प्रतिनिधिसभामा सहभागी १८ मध्ये पाँच दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका थिए । राष्ट्रिय दलको मान्यता पाउन नसकेका तर मुलुकभर संगठन

एमाले–माओवादी एकता संयोजन समितिको बैठक जारी 

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज जारी छ ।  बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा कार्यदलले मिलाउन नसकेका प्राविधिक विषयमा सहमतिको प्रयास जारी छ ।  एकीकृत पार्टीको चुनाव चिह्न के हुने र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द

सुरक्षा नचाहिने बाबुराम के चाहन्छन् ?

अमरवाणी संवाददाता /काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई चर्चामा आइरहने व्यक्ति हुन् । सरकारले पूर्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू तथा संवैधानिक निकायका व्यक्तिहरूलाई उल्लेख्य रूपमा सेवा सुविधा दिएको छ । विशिष्ट नेतालाहरूलाई सुरक्षा प्रदान पनि गरेको

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रीपरिषद् वैठकद्वारा स्वीकृत, यस्ता छन् अन्य निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबमर बसेको बैठकले यही चैत २३ देखि २५ गतेसम्म भ्रमण हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको हो ।   मन्त्रिपरिषद्का अन्य

विकासका लागि तुरुन्तै पार्टी एकता : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ‘एमाले’ र नेकपा ‘माओवादी केन्द्र’ बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताएका छन् ।  नेकपा ‘एमाले’ केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न  सो

खड्काको शोकमा कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनको शोकमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन समीक्षा गर्न भनेर यही चैत ९ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक सुरु  भएको थियो । आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डामा छलफल भएन, विज्ञका आआफ्नै सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । ओलीका भारत भ्रमणका एजेण्डाका विषयमा केही कुरा अघि सारिएका छन् । जस्तो कि पुराना सन्धि–सम्झौतामाथि कुरा उठ्छ कि उठ्दैन । विज्ञहरू ठान्छन्, यसपालि सन्धि–सम्झौता पुनरावलोकनको विषय सम्भवतः उठदैन । किनकि, यसलाई

नेपालीहरूलाई नेपाली भएर बस्न दिनुस् : प्रधानमन्त्री ओली

अमरवाणी संवाददाता /काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाउन र सामाजिक सद्भाव खण्डन हुन नदिने बताएका छन् । रिर्पोटर्स क्लवको कार्यक्रममा ओलीले शनिवार युरोपेली युनियनतर्फ संकेत गर्दै उनले उक्त कुरा बताएका हुन् ।  प्रधानमन्त्री ओलीले अलिअलि आवाज कहाँबाट आएको छ ?

'आर्थिक सशक्तिकरणका लागि महिला आफैं अग्रसर हुनुपर्छ' 

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले आर्थिक सशक्तिकरणका लागि महिला आफैं अग्रसर हुनु पर्ने बताएका छन् ।  वुमन एक्ट र नेपाल बैँकर एशोशिएसनले राजधानीमा गरेको ‘महिला आर्थिक सशक्तिकरणका लागि निजी क्षेत्रको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनमा गर्भनर नेपालले महिलाको आर्थिक सशक्तिकरणका

को–को छन् आईजीपीको दौडमा ?

काठमाडौं । जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले एक घण्टाभित्रै बदर गरेको थियो अघिल्लो वर्ष । त्यतिबेला नेपाल प्रहरीमा आईजीपी प्रकरण चर्किसकेको थियो ।   । आफू एक नम्बरमा भएर पनि आईजीपी नबनाइएको भन्दै तत्कालीन डीआईजी नवराज सिलवाल अदालत गएका थिए । सिलवाल अहिले सांसद बने । 

अब संसदमा सीधा कुरा !

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्का सबै बैठकको पहिलो एक घन्टा सांसदसँग प्रश्नोत्तर गर्ने व्यवस्थामा सहमति गरेको छ । सबै बैठकको पहिलो एक घन्टा सांसदका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने व्यवस्थामा सहमति भएको हो ।  मन्त्रीसँगको प्रश्नोत्तर सम्पन्न भएपछि मात्रै संसद् कार्यसूचीमा

काँग्रेसलाई जीवन्त बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन् : नेता सिंह

नेपालगन्ज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व परिवर्तनको विकल्प नभएको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प नभएको बताएका हुन् ।   नेता सिंहले भने, ‘नेपाली

यस्ता छन् सरकारका ६ प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदार संस्थाका प्रतिनिधिहरूलाई सरकारका ६ प्राथमिकता बताएका छन् । प्रधानमन्त्री निवासमा  मंगलबार उनीहरूलाई बोलाएर ओलीले सम्बृद्ध नेपाल र खुसी नेपाली सरकारको लक्ष्य रहेको भन्दै उनले आफ्नो सरकारका ६ प्राथमिकता

ईयू प्रतिवेदनमाथि सांसदको आक्रोश,कसले के भने ? 

काठमाडौँ । युरोपेली युनियन (ईयू) को निर्वाचन पर्यवेक्षण प्रतिवेदनमाथि संघीय संसद्ले आपत्ति प्रकट गरेको छ । संघीय संसद्को सोमबारको बैठकमा सत्तापक्षका सांसदले प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए भने विपक्षी दल एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलका सांसदले संविधान

राष्ट्रपतिले बिहीबार संघीय संसद्लाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई यही बिहीबार सम्बोधन गर्ने भएकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रपतिको सम्बोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि संघीय संसद्लाई  सम्बोधन

इयूको प्रतिवेदनप्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयू) को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ । सोमबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधि मण्डलमाथि कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने

संवादको पखाईमा संविधान संशोधन

काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन गर्न सकिने बताएपछि  चर्चामा आएको संविधान संशोधनको विषय अहिले संवादको पखाईमा छ ।  संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लो समय प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा छलफल गर्न

वाम एकता प्रतिवेदन अन्तिम कसरतमा

काठमाडौँ । एमाले–माओवादी केन्द्र एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदल आफ्नो प्रतिवेदन तयारीको अन्तिम कसरतमा जुटेको छ । प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी दुवै पार्टीका शीर्ष नेताबीच छलफल चलेपछि

काँग्रेस केन्दीय समिति वैठक: गुटको राजनीति त्याग्न नेतृत्वलाई सुझाव 

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पार्टीमा गुटउपगुटको राजनीति त्यागेर पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् ।  ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताले पार्टी भित्रको गल्ती तथा कमी कमजोरी सच्याएर असहज परिस्थतिको अन्त्य गर्नुपर्ने बताएका हुन्

भारत भ्रमण अघि नै पार्टी एकता गर्न एमाले अध्यक्ष ओलीको प्रस्ताव

काठमाडौँ। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरूसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् । त्यसको पुष्टि गर्दै

ईयूद्वारा सार्वजनिक चुनावी प्रतिवेदनको चौतर्फी आलोचना 

काठमाडौँ । गत मंसिरमा सम्पन्न संघ र प्रदेश निर्वाचन पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको युरोपेली युनियन (ईयू) पुनः विवादमा तानिएको छ । ‘संघीय संसद् र प्रदेशसभामामा खस आर्यलाई समावेश गर्न नहुने’ ईयूले दिएको सुझावलाई लिएर चौतर्फी आलोचना भएको हो । ईयूले नेपालमा जातीय र साम्प्रदायिक द्वन्द्व

प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमण चैत २३ गतेबाट

काठमाडौँ । दोस्रो पटक  प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले पहिलो भ्रमणका रूपमा भारतलाई रोजेका छन् । ओलीले चैत २३ देखि २५ गतेसम्म राजकीय भारत भ्रमण गर्ने मिति तय भएको छ ।   नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् । दोस्रोपटक

कांग्रेस प्रमुख सचेतमा खाँण

काठमाडौँ । सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरेका छन् । खाँण पार्टी सभापति देउवाका विश्वास पात्र मानिन्छन् । खाँण प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेका हुन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन् । 

रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी

काठमाडौँ । साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ

प्रहरीद्वारा प्रदेशसभा सदस्य मनाङ्गेको खोजी तीव्र

काठमाडौँ । नेपाल प्रहरीले दीपक मनाङ्गे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान सुरु  गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश ‘ख’बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् ।  नेपाल प्रहरीका प्रवक्ता मनोज

छायाँ सरकारका प्रधानमन्त्री देउवा !

काठमाडौँ । नेपाली काँग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छायाँ सरकार गठन गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छायाँ सरकार गठन गर्ने तयारी गरेको हो । संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान

उपराष्ट्रपतिका एक्ला उम्मेदवार पुन

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनका लागि नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । पुनले संसद भवन नयाँबानेश्वरमा शनिबार दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन्।  पुनले ११ः४० बजे उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएका थिए। पुनको उम्मेदवारीमा प्रस्तावकहरु सुवासचन्द्र नेम्वाङ,

  १३ जना मन्त्री थपिए

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेकपा एमालेका ८ जना र सरकारका प्रमुख समर्थक नेकपा माओवादीबाट ५ जना थपेर २० सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।   नव नियुक्त मन्त्रीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष पद तथा गोपनियताको सपथ खाएका

कुल पोष्ट : 373

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला