समाचार

राष्ट्रपतिले भण्डारीले आज संघीय संसद्लाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको सम्बोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको थियो ।  भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि संघीय संसद्लाई  सम्बोधन गर्न

विवादमा राष्ट्रपतिको शपथ, निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसहित संवैधानिक परिषद्का पदाधिकारीहरुविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताहरू हेममणि सुवेदी तथा नारायण खरेलले पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको हो । रिट निवेदनमाथि बिहीबार प्रारम्भिक सुनुवाई हुनेछ। नवनियुक्त

कटौती हुँदै सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्ने तयारी गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचार अनुसार, २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको छ । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल

नेपाली भाषा–साहित्यका विशिष्ट साधक वासुदेव त्रिपाठी  ७६ औं वर्षमा प्रवेश

अमरवाणी संवाददाता/काठमाडौँ । नेपाली भाषा–साहित्यका विशिष्ट साधक प्रा.डा. वासुदेव त्रिपाठी ७६ औं वर्षमा प्रवेश गरेका छन् ।  प्रा.डा वासुदेव त्रिपाठी अभिनन्दन तथा ग्रन्थ प्रकाशन समिति र पशुपति बहुमुखी क्याम्पसले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर प्रा.डा त्रिपाठीको  ७६ औं जन्मोत्सव मनाएको हो ।

उप–प्राध्यापक अर्याल प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार एवम् रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयका उप–प्राध्यापक कुन्दन  अर्याल नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को वैठकले राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरि अर्याललाई

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौँ ।  राजधानीको जमलबाट आइतबार सेतो मच्छिन्द्रनाथको रथ तानिएको छ । मच्छिन्द्र बहालबाट बाजागाजासहित सेतो मच्छिन्द्रनाथलाई साँझको साइतमा रथारोहण गरेपछि रथयात्रा सुरु भएको थियो । रथयात्रामा राजधानी काठमाडौंका विभिन्न भू–भागबाट बाजा गाजासहित नेवारी समुदायको सहभागी भएका थिए । सेतो मच्छिन्द्रनाथको

भूमिसुधारका सुब्बा १० हजार घुससहित पक्राउ

भक्तपुर । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा कमल भुजेल घुस लिँदालिँदै पक्राउ परेका छन् । उनी सेवाग्राहीबाट १० हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीबाट पक्राउ परेका हुन् । चाँगुनारायण नगरपालिका-८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनीले सेवाग्राहीसँग

बार राष्ट्रिय सम्मेलन आजदेखि,स्वतन्त्र न्यायपालिकाको मुद्दा प्राथमिकतामा

नेपालगन्ज । कानुन व्यवसायीको छाता संगठन बार एसोसिएसनको १४ औं  राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमामा सुरु भएको छ ।   पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादबारे मौन बसेको भनेर चर्को आलोचना र भूमिकाप्रति प्रश्न उठिरहेकै बेला नेपालगन्जमा १४ औं राष्ट्रिय सम्मेलन हुन लागेको हो ।   पूर्वप्रधानन्यायाधीश

९ हजार रुपैयाँ घुससहित शाखा अधिकृत इन्दिरा पक्राउ

८ चैत, काठमाडौं । घरेलु उद्योग दर्ता गर्न लिएको घुस रकमसहित घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरकी शाखा अधिकृत इन्दिरा गौतम (खनाल) पक्राउ परेकी छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९ हजार रुपैयाँ घुससहित बुधबार कार्यकक्षबाटै पक्राउ गरेको हो । काठमाडौं हिडेन ट्रेजर नामको सिलाई

कोरियन भाषा परीक्षा फारम आजबाट

काठमाडौं ।  दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ‘ईपीएस’ मार्फत्  जाने कामदारका लागि कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुलेको छ  । ईपीएसअन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि संकलन गरिएको ललितपुरस्थित

विमान दुर्घटना विमा : १० करोडसम्म पाउने

काठमाडौँ । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म विमा पाउने देखिएको छ । दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने

को बन्ला नेपाल प्रहरीको नयाँ आईजीपी ?

काठमाडौँ । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समाचार बनाएर छापेका छन् । राजनीतिकदेखि आर्थिक, सामाजिकसम्मका विषयलाई पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा महत्त्व दिएर छापेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले ७ अर्बको सामानमा भन्सार छलीलाई मुख्य समाचार बनाएको छ । निजी विद्यालयमा

कांग्रेस प्रमुख सचेतमा खाँण

काठमाडौँ । सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरेका छन् । खाँण पार्टी सभापति देउवाका विश्वास पात्र मानिन्छन् । खाँण प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेका हुन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन् । 

५ नं प्रदेशमा राष्ट्रिय योजना आयोग गठन

बुटवल- प्रदेश नम्बर ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ।  प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी प्रादेशिक योजना आयोगका उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरिएको सरकारका प्रवक्ता

पराजुली विरुद्ध प्रहरीमा उजूरी, ‘सिलवाल’ प्रकरणको झल्को

काठमाडौं ।  निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले नागरिकता र शैक्षिक योग्यता प्रमाणपत्रमा जालसाझी गरेको भन्दै प्रहरीमा उजूरी दर्ता गरिएको छ ।  गुल्मी इस्पा गाउँपालिकाका मदन भण्डारीले पराजुलीले पराजुलीले  नागरिकता र शैक्षिक प्रमाणपत्रमा मिति सच्याएको भन्दै उनी विरुद्ध महानगरीय प्रहरी परिसर

रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित 

काठमाडौँ । रुसको नयाँ राष्ट्रपतिमा पुनः भ्लादिमीर पुटिन निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि हिजो सम्पन्न मतदानमा भ्लादिमीर पुटिनले अर्को कार्यकालका लागि जित हात पारेका हुन् । सम्पूर्ण स्थानको मतगणना सकिनै लाग्दा पुटिनले करिब ७६ प्रतिशत मत प्राप्त गरेको त्यहाँको केन्द्रीय निर्वाचन आयोगलाई उदृत

रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी

काठमाडौँ । साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ

उपराष्ट्रपतिमा पुन दोस्रो पटक पनि निर्वाचित

काठमाडौँ । नन्दबहादुर पुन दोस्रो पटक पनि उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा पुनको मात्र उम्मेदवारी कायम भएकाले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको जानकारी दिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको

छायाँ सरकारका प्रधानमन्त्री देउवा !

काठमाडौँ । नेपाली काँग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छायाँ सरकार गठन गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छायाँ सरकार गठन गर्ने तयारी गरेको हो । संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान

चीनको राष्ट्रपतिमा फेरि सि 

बेइजिङ । चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरि निर्वाचित भएका छन् । चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट सि  राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।   केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका  सि हाल ६४ बर्ष भएका छन् ।  उनले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा

नेपाल आठौं स्थानमा सीमित 

काठमाडौँ ।  नेपाल, एकदिवसिय विश्वकप क्रिकेट छनौट प्रतियोगिताको आठौं स्थानमा सीमित भएको छ । जिम्बावेमा सातौं स्थानको प्ले अफमा नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपालले प्रतियोगिता आठौं स्थानमा रहँदै सकेको हो ।  यद्यपि, दुई दशक लामो क्रिकेटको इतिहासमा सोही प्रतियोगिताबाट नेपालले वान डे क्रिकेटको

खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर पठाइन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानैपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।  ‘खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो

सरकारी विद्यालयको नीजिको हाराहारीमा : मेयर थापा

  अमरवाणी संवाददाता/काठमाडौंँ । कागेश्वरी मनोहरा नगरापलिकाका मेयर कृष्णहरी थापाले आफ्नो नगर क्षेत्रका सरकारी विद्यालयलाई नीजी विद्यालयको हाराहारीमा लैजाने प्रतिवद्धता जनाएका छन् । नगरापालिकाको काँडाघारीस्थीत अक्षरा स्कूलको सातौँ स्थापना दिवस तथा भूकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दे मेयर थापाले

 विमान दुर्घटनाका मृतकप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले उक्त अकल्पनीय

गोपाल पराजुलीले दिए प्रधानन्यायधीश पदबाट राजीनामा

काठमाडौँ । गोपाल पराजुलीले प्रधानन्यायधीस पदबाट राजीनामा दिएका छन् । उनले विहिबार अपराह्न शीतल निवास गएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पदबाट अलग भएको पत्र बुझाएका हुन् ।  राष्ट्रपति भण्डारीले सुरक्षित अवतरणको बाटो रोज्न  दिएको सुझावपछि उनले राजीनामा बुझाएको राष्ट्रपति कार्यलय स्रोतल

कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रूपमा आज पदभार ग्रहण गरेका छन् । उनले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गरेका छन् ।  न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको

‘पदमुक्त’ प्रधानन्यायधीशबाट राष्ट्रपतिले लिइन् सपथ 

 काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले ‘पदमुक्त’ प्रधानन्यायधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिएकी छन् ।  राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले

राष्ट्रियसभा अध्यक्षमा गणेश तिम्सिना निर्वाचित

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा एमाले सांसद गणेश तिम्सिना निर्वाचित भएका छन् । उनलाई बुधबार बसेको राष्ट्रिय सभाको बैठकले औपचारिक रूपमा सभाको अध्यक्ष निर्वाचित भएको घोषणा गरेको हो । राष्ट्रियसभा अध्यक्षको लागि गत सोमबार निर्धारित समयभित्र वाम गठबन्धन तिम्सिनाको मात्रै उम्मेदवारी परेपछि उनी

कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

काठमाडौँ । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने ईपीएस परीक्षा आगामी जेठ २६ र २७ गते काठमाडौं र पोखरामा हुने भएको छ । भाषा परीक्षाको लागि फर्म भर्न चैत ८ देखि १७ गतेसम्म १० दिनको समय राखिएको ईपीएस कोरिया शाखाले जनाएको छ । मानव संशाधन विकास कार्यालय (एचआरडी) कोरियाका अनुसार परीक्षाको नतिजा आगामी असार

भौतिकशास्त्री स्टिफन हकिङ्गको निधन

काठमाडौँ । चर्चित भौतिकशास्त्री स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले बुधबार बिहान वक्तव्य जारी गर्दै हकिङ्गको क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको जानकारी दिएको हो । हकिङ्गका सन्तान लुसी, रोबर्ट र टिमले वक्तव्यमा भनेका छन् – हाम्रो प्रिय पिताको निधनमा हामी दुःखी छौँ

कुल पोष्ट : 679

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला