समाज

पोष्टर टाँस्नेमाथि थालियो कारवाही

काठमाडौँ । आफ्नो व्यवसाय तथा कार्यक्रमहररूको चारप्रसारका लागि जथाचभावी पोष्टर तथा पम्प्लेट टाँस्नेलाई अब काठमाडौँ महानगरपालिकाले कारवाही गर्ने भएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर यो अभियान थालिएको हो ।   

         आज नचलेका गाडीको रुट परमिट आजैबाट निलम्बन गर्छुः महानिर्देशक भट्टराई

  काठमाडौं । सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन

बालबिवाह विरुद्ध सञ्चार अभियान सुरु 

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सीआइएनले बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु गरेको छ । राजधानीम पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले सय दिनमा रेडियो मार्फत बालविवाह अत्यका लागि १० हजार व्यक्तिको

दुइ लाख ५० हजार घुससहित शाँखुका प्रमुख नापी अधिकृत अख्तियारको फन्दामा

काठमाडौं । नापी कार्यालय, शाँखुका प्रमुख नापी अधिकृत भागवत साहले साडे दुइ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले गोकर्णेश्चर नपा वडा नं २ स्थित नयाँपाटीमा रहेको ३६ रोपनी जग्गा कित्ता काँट गरिदिएवापत सेवाग्राहीसँग बिभिन्न बहाना बनाइ घुस मागेको भन्दै उनलाई पक्राउ

स्वास्थ्यकर्मीले गरे युवतीको बलात्कारपछि हत्या

काठमाडौं । अछाम कालेकाँडा गाउँपालिका– ९ भानाकोट की १८ वर्षिया उर्मिला टमटा (टंकी) को स्वास्थ्यकर्मीले नै बलत्कार गरेर हत्या गरेका आरोप उनका आफन्तले लगाएका छन् । मृतकका दाजुहरु लक्ष्मण र मदन टमाटाले बहिनीको हत्या स्थानीय स्वास्थ्यकर्मी समेत रहेका तिलक बटलाले गरेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स

भारतीय प्रधानमन्त्री मोदीको यस्तो छ नेपाल भ्रमण तालिका

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकप्टरमा भारतबाट सिधै जनकपुर आउने कार्यक्रम तय भएको छ । गृहमन्त्री रामबहादुर थापाले बैशाख २८ गते मोदी सिधै जनकपुर अवतरण गर्ने पुष्टि गरे ।  भारतीय वायुसेनाको जहाजमा नयाँदिल्लीबाट पटना विमानस्थलमा अवतरण गर्ने मोदी र उनको टिम त्यहाँबाट तीनवटा हेलिकोप्टरमा

नेपालमा ‘मिनी जापान’

जापान भन्नेबित्तिकै हामी मिहिनेती र परिश्रमीको देश सम्झन्छौं । तर, जापानीको श्रम हेर्न जापान गइराख्नै पर्दैन । ललितपुरको लुभुमै भेटिन्छ, ‘मिनी जापान’ । औद्योगिक क्षेत्रजस्तो वातावरण छ त्यहाँ । यसको सबैभन्दा ठूलो चुनौती भनेको परम्परागत व्यवसायलाई प्रविधिमा लैजानु हो । दक्ष जनशक्ति अर्को समस्या

खादामा देखिएको व्यवसायिक संभावना

हिजोआज राजनीतिक, सामाजिक, सांस्कृतिक आदि औपचारिक कार्यक्रममा खादा प्रयोग गर्न थालिएको छ । विवाहमा बेहुला–बेहुलीलाई खादा लगाइदिने चलन बस्दै गएको छ । यसलाई अझ यसरी भनौं– जन्मदेखि मृत्युसम्म खादा प्रयोग भइरहेको छ । हामी खादा लगाउँछौँ या लगाइदिन्छौँ तर यसमा भएको व्यावसायिक सम्भावनाबारे हामीलाई वास्तै

 गुराँस टिप्नेलाई अब‘जंगलमै कारबाही’ !

काठमाडौँ । घुम्न आउने समूहले टिपेर लैजान थालेपछि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा जिल्ला वन कार्यालयले गुराँस टिप्न प्रतिबन्ध लगाएको छ । यो क्षेत्रमा २८ प्रजातिको गुराँस फुलिरहेका छन् । कान्तिपुरका अनुसार फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को वर्षसमेत असर पर्ने भन्दै वन

भूकम्पमा मरेर बाँचेका सुकरामको कथाः त्यो त्रासदी, त्यो चुम्बन !  

सन्तोष अधिकारी/गोरखा, मध्य दिउँसोमा सुनसान थियो बारपाक । गाउँलेहरू आ–आफ्नै धन्दामा व्यस्त थिए। गाउँ आफ्नै लयमा थियो। यत्तिकैमा हल्लिन सुरु गर्‍यो भूईं । डुम्म डुम्म आवाज आइरहेको थियो । धूवाँ उडिरहेको थियो। जमिन भासिएजस्तो, आकाश खस्नै आँटे जस्तो। गाउँलेले खासै भेउ पाएनन्, के भइरहेको छ यो धर्तीमा ? एकएक

मै बनाउँछु मेरो धरहरा : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानसँग जोडिएको धरहरालाई गौरवको रूपमा आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । महाभूकम्प गएको तीन वर्ष पुगेको दिन प्रधानमन्त्री ओलीले काठमाडौंको सुन्धारास्थित धरहरामा पुगेर मै बनाउँछु मेरो धरहरा’ नाम दिइएको कार्यक्रममा बोल्दै उक्त प्रतिवद्धता जनाएका

चक्रबहादुरको योगदान अतुलनीयः देउवा

अमरवाणी संवाददाता/काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चक्रबहादुर ठकुरी पार्टीको एक निष्ठावान तथा इमान्दार कार्यकर्ता भएको बताएका छन् । उनको निधनले कांग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेको उनले बताए । बुधवार काठमाडौंमा चक्रबहादुर ठकुरी प्रतिष्ठानद्वारा

इतिहास : कसरी बन्यो असन ?

काठमाडौँ । काठमाडौँको असन त्यस्तो बजार हो, जहाँ पूर्व फाट्ने बेलादेखि घाम नछिपिउन्जेलको फरक फरक समयमा फरक फरक बस्तुको व्यापार हुन्छ । साधारणतया असन हरेक दिन बिहान साढे ३ बजे बिउँझन्छ । यो बेलादेखि ८ बजेसम्म तरकारीको व्यापार हुन्छ । खर्पनमा तरकारी बोकेर व्यापारीहरु साँखु, ठिमी, नाला, भादगाँउ, किर्तिपुर,

भूकम्पपछिको तीन वर्षमा कति भयो काम ?

काठमाडौँ । नेपालमा विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ । तर, यो अवधिमा भएको पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन । आखिर यो अवधिमा कति भयो त काम ? भूकम्पबाट झण्डै १० लाख निजी घरमा क्षति पुगेको थियो । करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा

स्वेच्छिक अवकाश लिएका १३ सय कर्मचारीको पेन्सन पट्टा बन्दै 

अमरवाणी संवाददाता /काठमाडौंँ । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाश लिएका १३ सय कर्मचारीको पेन्सन पट्टा बन्दै गरेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले उक्त कुरा जानकारी गराएका हुन् ।   मन्त्री पण्डितले अहिलेसम्म

निजामतीलाई बाहिरी कामको अनुमति

काठमाडौँ । सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिद बित्रक्रीमा समेत व्यस्त हुने क्रम बढेको छ । नियमित तलबबाहेक अतिरिक्त भत्ता र सुविधा सुविधामा मात्रै वार्षिक २२ अर्ब रुपैयाँभन्दा बढी रकम सक्ने कर्मचारीले अतिरिक्त काम

विमानस्थलमा ट्राफिक जामले आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा

महिलामाथि एसिड हान्ने को हुन् ट्राफिक प्रहरी ? 

चितवन । भरतपुरको त्रिचोकमा एक ट्राफिक प्रहरीले महिलामाथि एसिड हानेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् । श्रेष्ठको टाउको र अनुहारमा एसिड परेको छ । ५२ वर्षीय खनियाँ भरतपुर १२ का हुन् र तीन वर्षदेखि इप्रका टाँडीमा

धर्म परिवर्तन गराए देश निकाला !

काठमाडौँ ७ वैशाख । सरकारले धर्म परिवर्तन गराउने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामाथि कडाइ गर्दै सरकारले धर्म परिवर्तन गराए देश निकाला गर्नेसम्मको कदम चाल्न सक्नेछ । विदेशी तथा गैरसरकारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ लाखको सुन बरामद

काठमाडौँ ६ वैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३२ लाखको सुन बरामद भएको छ । बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ३२ लाखको सुन बरामद भएको हो । विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार सुन तस्करीमा गिरोह नै संलग्न हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

वृद्धभत्ता निर्णय खारेज गरे काँग्रेसले आन्दोलन गर्ने 

काठमाडौं ६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको सरकारले ६५ वर्ष पुगेकाहरूलाई वृद्धभत्ता दिनेबारे गरेको निर्णय वर्तमान सरकारले खारेज गरे कडा विरोध गर्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौँ ६ वैशाख । मुलुकभरका पाँच वर्ष मुनिका बालबालिकालाई सरकारले आज भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । एकवर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।   करीब ३८ लाख बालबालिकालाई भिटामिन ए र

कीर्तेको अनेक रूपः विदेश जान सम्बन्ध विच्छेदको नाटक

काठमाडौँ ५ वैशाख । कीर्ते धन्दाका अनेक घटना सार्वजनिक भइरहेका बेला अदालतको फैसला नै नक्कली बनाउन थालिएको खुलासा अन्नपूर्ण पोस्ट दैनिकले गरेको छ । समाचार अनुसार हुँदै नभएका न्यायाधीशले हस्ताक्षर गरेका नक्कली फैसला बढ्न थालेपछि विदेशी मुलुकका अदालतले नेपालको अदालतलाई सोध्न थालेका छन् । अन्नपूर्णले

कर्मचारी सन्ततिको छात्रवृत्तिमा पौने अर्ब खर्च, उपलब्धि शून्य

काठमाडौँ ४ वैशाख । सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडौं लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न नसकेको विषयलाई आज अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार बनाएर छापेको छ । समाचार अनुसार, सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका

वृद्धाश्रमका आमासँग खुसी साट्ने सन्तान भएनन् (फोटो फिचर)  

काठमाडौँ ।  मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । हिन्दु परम्परा अनुसार आजका दिन सबै सन्तानहरूले ममतामयी आमालाई सम्झिए ।  कतिले आमालाई भेटेरसँगै खुसी साटासाट गरे भने भेटन नभ्याउनेहरूले फोन स्काइपका माध्यमबाट भएपनि आमा प्रतिको स्नेह व्यक्त गरे । तर, पशुपतिस्थित वृद्धाश्रमका आमाहरूसँग भने

आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ ३ वैशाख । जन्म दिने आमाप्रति श्रद्धा प्रकट गर्दै सोमबार आमाको मुख हेर्ने पर्व मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मिष्ठान्न, फलफूल, वस्त्र तथा आभूषण दिएर आमाप्रति आदरभाव गर्ने चलन छ ।  आमा नहुनेले मातातीर्थ कुण्डमा स्नान गरी दिवङ्गत आमाप्रति श्राद्ध तर्पण दान आदि गरेर आमाप्रति श्रद्धा व्यक्त

जनताले महसुस गर्नेगरी काम गर्न महानिरीक्षक खनालको निर्देशन

काठमाडौं २ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरूले निर्भिक र निडर भई निष्ठाकासाथ काम गर्नुपर्ने बताएका छन् ।  नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार उपत्यकास्थित प्रहरी कार्यालयहरूमा

पशुपतिका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण कार्य सुस्त

अमरवाणी संवाददाता/काठमाडौँ । २०७२ साल वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’ पशुपति क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक मठमन्दिरहरू क्षतिग्रस्त गरायो । भूकम्प गएको तीन वर्ष वित्नलाग्दा पनि सम्पदा पुननिर्माणको कार्य सुस्त छ । पुनर्निर्माण र सुरक्षा नहुँदा ऐतिहासिक तथा पुरातात्विक बहुमूल्य सामग्रीरूको

मागपत्र बुझाउन प्रधानमन्त्री ओली पर्खंदै हुम्ली

दाने बोहरा/हुम्ला । वैशाख एक गते प्रधानमन्त्री केपी शर्मा ओलीले हिल्सा नाकाको हेलिकोप्टरबाट अवलोकन गर्ने भएका छन् । ‘कर्णाली प्रदेश रारा पर्यटक वर्ष २०७५’ को सुुभारम्म हिल्साबाट गर्ने कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले  हेलिबाट नाकाको अवलोकन गर्ने कार्यक्रम तय भएको हो ।  यस्ता छन् हुम्लीका 

‘मंगोल आर्मी’द्वारा ‘हिन्दुवादी’लाई धम्की

काठमाडौँ । गत चैत ८ गते मंगोल नेसनल अर्गनाइजेसन (आर्मी) ३ नम्बर प्रदेश इञ्चार्ज डेबिट तामाङका नाममा एउटा पर्चा सामाजिक सञ्जालमा आयो । सो पर्चामा ‘सन् २०२५ सम्म नेपाललाई इसाई राज्य बनाउने भन्दै हिन्दुवादी संघसंस्थालाई धम्क्याइएको थियो । मंगोल नेसनल अर्गनाइजेसनका नाममा त्यस्तो पर्चा भेटिएपछि हिन्दुवादी

कुल पोष्ट : 263

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला