कम वर्षाः कम रोपाइँ

कम वर्षाः कम रोपाइँ

भोजपुर । असार महीना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कूल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ ।

धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष करीब एक हजार खेतीयोग्य जमीनमा कृषकले अन्य बाली लगाएको कार्यालयको भनाइ छ । बढ्दो वैदेशिक रोजगारीसँगै शहरकेन्द्रित बसाइँसराइ र अलैँचीलगायतका विभिन्न बालीतर्फ किसान आकर्षित भएका कारण खेतीयोग्य जमीन घट्दै गएको प्राविधिक भट्टराईको भनाइ छ ।

केही वर्षयता कृषक परम्परागत धान बालीको सट्टा बढी प्रतिफल दिने अलैँची, रुद्राक्ष, सुन्तलालगायतका बाली लगाउनेतर्फ आकर्षित हुन थालेका छन् ।

गत वर्ष भोजपुरमा ३२ हजार मेट्रिकटन धान उत्पादन भएको तथ्याङ्क छ । जिल्लाको ७०० हेक्टरमा हिउँदे र वर्षे धान हुने गर्दछ भने अन्य ठाउँमा वर्षे धान हुने गर्दछ ।

असार बित्न लागे पनि निरन्तर वर्षा नभएकाले गत वर्षको तुलनामा यो वर्ष कम मात्र रोपाइँ भएको कार्यालयको भनाइ छ । वर्षाका कारण गत वर्षको तुलनामा यस वर्ष धानखेती कम हुनसक्ने कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो

इन्टरनेट प्रदायक क्लासिक टेक

कम वर्षाः कम रोपाइँ

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई

‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला