सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छ: सांसद त्रिपाठी

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छ: सांसद त्रिपाठी

काठमाडौं । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरेका छन् । 

‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत अनुदान दिनुपर्छ’ उनले भने । 

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै त्रिपाठीले यस्तो माग गरेका हुन् । उनले भने,‘चिनी मिलहरु डेढ महिना ढिलो चलेको र अहिले केही मिलहरु बन्द छन् । यसको प्रत्यक्ष असर उखु किसानहरुलाई परेको छ । सर्लाहीमा २ र नवलपरासीमा एउटा मिल बन्द भएको छ । नवलपरासीमा मात्रै झण्डै तीन लाख क्विन्टल उखु खेतमै छ । उता सर्लाहीमा पनि चार लाख क्विन्टल जति उखु खेतमै छ ।’

सरकारको अकर्मण्यताका कारण उखु किसानहरुले खेतमै उखु आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनको आरोप छ । उनले भने,‘चिनी मिल सञ्चालकहरुले डेढ महिना ढिलो मिल सञ्चालन गर्दापनि यो सरकार मुकदर्शक भएर बस्यो, मिल सञ्चालकहरुमाथि कुनै हस्तक्षेप गर्न सकेन् । जसको कारण आज किसानहरु ठूलो मारमा परेका छन् ।’

किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले वृद्धि गर्ने काम हुँदापनि सरकारले केही गर्न नसकेको उनको आक्रोश छ ।उनले भने,‘यस्तो अवस्थामा अब किसानको खेतमा बाँकी रहेको उखु हेरेर ७० प्रतिशत अनुदान सरकारले दिनुपर्छ । र, ढिलो मिल चलाएको कारण मिल सञ्चालकहरुले पनि ३० प्रतिशत अनुदान दिनुपर्छ ।’ उनले नयाँ बजेट बन्ने प्रक्रियामा रहेको सुनाउँदै यो माग बजेट बन्नुपुर्व नै व्यवस्थापन गरिसक्नुपर्नेमा जोड दिए ।  त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउने हो भने किसानलाई पहिले सुखी तुल्याउनुपर्ने बताए । उनले भने,‘अहिलेपनि ६५ प्रतिशत जनसंख्या किसान छ । उनीहरु सुखी नभएसम्म मुलुक समृद्ध हुँदैन् ।’

आफूले किसानहरुको समस्या समाधान गराउने उद्देश्यले मन्त्रीहरुको पटक–पटक ध्यानाकर्षण गराईसकेको पनि उनले जनाए । उनले भने,‘सरकारले अविलम्ब स्थानीय सरकारलाई निर्देशन दिनुपर्छ । जुन जुन जिल्लामा समस्या छ, ती जिल्लाका अनुमानित लागत लिएर उनीहरुलाई अनुदान दिनुपर्छ ।’ उखु किसानहरु इतिबेला कसैले आएर आफ्नो उखु खेतमा आगो लगाईदिए हुन्थ्यो वा सरकारी प्रतिनिधिले नै आगो लगाईदिए हुन्थ्यो भन्ने अवस्थामा पुगेको पनि उनले सुनाए । 

कृषिउपजको मुल्य निर्धारण कृषकले गर्न नपाएको पनि उनले गुनासो पोखे । उनले भने,‘किसानले आफूले बाली लगाउँछन् । मेहनत गर्छन् । तर, कृषिउपजको मूल्य निर्धारण भने किसानले गर्न पाउँदैनन् ।’ उखु उत्पादक किसानहरुमाथि आज ठूलो विपत्ति आईपरेको भन्दै उनले यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।  किसानहरुले बैंकको ऋण लिएर खेती गरेको र अहिले ऋण चुक्ता गर्न सक्ने अवस्था नभएको उनले गुनासो पोखे ।

धादिङमा उत्पादन भएका कृषि सामाग्री काठमाडौंको कालीमाटी बजारसम्म आईपुग्दा पाँच वटा दलालहरु देखापर्ने पनि उनले सुनाए ।  अहिलेको अर्थतन्त्रले दलाली र माफियाहरुलाई मात्रै बढावा दिएको उनको अर्को गम्भिर आरोप छ । उनले भने,‘त्यही आधारमा हाम्रो अर्थतन्त्र बन्छ ।’ उनले कृषि मन्त्रालयले प्राथमिकता निर्धारण गरेर काम गर्नै नसकेको पनि आरोप लगाए ।  त्रिपाठीले भने,‘कृषि मन्त्रालयको बजेटको जम्मा १८ प्रतिशत मात्रै किसानको हितमा खर्च हुन्छ, बाँकी ८२ प्रतिशत बजेट तामझाममा खर्च हुन्छ । यो कृषि मन्त्रालयको कुनै भूमिका नै छैन् । यसलाई खारेज गरिदिए हुन्छ ।’

प्रतिकृया दिनुहोस

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो

इन्टरनेट प्रदायक क्लासिक टेक

कम वर्षाः कम रोपाइँ

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई

‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला