‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव’

‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव’

अमरवाणी संवाददाता/काठमाडौँ । चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव भएको छ । सरकाले कच्चा पदार्थ बढाउन नसक्दा सुनचाँदीको अभाव भएको हो । 

नेपाल राष्ट्रिय सुनचाँदी मञ्चका केन्द्रीय अध्यक्ष गणेश लकान्द्रीले बुधबार अमरवाणी अनलाइनसँग कुरा गर्दै सरकारले कच्चा पदार्थ नबढाएर सुनचाँदीको क्षेत्रलाई धरापमा पार्न खोजेको बताए । उनले भने,‘सुनचाँदीको क्षेत्रलाई सरकारले धरापमा पार्न खोजेको छ । यस विषयमा मञ्चको गम्भीर आपत्ती छ ।’ सरकारले एकद्वार प्रणाली मार्फत् नेपाल सुनचाँदी महासंघलाई सुन नदिन आग्रह गर्दे यसलाई सच्याउनुपर्ने अध्यक्ष लकान्द्रीको भनाई छ । 

उनले नेपाल सुनचाँदी महासंघले मात्रै नभई सबै व्यवसायीक संस्थालाई पारदर्शी रूपमा कच्चा पदार्थ पाउनुपर्छ भन्दै लकान्द्रीले भने, सुनचान्दीको क्षेत्र ठूलाले मात्र व्यवसाय गर्ने क्षेत्र होइन, सानाले पनि व्यवसाय गर्न पाउनुपर्छ । सरकारले साना व्यवसायीलाई प्रात्साहन गरेर अगाडि बढ्न उनले सुझाव समेत दिए । 

सबैतिर सिण्डिकेट हटे पनि सुनचाँदीको क्षेत्रमा भने सिण्डिकेट हटेको छैन । ठूला व्यापारीका कारण सुनचाँदीमा सिण्डिकेट हट्न नसकेको उनले आरोप लगाए । उनले थपे, ‘यसले गर्दा ठूला व्यापारीले साना व्यवसायीलाई निरुत्साहीत र पलायन गराउन लागेका छन् । यसमा साना व्यवसायीले सोच्नुपर्छ ।’ 

‘सुनचाँदीको क्षेत्रले देशको आर्थिक अवस्थालाई माथि उठाउन ठूलो सहयोग गर्छ । नीतिगत रूपमा पैसा छाप्न पनि सुनै चाहिन्छ अध्यक्ष लकान्द्री भन्छन्।‘सरकारले सुनचाँदीको क्षेत्रलाई व्यवस्थि तगर्न नसक्दा आम व्यवसायी मारमा परेका छन् ।’

 

तस्बिर : रमेश दवाडी/अमरवाणी

प्रतिकृया दिनुहोस

‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री

मेट्रो रेलको परियोजना प्रतिवेदन तयारीका

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला