यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री खतिवडा

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री खतिवडा

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले पूरक बजेट ल्याउने बेला नभएको बताएका छन् ।

मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले  पूरक बजेट ल्याउने विषयमा कुनै पनि छलफल नभएको र यो पूरक बजेट ल्याउने समय नभएको स्पष्ट पारे । चालू बजेटको अर्धवार्षिक समीक्षा नभएसम्मका लागि पूरक बजेट आउने संभावना नरहेको उनले स्पस्ट गरे ।

बजेटको अर्धवार्षिक समीक्षा गर्दा कुनै क्षेत्रमा खर्चगर्न पुगेन वा राजस्व संकलन उच्चभएर नयाँ क्षेत्रमा खर्चगर्नु पर्ने अवस्था आएमा पूरक बजेट ल्याउने हो’ खतिवडाले भने, यस विषयमा सरकारले अहिले छलफल नै गरेको छैन।’

पत्रकार सम्मेलनमा राजस्व सचिव शिशिरकुमार ढुंगानाले स्थानीय निकायमा देखिएका कर विवादबारे अध्ययन भइरहेको जनाउँदै केही दिनमै यसबारेको प्रतिवेदन आउने जानकारी गराए ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले चालू अर्थिक वर्षको २ महिनामा १ खर्व २० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी गराए। यो गतवर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढि हो। समीक्षा अवधिमा १ खर्व ३ अर्व रुपैयाँ खर्च भएको छ। यसमध्ये ९६ अर्ब रुपैयाँ चालू र ७ अर्ब रुपैयाँ पूँजीगत शिर्षकबाट खर्च भएको हो।

प्रतिकृया दिनुहोस

‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री

मेट्रो रेलको परियोजना प्रतिवेदन तयारीका

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला