एनएमबी बैंक ‘बैंक अफ दी इयर २०१७ बाट’ सम्मानित भएको छ । बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस उपाधी यस वर्ष एनएमबीले पाएको हो ।
बैंकको वित्तीय अवस्था र वित्तीय विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको आधारमा मात्र नभई वित्तीय समावेशीकरण, मल्टि च्यानल बैंकिङ लगायतको आधारमा समेत उपाधी दिइएको हो ।
२०७२ साल बैशाखमा गएको भूकम्प तथा नाकाबन्दीको मारको बीचमा पनि बैंकले राम्रो प्रगति गरेको थियो । बैंकले सन् २०१६ मा १२२.५७ प्रतिशत खुद मुनाफा कमाएको थियो ।
यसबीचमा बैंकको मुख्य उपलब्धी भनेको २० प्रतिशत हिस्सा नेदरल्याण्ड डेभलवमेन्ट फाइनान्स कम्पनीले लिनु र ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्युजकोको सदस्य बन्नु रहेको छ ।
यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो ।
प्रकाशित १४ मङ्गसिर २0७४ , बिहिबार | 2017-11-30 01:38:53
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार