‘शीप सिकेर विदेश जानु राम्रो’

‘शीप सिकेर विदेश जानु राम्रो’

कैलाश न्यौपाने,प्रबन्ध निर्देशक Creast Education कन्सलटेन्सी नेपालीयुवा युरोप अमेरिका जाने भनेपछि मरिहत्य नै गर्छन । कति पढनका लागि त कति राम्रो दाम कमाउने दाउमा विदेश छिर्न खोज्छन र उतै सानोतिनो व्यवसाय गर्ने र घरजम गर्ने धेरै नै छन् । अपवाद कैलाश न्यौपाने त्यस्ता युवा परेनन् जो ६/७ वर्ष वेलायत बसेर (Master’s Degree) गरेर नेपाल फर्किए । र, चावहिलमा Creast Education कन्सलटेन्सी चलाएर बसेका छन् । उनी भन्छन ‘अहिलेको समय प्रविधिको हो, त्यसैले युवाहरुलाई दक्षएवम् प्राधिकशीपउपलब्ध गराएरमा देश भित्र र वाहिर उत्तिकै अवसर प्राप्त हुन्छ ।’

युरोप अमेरिका भनेपछि नेपाली शिक्षित युवामा क्रेज निकै वढेको देखिन्छ ?  किन होला ?

हो, नेपाली युवा त्यसमा पनि शिक्षित, प्लस टु, व्याचलर र मास्टर गरेर पनि विदेश जाने मोह बढेको देखिन्छ । नेपालमा पहिला त जागिर खाँचो छ, जागिर पनित्यति सुरक्षित नभएपछि उनीहरु विदेश जान वाध्य छन् । विदेशिए पनि शीप प्रविधि सिकेर नेपाल फर्के मुलुकलाई फाइदा नै हुन्छ । तर,कतिपय उतै सेटेल हुन्छन र सानोतिनो रोजगारीमा रमाएका पनि देखिन्छन् । यसले मुलुकलाई घाटा पुगेको छ । तयारी जनशक्ति विदेशिनु राम्रो होइन ।

तपाईँको कन्सल्टेन्सीबाट विदेश जाने कति छन् ?

हामीले चाहि युरोपियनमुलुकहरुमा साईप्रस र अष्ट्रेलिया र यताजापान पठाउँदै आएका छौं । हामीले २ओटा भाषामा जापानिज र IElTS मात्र अध्यापन गराउँदै आएका छौं । विधार्थीको फ्लो राम्रै छ, हामीउनीहरुलाई दक्ष बनाएर पठाउने गर्छौ । कन्सल्टेन्सी खोल्नुको मुख्य उद्देश्य चाहि के हो नि ? यस कन्सल्टेन्सीबाट जाने विद्यार्थीहरु विदेश गएर उच्च शिक्षा हासिल गरी नेपाल नै फर्केर आउनभन्ने मान्यता हाम्रो हो । उता बाट सिकेको सीप नेपालमा प्रयोग गरे मुलुकलाई पनि फाइदा पुग्छ । त्यसैले विदेश जानेहरुलाई विभिन्नखाले शीप मुलक ज्ञान दिन्छौं जसले उनीहरुलाई त्यहाँगएर काम गर्न सहज होस् ।

यो कन्सल्टेन्सीमाअध्ययनगर्न आउने व्यक्तिकुनवर्गका छन् ?

अहिले विदेश जाने अधिकाशं मध्यमवर्गको मानिस जो नेपालमा पढ्छन तर यहाँको वातावरण सुहाउँदो हुदैन र कामगर्ने वातावरण नपाएपछि विदेशिन वाध्य छन् ।

विदेश जाने विद्यार्थीलाई के सल्लाह दिनुहुन्छ ?

विद्यार्थीविदेश खासमा पढ्न जाने हो । कामको सिलसिलामाभन्नुपर्दा विद्यार्थीले पाउने भनेको सानोतिनो कामहो । जो विद्यार्थी विदेश जादै छन् उनीहरुलाई मेरो व्यक्तिगत र कन्सल्टेन्सीकातर्फबाट चाहि सुरुमा सानो र सजिलो कामजुन नेपालमा नै सिक्न सकिन्छ । त्यस्ताकाम जस्तै कफी मेकिङ तालीम, हेयर कटिङ, ब्युटिसियन, वेटर जस्ता तालिम गरेर जाने विद्यार्थीले सजिलै काम पाउछन् ।

प्रतिकृया दिनुहोस

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन

सनराइज बैंकको सुरक्षित अनलाइन कारोबार

संघीय संसदमा १३ खर्ब १५ अर्बको बजेट,के–के

आजबाट मुलुक लोडसेडिङमुक्त,कसरी भयो

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि