बीमाका शेयरधनीलाई खुसीको खबर, ४२ प्रतिशत बोनस

बीमाका शेयरधनीलाई खुसीको खबर, ४२ प्रतिशत बोनस

काठमाडौ २७, असोज । राष्ट्रिय बीमा संस्थानले ४२ दशमलव ११ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ । कम्पनीले कात्तिक १७ गते जीवन बीमा तर्फको ३० औं वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्ने बताएको छ । आर्थिक वर्ष ०६३/ ६४ सम्म कायम रू.१२ करोड ९३ लाख चुक्तापूँजीको ४२ दशमलव ११ प्रतिशतका दरले हुन आउने रू. ५ करोड १७ लाख २० हजार बोनस शेयर वितरण हुनेछ । संस्थानले २०५८/५९ देखि २०६३/६४ सम्मको लाभांस बितरण गर्न लागेको हो । संस्थानले आव ०६८र६९ सम्मको वार्षिक लेखा परिक्षण गरिसकेको र आव ०७१/७२ सम्मको लेखा परिक्षणका लागि लेखा परिक्षक नियुक्त गरेको बताएको छ । बीमा समितिबाट आव ०६५/६६ सम्मको लेखा परिक्षण प्रतिवेदन स्वीकृत गराईसकेको बीमा संस्थानले त्यस पछिको प्रतिवेदन भने स्वीकृतिका लागि पेश नगरेको बीमा समितिले जानकारी गराएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले यसअघि जीवन र निर्जीवन दुवै व्यवसाय गर्दै आएकोमा ०७१ साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय राष्ट्रिय बीमा कम्पनीमार्फत शुरू गरेको छ । हाल राष्ट्रिय बीमा संस्थानको रू।९३ लाख र बीमा कम्पनीको रू।१२ करोड ४४ लाख ४० हजार चुक्तापूँजी रहेको छ । गत वर्षको चौथो त्रैमासमा संस्थानले रू.६ अर्ब ८१ करोड ६४ लाख ३ हजार र बीमा कम्पनीले रू २३ करोड ७० लाख ६ हजार नाफा कमाएको छ ।

प्रतिकृया दिनुहोस

‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री

मेट्रो रेलको परियोजना प्रतिवेदन तयारीका

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला