उपभोक्ताको मन जित्दै जुम्ली स्याउ

उपभोक्ताको मन जित्दै जुम्ली स्याउ

बुटवल, असोज २१ गते । भारतीय स्याउको प्रभुत्व रहेको बुटवल बजारमा पछिल्लो समय जुम्लाको स्याउ पनि बिक्री हुन थालेको छ । बुटवल कृषि उपज थोक तथा बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले जुम्लाको स्याउ बुटवलको बजारमा एक महिना अघिदेखि बिक्री भइरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष बुटवलमा छ हजार टन स्वदेशी स्याउ आएकोमा यो वर्ष करिब एक सय टन बिक्री भइसकेको छ । यो वर्ष स्याउको उत्पादन बढेका कारण नेपाली स्याउ जुम्ला, कालिकोट, हुम्लालगायतका स्थानबाट आउने बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले जनाएको छ ।

गत वर्ष नेपाली स्याउ ८४ लाख रुपियाँको कारोबार भएको पनि केन्द्रले जनाएको छ । यो वर्ष नेपाली स्याउ करिब १३ हजार टन बुटवल आउने र त्यसबापत डेढ करोड रुपियाँको कारोबार हुने अनुमान थोक बजार केन्द्रको छ । बुटवलमा दुई महिनासम्म स्वदेशी स्याउ सानो सानो परिमाणमा आउने गरेको छ भने स्याउ एउटै समयमा आए पनि स्वदेशी स्याउले बुटवलको बजार १५ दिनसम्म धान्न नसक्ने लुम्बिनी फलफूल व्यवसायी सङ्घका अध्यक्ष केशव कुँवरले बताउनुभयो । गत वर्ष कुल एक अर्ब ३० करोड ८४ लाख रुपियाँ बराबरको स्याउको कारोबार भएको बुटवलमा यो वर्ष स्याउको कारोबार गतवर्ष भन्दा २० प्रतिशतले बढ्ने अनुमान रहेको छ । गत वर्ष ७० करोड रुपियाँको भारतीय स्याउको कारोबार भएको थियो भने चीनको ६० करोड रुपियाँको कारोबार भएको कुँवरले जानकारी दिनुभयो । यो वर्ष स्याउको मूल्यमा पनि १० देखि १५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार हाल बजारमा करिब पाँच प्रतिशत नेपाली, १५ प्रतिशत चिनियाँ र बाँकी ८० प्रतिशत भारतीय स्याउको बिक्री भइरहेको छ । स्याउको ग्रेडिङमा सुधार हुन नसक्दा नेपाली स्याउको बिक्री छिटो र कम मात्रामा भैरहेको तथा प्याकेजिङका सामग्रीको अभावमा आएका स्याउ कुहिने समस्या रहेको कुँवरले बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन

सनराइज बैंकको सुरक्षित अनलाइन कारोबार

संघीय संसदमा १३ खर्ब १५ अर्बको बजेट,के–के

आजबाट मुलुक लोडसेडिङमुक्त,कसरी भयो

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि