नासाको काठमाडौं टु तिलिचो राईडिङ

नासाको काठमाडौं टु तिलिचो राईडिङ

प्रयास श्रेष्ठ /काठमाडौं १९, कार्तिक । नासा बुलेट क्लबको आयोजनामा मनाङको तिलिचो तालसम्म बुलेट मोटरसाईकलको राइड कार्यक्रमको आयोजना हुने भएको छ । रोयल ईन्फिल्ड मोटर साईकल राईडर सम्बद्ध छाता संगठन नासा बुलेट क्लबले आयोजना गरेको काठमाण्डौ–तिलिचो मोटरसाईकल यात्रा कार्तिक २४ देखि ३० गतेसम्म चल्नेछ । मुलुकको पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले नासाले यस्ता खाले कार्यक्रम गर्दै आएको छ । नेपालको पर्यटन क्षेत्रको विकास तथा प्रवद्धन गर्नुका साथै देश भित्र छरिएर रहेका सबै नागरिकसँग आपसी मेलमिलाप तथा भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले यस्ता र्यालीहरुको आयोजना गर्दै आईरहेको र यस पटक पनि ‘काठमाण्डौं टु तिलिचो’ र्यालीको आयोजना गर्न लागिएको नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । लिम्बु यस क्लबका संस्थापक अध्यक्ष समेत हुन् । बुलेट र्याली काठमाडौंबाट सुरु भइ मनाङको तिलिचो तालसम्म पुगेर पुनः काठमाडौं फर्किने छ । र्यालीमा केबल रोयल ईन्फिल्डका मोटरसाईकल मात्र सहभागी हुन पाउने छन् भने र्यालीमा भाग लिन चाहने व्यक्तिले रू. १२ हजार तिर्नुपर्ने हुन्छ । राईडरहरुले क्लबको नीति नियम र उनीहरुले तोकेको प्रक्रिया पुरा गर्नु पर्छ । नेपाल पर्यटन बोर्ड, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), नेपाल मोटरसाइकल फेडरेसन आदिको समेत सहयोगमा उक्त र्याली सञ्चालन गर्न लागिएको नासाले बताएको छ । र्यालीमा कम्तीमा २५ ओटा मोटरसाइकल सहभागि हुने छन् ।

प्रतिकृया दिनुहोस

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन

सनराइज बैंकको सुरक्षित अनलाइन कारोबार

संघीय संसदमा १३ खर्ब १५ अर्बको बजेट,के–के

आजबाट मुलुक लोडसेडिङमुक्त,कसरी भयो

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि