ककटेल कृषि नीति आजको आवश्यकता

 ककटेल कृषि नीति आजको आवश्यकता

भोलामानसिंह बस्नेत,वरिष्ठ धानबाली विज्ञ

आज असार १५ अर्थात  सोह्रौं  (१६ औं) राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, नेपाल भर एवम् धानको विशेष क्षेत्र बर्दियाको राजापुर– ८,धोविनीपुरमा विशेष रूपले मनाइएको छ । यस बर्षको नारा ‘धानखेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनिकरण भन्ने रहेको छ ।

मुलुकमा बढ्दो जनसंख्या र घट्दो उत्पादनका कारण खाद्य अभाव चुनौतीपूर्ण बन्दै गएको छ ।  जमिन बढ्नेवाला छैन, माटोको उर्वराशक्ति खस्कंदो अवस्थामा छ त्यसैले ज्ञान, विज्ञान, प्रविधि, अन्वेषणमा आधारित खेतीगरी इकाई प्रतिदिनको उत्पादकत्व बढाई बढदो जनसंख्यालाई घट्दो खेतीयोग्य जमिनबाट खुवाउन परेको, आयआर्जन वृद्धिगर्नु परेको अवस्था छ ।

आर्थिक वर्ष २०७५।२०७६ मा नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार  मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय किलोग्राम प्रति हेक्टर रहेको थियो । यस आर्थिक बर्ष २०७५।२०७६ को गत १० महिनामा २७ अर्ब ९० करोड रुपैयाँ बराबरको चामल आयात भैइसकेको छ ।

खाद्य अधिकारको लागि पहिला देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्यो । भनिन्छ खाए अनुसारको तिमी हुन्छौं   You are what you Eat विगत ५३ बर्षको अवधिमा हरितक्रान्तिले गर्दा जनसंख्याको तुलनामा खाद्यान्न उत्पादन बढी रहेको थियो भने हाल आएर जनसंख्याको तुलनामा खाद्यान्न उत्पादनको दर कमी हुन गएको छ । विभिन्न सूचकको आधारमा नेपाल पनि खाद्य असुरक्षित मुलुकमध्ये एक हो । खाद्य संकट र भोकमरी, कुपोषणको समस्याबाट नेपाल पनि अछुतो रहेको छैन ।

विश्वका भोकमरीग्रस्त देशको सूचीमा नेपालको स्थान ५६ औं रहेको छ । नेपाल सरकार, तत्कालीन कृषि तथा सहकारी मन्त्रालयको भनाइ अनुसार हाम्रो मुलुकमा १३ प्रतिशत जनसंख्या १ देखि ३ महिनासम्म खान नपुग्ने अवस्थाबाट गुज्रिरहेका छन । त्यसैगरी २६ प्रतिशत जनसंख्या ४ देखि ६ महिनासम्म खानपुग्ने अवस्थामा छन भने ४० प्रतिशत जनसंख्या न्यूनतम क्यालोरी उपभोगगर्ने क्षमता नभएका अवस्थामा छन ।

संसारभर हाल खाद्यान्नको मूल्य बढदै गएकोले न्यून आयस्तर भएका मानिसको करिव ६०/७० प्रतिसय आय त खाद्यान्न खरिदमा नै जाने गरेको पाइयो । नेपालमा यस्ता समस्यालाई समेटी सो को समाधानको लागि त्रि–वर्षीय अन्तरिम योजना, राष्ट्रिय कृषि नीति २०६१ योजना तथा नीतिहरू अघि सारिए पनि खाद्य सुरक्षामा सुनिश्चितता हुन सकेको देखिदैन ।

चुनौती

नेपालमा जनसंख्या घट्नेवाला छैन, खेतीगर्ने जमीन बढ्नेवाला छैन, माटोको उर्वराशक्ति खस्कंदो अवस्थामा छ, त्यसैले ज्ञान, विज्ञान, प्रविधि, अन्वेषणमा आधारित खेतीगरी प्रति इकाई प्रतिदिनको उत्पादकत्व बढाई बढ्दो जनसंख्यालाई घट्दो खेतीयोग्य जमिनबाट खुवाउन परेको, आयआर्जन बृद्धिगर्नु परेको जस्ता चुनौती हामीसामु छ ।

हामीले खाद्यसुरक्षा, पोषणसुरक्षा, जलसुरक्षा, आयआर्जन बृद्धि र दीगोपनातर्फ विशेष गरी ध्यानदिनु परेको छ । देशमा भू–उपयोग नीति कार्यान्वयन नहुनु, खेती योग्य जमीन प्लटिङ्ग गरेर घरआदी बनाउन उपयोग गर्ने प्रचलनका कारण यो राष्ट्रिय समस्या बन्न पुगेको छ ।  कृषिमा श्रमशक्तिको कमिले गर्दा जमिन बाँझोराख्ने प्रचलन बढदो छ, चक्लाबन्दी सहित कृषि यान्त्रिकरणको खाँचो छ । काठमाण्डौं उपत्यका जस्तो राम्रो धान फल्ने जमिनमा घरहरु पो फलिरहेका छन् र यो रोग अन्यत्र पनि फेलिएका छ । नेपालको उपभोग्य खाद्यान्नको बिगत १४ बर्षको वासलात समीक्षागर्र्ने हो भने ९ बर्ष खाद्यान्न वचत भएको र ५ बर्ष न्यून भएको देखिन्छ तर बिडम्बना प्रत्येक महिना औसत २ अर्ब रुपैयाँ भन्दा बढीको  चामल आयात गरिरहेका छौं । मध्य र सुदूरपश्चिम विकासक्षेत्रका पहाडी जिल्लामा त प्रत्येक बर्ष भोकमरीको समस्या रहने गरेको छ । तराईमा भने करिव ३ देखि ५ लाख मेट्रिक टन खाद्यान्न बचत हुने देखिन्छ । बिगतमा प्रतिवर्ष प्रति व्यक्ति ९० किलोग्राम चामलमात्र चाहिने हिसाब गरिएको देखिन्छ  तर वास्तवमा हाल आएर नेपालमा प्रति व्यक्ति करिब १ सय ३८ किलोग्राम चामल आवश्यक रहेको नयाँ तथ्य थाह भएको छ ।

हामी भारतबाटपनि खाद्यान्न खरिदगर्न नपाउने र देशपनि खाद्यान्नमा आत्मनिर्भर नहुने हो भने खल्तीमा पैसा भएपनि खाद्यान्न किन्न नपाउने अवस्था श्रृजना हुन्छ ।  सन् २००७/०८ को विश्व खाद्य संकट  आएको थियो । त्यसैले देशलाई हरहालतले खाद्यान्नमा आत्मनिर्भर बनाउनै पर्दछ ।  हामीले बाच्नको लागि पनि अरुको मुखताक्नु पर्ने अवस्था हटाउनु पर्छ । सरकारले कुनै हालतमा पनि जनतालाई बिहान, बेलुका दुइ छाक खुवाउनै पर्दछ ।  तर कुनै कामै नगरी फोकटमा खुवाउने रणनीनि पनि हुनु भएन । सेतोे चामलको बदला खैरो चामल खाने प्रचलन ल्याउन सकेमा रेसा,  भिटामिन र खनिज तत्वहरु बढीप्राप्त भई पोषणसुरक्षाको साथै खाद्य सुरक्षामा समेत सहयोग पुग्ने छ । तर, कुखुरापालक र दुग्ध व्यवसायीले यस नीतिको विरोध गर्ने गरेको पाइएको छ । नेपालमा धान, मकै, गहुं, कोदो, जौ र फापर बालीलाई खाद्यान्नको रुपमा लिने गरिएको छ ।

नेपालमा ३० बर्षपछि जनसंख्या दोब्बर नै बृद्धि भएको पाइन्छ । आजभन्दा २२५ बर्ष अगाडि विश्वभरको जनसंख्या आजको भारतको जनसंख्याभन्दा पनि कम थियो । जलवायु परिवर्तनलाई मध्यनजर राखी नेपालमा डुबान सहने स्वर्णा सव– १, सावा मसुली सव– १, चेहरान सव १ र खडेरी सहने सुख्खा धान १, सुख्खा धान २, सुख्खा धान ३, सुख्खा धान ४, सुख्खा धान ५ र सुख्खा धान ६ जस्ता धानका जातहरु सिफारिस भइसकेका छन्  ।   विश्व खाद्य संकट आइपर्दा, विश्व बैंकका अनुसार संसारभर कृषिक्षेत्रलाई हेला गरी  लगानी न्यून गरिएकोले खाद्य संकट आई खाद्य असुरक्षाकोे समस्या आएको हो । त्यतिबेला एसियाली विकास बैंकले पनि सस्तो भाउको खाद्यान्न पाइने जमाना गयो भन्ने गरेको थियो । भारतले सन् २००७ देखि  गहुँ र  सन् २००८ देखि  सर्वसधारणले खाने मोटो धान र चामल निर्यातमा ४ वर्षसम्म प्रतिबन्ध र नाकाबन्दी पनि गरेको  थियो । तसर्थ नेपालले खाद्यान्नमा आत्मनिर्भर हुन तुरुन्त ‘उच्चस्तरीय राष्ट्रिय खाद्य सुरक्षा मिसन’ बनाई त्यसलाई गम्भीरतापूर्वक लागू गर्न जरुरी छ । नत्र भविष्यमा खाद्यान्नको विकराल समस्या पैदा हुन सक्छ । यस्ता मिसनमा खाद्यान्न उत्पादनमा पढेर, परेर, गरेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका विज्ञलाई पनि समावेश गर्नु अति जरुरी छ । 

हाम्रो होइन राम्रो विज्ञलाई सदुपयोग गर्नु अति जरुरी छ । हाइटीमा खाद्यान्न व्यवस्था गर्न नसकेकाले विश्व खाद्य संकट आइपर्दा त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिनुपरेको थियो । देशबाट भोक, कुपोषण, गरिबी, आपसी भैmझगडा, अशान्ति हटाई क्षेत्रगत समानुपातिक खाद्यान्न वितरणको हिसाबले खाद्य सुरक्षासम्बन्धी योजना एवं कार्यक्रमका लागि लगानी बढाउनु जरुरी छ,  किनकि जीवन निर्वाह गर्न आवश्यक पर्ने खाद्यान्न प्राप्त गर्नु मानिसको नैसर्गिक अधिकार हो र यो कुरा नेपालको संविधानमा पनि उल्लेख गरिएको छ । यसर्थ कुनै पनि राष्ट्रले आफ्ना जनतालाई खाद्य सुरक्षा प्रदान गर्न आवश्यक प्रयास गर्दै जानु अनिवार्य हुन्छ । भनिन्छ— Hungry man is no peaceful man, empty stomach is restless one, Hungry man is Angry man अर्थात् भोको मानिस अशान्त हुन्छ र उसले कसैको अर्ती उपदेश पनि सुन्दैन । यसरी हेर्दा नागरिकले खान नपाए देशमा शान्ति कायम हुन पनि सम्भव हुदैन । सफल उदाहरण छिमेकी देश भारतसँग छ । सन् १९४७ तिर प्रधानमन्त्री जवाहरलाल नेहरुले सबैकुरा रोकिनसक्छ तर कृषि रोकिन सक्दैन  (Everything can wait but not Agriculture) भन्ने अवधारणा बनाई प्राथमिकताकासाथ कृषिको सुरुवात गरेकाले त्यतिबेला ५० मिलियनटन भएको खाद्यान्न हालआएर २ हजार सय ६ मिलियनटन पुर्याई , भारत खाद्यान्नमा आत्मनिर्भर हुनुको साथै निर्यातसमेतगर्न सक्षम भएको छ ।

त्यतीबेला कुनैपनि देश, ब्यक्तिले भारत खाद्यान्नमा कहिलेपनि आत्मनिर्भर हुन सक्तैन भनेका थिए । देशको सर्वोत्कृष्टपद ओगटेका पदाधिकारीबाट यस प्रकारका भनाई र गराईमा राजनैतिक प्रतिबध्दता आउने हो भने नेपालका वैज्ञानिकहरुले देशलाई खाद्यान्नमा सहजै आत्मनिर्भर तुल्याउन  सक्दछन । किनकी न्यूनस्तरबाट  उत्पादकत्व वृद्धिगर्न सहज पनि हुन्छ । विश्वको खाद्यान्न उत्पादन ६ सय ३१ मिलियन टनबाट हरितक्रान्तिले गर्दा हाल करिव २ हजार ६ सय मिलियन मेट्रिक टन भन्दापनि बढी पुगेको छ ।     

निष्कर्ष

 भोकमरीलाई सदाका लागि अन्त्य गर्न आज विश्वका सम्पूर्ण राष्ट्र क्रियाशील छन् । मेरो बाजेले घीउ खाथे मेरो हाल सुङ–सुङ मात्र भनेर मात्र पुग्दैन, ख्यातिप्राप्त विज्ञको राय, सल्लाह अनुसार कृषकले वातावरणीय दृष्टिकोण समेतलाई मध्यनजर राखी ज्ञान, विज्ञान, प्रविधि, अन्वेषणको आधारमा खेती गरी दिगो रुपमा उत्पादकत्व एवं उत्पादन बढाई सहजै देशलाई खाद्यान्नमा आत्मनिर्भर गराउन सक्दछन् र यसमा धानले अह्म भूमिका खेल्न सक्छ किनकि नेपालमा धान सुरक्षा भनेको नै खाद्य सुरक्षा हो । बढ्दो खाद्य असुरक्षा सम्वोधन गर्न संविधानमै खाद्य सुरक्षाबारे उल्लेख भएको छ ।

खाद्य सुरक्षा सुनिश्चित गर्न  र खाद्य संकट आउन नदिन खाद्य सुरक्षा नीति तथा ऐन बनाई प्रभावकारी ढंगले लागू गर्नु जरूरी छ । सहरीकरण र प्लटिङबाट उर्वरभूमि बचाउन भूउपयोग नीति र कानुन बनाई लानू गर्न  अब ढिलो गर्नु हुन्न । सरकार, अन्तरसरकारी निकाय, गैरसरकारी संस्था, नागरिक समाज, विज्ञसहित अन्य सरोकारवाला मिली ऐक्यबद्धताका साथ भोकमरी, कुपोष्ण र खाद्य असुरक्षाविरुद्ध युद्धस्तरमा लड्न जरुरी भैसकेको छ । आधुनिक र परम्परागत प्रविधिलाई एकीकृत  (Fusion/Cocktail) गरी अगाडि बढाउने राष्ट्रिय कृषि नीति हुनुपर्दछ । कृषिमा क्षेत्रको प्रवद्र्धन गर्ने हो भने आदर्श छाट्नुभन्दा व्यावहारिक बन्नु अपरिहार्य छ ।     

 

 

प्रतिकृया दिनुहोस

ककटेल कृषि नीति आजको आवश्यकता

बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

प्रवासी मजुदरको आँखामा बजेट

गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ

प्रधानमन्त्री केपी ओलीको राष्ट्रका

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला