गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

  गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

          राजेन्द्र दाहाल

भगवान को हो ? भन्ने प्रश्न गरियो भने कतिलाई निकै अलमल हुन्छ । केहीले आफ्नो तर्क पेश गर्छन् कतिले दिने रेडिमेड जवाफ हो  ब्रम्हा, बिष्णु, शिव, बुद्ध, येशु, अल्लाह आदिआदि । यिनै त भगवान हुन् । अ–आफ्नो धार्मिक मिथले यसलाई पुष्टि गर्न खोजेको पनि देखिन्छ । तर, यसैसँग जोडिएका अन्य प्रश्न पनि छन्  । भगवानसँग तपाईको भेट भएको छ ? भगवान कहाँ बस्छन् ? जस्ता प्रश्न जति सामान्य लाग्छन् उत्तर त्यति नै जटिल र गहन छन् । उत्तरको खोजीमा अध्यात्मवाद युगौ युगदेखि भौतारिएको छ । दुनियाँको चित्त बुझ्ने गणितीय जवाफ फेला परेको छैन् । बुद्धको हकमा भने यो लागू हुँदैन् । ‘भगवान’ बुद्ध विक्रम संवत् सुरुवात हुनुभन्दा ४८७ वर्ष पहिले कपिलवस्तुको शाक्यकुलका उत्तराधिकारीको रुपमा राजा शुद्धोधन र आमा मायादेवीका कोखबाट लुम्बिनीमा जन्मनु भएको थियो । आज २५६३ औं बुद्ध जयन्ती मनाइदै छ ।  विश्व समुदायले उनलाई ‘भगवान’ बुद्धको रुपमा स्विकार गरेको छ । तर, प्रश्न उठ्छ के मानिस भगवान बन्न सक्छ ? उनी कसरी भगवान भए ? भगवान को हो ? भन्ने बिषयमा चर्चा गरौं ।

मृत्युसँग लडिरहेको बिरामीको पीडा उ स्वयम्ले मात्र अनुभूत गरेको हुन्छ । उसलाई डाक्टर वा वैद्यको औषधिले निको भयो भने आफन्त र विरामीले उनीहरूलाई ‘भगवान’का रुपमा पुकार्छन् । अप्ठेरोमा परेको मानिसलाई सहयोग गर्ने व्यक्तिले भगवानको पगरी गुथ्छ । आखिर किन उनीहरुले भगवानको उपाधि पाए त ? जवाफ सजिलो छ अरुका लागि बाच्ने त्यागी मानिस नै भगवान बन्न सक्छन् । यस्तै मध्येका पात्र हुन्  गौतम बुद्ध ।

बुद्धकालीन समाज सनातन हिन्दु धर्म व्यवस्थामा आधारित थियो । तर, सनातन हिन्दु धर्म व्यवस्थामा थुप्रै विकृतिहरु व्याप्त थिए । कर्मकाण्डीय ढर्रा, दानधर्मको नाममा सामाजिक आडम्बर, शक्ति पूजाको नाममा बली प्रथा जस्तो प्राणी हत्या हिँसा, जातीय विभेद एवं पुरुषप्रधान समाजको आडमा लैङ्गिकविभेद जस्ता समस्याले तत्कालीन समाज ग्रस्त थियो । यस्तो चर्को विभेदबारे बोल्ने समाजिक चेत खोल्ने हिम्मत कसैसँग पनि देखिएन ।

बुद्धमा तत्कालीन समस्याबाट समाजलाई कसरी मुक्त गर्ने ? सबैका दुःखको समाधान के होला ? मानिस किन दुःखी हुन्छ ? समाजको विद्यमान कुरितीको अन्त्य कसरी गर्न सकिएला जस्ता प्रश्न उब्जिए । वास्तवमा बुद्ध आफैं राजाको छोरा थिए उनलाई दरबारमा कुनै किसिमको कमी थिएन । उनको पुस्तालाई पुग्ने श्रीसम्पत्ति,नौकर चाकर सबै थिए दरवारमा । दरवार छोडेर हिँडेपछि उनले समस्याको जड पत्ता लगाए , समाजमा व्याप्त विकृति विसंङ्गतिको परिणाम नै दुःखको कारण हो । दुःखबाट छुट्कारा पाउन विद्यमान सामाजिक व्यवहार, नियम, मूल्यमान्यतालाई बहिस्कार गर्दै दरबार छोडेर निस्केका थिए । उनको अभियानलाई सफल बनाउने धेरै सहयोगी तयार गर्दै समाज परिवर्तनको लक्ष्य प्राप्त गर्न उनी सफल भए । समाज परिवर्तनको यो अभियानमा प्रवासमा रहेर धेरै संघर्ष गरी प्राप्त उपलब्धिलाई संस्थागत गराउन बौद्ध संघ बनाए । यसले संस्थागत रुपमा कार्य गदै जाँदा बुद्ध सामाजिक नेता अभियन्ता समाज सुधारक हुँदै अलौकिक शक्ति भएका ब्यक्तित्वको रुपमा परिचय गराउन थालियो ।

यस क्रमले निन्तरता पाउदै जादा बुद्धका सिद्धान्त र विचारहरुले धर्मको रुप ग्रहण ग¥यो । सनातन हिन्दु धर्म ब्यवस्थाको प्रभाव केही कायमै रहँदा र तिब्बतीय प्रभाव समेत मिसिन पुग्दा बौद्ध धर्ममा अवतारवाद समेतले प्रश्रय पाउन थाल्यो । बुद्धलाई ‘भगवान’का रुपमा मुर्ति बनाई गुम्बा बिहारमा प्रतिस्थापन गर्ने प्रचलन आयो । समय–समयमा  पूजाआजा गर्ने गर्ने प्रचलनको विकास भयो । उनका ज्ञानलाई पुस्तकार गरियो । उनका ज्ञानलाई लिपीवद्ध गरेपछि आदर्श वढ्दै गयो ।  महिमा गाउन थालियो । उनका दर्शनका सम्प्रदाय खडा भए । तिनै संघहरू ‘वुद्धम् शरण गच्छामी’ भन्दै प्रचारप्रसारमा जुटे । बौद्ध धर्म घोषणा भयो ।  यसमा पनि विविधिकरण देखा पर्ने क्रममा बिभिन्न सम्प्रदाय बनेँ । यसरी समाज सुधारक सामाजिक नेता अभियन्ता भगवानको रुपमा पुजिन थाले र बुद्ध ‘भगवान’ बने ।  

आज विश्व समुदायले धार्मिक नेताको रुपमा मात्र नभएर एउटा समाज सुधारक अग्रगामी शान्तिदूतको रुपमा गौतम बुद्धलाई विशेष रुपमा सम्झने गर्दछ । कपिलवस्तुको शाक्यकुलका उत्तराधिकारीको रुपमा नेपलको लुम्बिनीमा जन्मनु भएका सिद्धार्थ गौतम तत्कालीन समाजमा व्याप्त विकृतिविसंङ्गति र युद्ध विरुद्धको संङ्गर्षमा होमिएर समाजलाई सामाजिक समस्यावाट मुक्त गराउन जुन सिद्धान्तको प्रतिपादन गर्नुभयो कालान्तरमा यही सिद्धान्तले धर्मको स्वरुपग्रहण गरेपछि बौद्ध धर्मको अस्तित्व देखा प¥यो । यसरी सिद्धार्थ गौतम, गौतम बुद्धको रुपमा परिचित बने । बुद्धको जीवनसंग जोडिएका स्थानहरू बौद्ध तीर्थस्थल कहलिए । उनको जन्मदिनले धार्मिक पर्वको मान्यता प्राप्त ग¥यो । बुद्धको जीवनसँग जोडिएका स्थान लुम्बिनी, कपिलवस्तु, रामग्राम, बोधगया, सारनाथ, कुशीनगर लगायत ठाँउमा उनको सम्ंझनामा निर्माण गरिएका स्तुपा, चैत्य, छोर्तेन, गुम्बा र विहारहरु महत्वपूर्ण बौद्ध तीर्थस्थल बनेँ । जहाँ लाखौं मानिस बुद्धको महिमाबारे थाहा पाउनका लागि पुग्ने गर्छन् ।

 

प्रतिकृया दिनुहोस

एनआरएनएको भड्किलो चुनाव

चीन र नेपाल आपसी लाभ र हितका लागि असल

ककटेल कृषि नीति आजको आवश्यकता

बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

प्रवासी मजुदरको आँखामा बजेट

गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला