शक्ति पूजाको महिमा र रूप

   शक्ति पूजाको महिमा र रूप

दुुर्गा को हुुन् ? किन उनको सम्झना र पूूजा गरिन्छ ? कहिलेदेखि पूूजाको परम्परा र विधि सुुरू भएको थियो जस्ता जिज्ञासा धेरै उठने गर्छन् । यसका लागि हिन्दु परम्पराका मानक शास्त्र, पुुराण र धर्मशास्त्रको अध्ययन जरूरी हुन्छ । विभिन्न शास्त्र एवं पुुराणको भनाइ अनुुसार यो जगतको उत्पत्तिको आरम्भमा कतै केही थिएन । सारा ब्रह्माण्ड शूून्य थियो । सर्वप्रथम ॐ शब्दको उत्पत्ति भयो । त्यसै ॐकारबाट पराशक्ति र तेजपुुञ्जको उत्पत्ति एकैसाथ भयो । त्यसबेला कतै केही नभएकाले सवै आकाश नै थियो । त्यो तेजपुुञ्ज आकाशमा बस्यो । तेजबाटै वायुुमण्डल, वायुुवाट जल र जलबाट पृथ्वीको उत्पत्ति भएको हो भन्ने नै धेरै पुुराणहरूले बताएका छन् । तिनै शक्तिको दायाँ अङ्गबाट सत्वगुुण प्रधान विष्णुु, वायाँ अङ्गबाट सत्वगुुणी शक्ति भएकी लक्ष्मीको उत्पत्ति भयो । भगवान विष्णुु शेष नागमाथि जल शयनमा रहदा नाभिकमलबाट ब्रह्माको सृष्टि भएको थियो भन्ने वारे पुुराणहरुमा ऐकमत्य पाइन्छ । कालान्तरमा विष्णुु र ब्रह्माको संयुुक्त शक्तिबाट तमोगुुणी रुद्रको उत्पत्ति भएको हो । त्यै पराशक्ति नै निर्गुुण ब्रह्मशक्ति वा आत्मा हो । यो मतबाट हेर्दा ब्रह्मा विष्णुु महेश्वर तीनै शक्तिको उत्पत्ति भगवतीको परा शक्तिबाटै भएको थियो । यसैले चण्डीमा भनिएको छ –

या देवी सर्वभूूतेषुशक्तिरूपेण संस्थिता

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः  

प्रायः देवी वा शक्तिपूूजालाई आत्मोन्नति, शक्ति सञ्चय र धर्मकृत्यका रुपमा अनुुसरण गर्नेगरिन्छ । संसारभर धर्मकै आधारमा रीतिरिवाज र परम्पराहरु निर्माण भएका हुुन्छन् । समाजका रीतिरिवाज, सामाजिक मान्यताहरु, प्राचीन वा आधुनिक परम्पराहरु धर्मकै श्रृङ्खामा आवद्ध हुन्छन् । यतिमात्र हैन सम्पूर्ण चराचर–विश्व नै धर्ममा अडेको हुन्छ । ‘धर्मो विश्वस्यजगतः प्रतिष्ठा’समाज एउटा लङ्कडो व्यक्ति हो भने धर्म त्यसमा चैतन्य भरेर गतिशीलता प्रदानगर्ने महत्वपूर्ण तत्व हो । धर्मद्वारा निर्देशित र प्रेरित चित् शक्ति, ज्ञानशक्ति र क्रियाशक्तिद्वारा समाजको पूर्ण विकास हुन्छ ।

कुनै पनि मानिस ज्ञात वा अज्ञात जुनसुकै रुपले भएपनि कुनै एक धर्म प्रति आकृष्ट भएको हुन्छ र त्यसबाट उसले आफ्नो जीवन–दर्शनमा आवश्यक सम्बल प्राप्तगर्दछ । यसरी  आपूmले अनुसरण गरेको धर्मको विषयमा उसमा बढी जिज्ञासा स्वभावतः उठ्न थाल्दछ । धर्मको अनुसरणबाट मैले आफ्नो जीवनको निश्चित् लक्ष्यमा पुग्न के कति उपलब्धि हाँसिल गर्नुपर्छ र गर्नसक्छु भन्ने ? भन्ने सोच्न थाल्दछ ।

कुनै पनि धर्म एक वा अनेक महापुरुषको सत्प्रयास वा योगदानले अनुप्राणित हुन्छ । वैदिक सनातनधर्म वा हिन्दु धर्ममा यस प्रकारको तत्व अनादिशक्तिको स्रोतलाई मानिन्छ । त्यसैलाई शक्तिरुपा देवी पनि भनिन्छ । जसप्रति बढी आस्था, श्रद्धा एवं भक्ति, अनुराग वा प्रेम हुन्छ त्यसैलाई शक्ति वा प्रेरणाको केन्द्रविन्दु मानिन्छ । त्यसैले भावना वा दिव्यतालाई अँगाल्दै दैवीशक्तिको रुप लिन्छ । हाम्रो वैदिक हिन्दू धर्म अनुसार कसैले जगज्जननी जगन्मातालाई शक्तिको स्रोत मान्दछन् त कसैले सरस्वती, लक्ष्मी, उमालाई ब्रह–विष्णु–शिवशक्तिको केन्द्रविन्दु मान्दछन् । यसरी दैवीतत्वको अनुुष्ठानलाई मननगर्दा जुन आफ्नो आराध्य छ, इष्ट छ, जसप्रति आफ्नो निष्ठा छ, श्रद्धा छ, विश्वास छ जसबाट भक्तलाई ऐह लौकिक र पारलौकिक कल्याण वा आत्यन्तिक सुख प्राप्तभएको अनुुभूूति हुन्छ त्यो नै शक्तिको स्रोत हो । शक्तिको स्वरुप हो ।

देवी भागवतका नुुसार उहिले शक्तिको वास्तविक स्वरूपको आदि अन्त्य नपाएर स्वयं जगत्स्रष्टा विधाताले नतमस्तक भएर करपल्लव जोर्दै आफ्नो जिज्ञासा प्रकट गर्नुुभएको प्रसङ्ग पाइन्छ । “एक अद्वितीय ब्रहतत्व भनेर ब्रहतत्वको वर्णन बृहद् रुपले गरिएको पनि छ । बृहद् ब्रहतत्व हजुर नै हुुनुुहुुन्छ कि कसो ? यदि हजूर नै होइबक्सिन्छ भने हजूर स्त्री या पुरुष के होइबक्सिन्छ ?” यसको प्रत्युत्तरमा जगज्जननी शक्तिमाताले आफ्नो प्यारो भक्तको आकांक्षा शान्तगर्दै आफ्नो स्वरुप यसरी भन्नु भएको छ –

स दैकत्वं न भेदोऽ स्ति सर्वदैव ममास्य च

योऽसौसोहमहंयोऽसौंभेदोऽस्तिमतिविभ्रमात्

नाहं स्त्री न पुुमान्श्चाहं न क्लीवं सर्गसंक्षये

सर्गे सति विभेदः स्यात् कल्पितोऽ यं द्विधा पुनः                      

                                               देवीभागवत

यसको अर्थ हुुन्छ –“म र ब्रहमा कुनै अन्तर छैन । हामी दुुवै एकै हौं । जो ब्रहहो त्यै म हुँ, जो म हुँ त्यै ब्रह हो । केवल बुद्धिको भ्रान्ति वा भेद बुद्धिले मात्र अन्तर जस्तो देखापरेको हो । संसारको प्रलयको अवस्थामा म फेरि न स्त्री हुन्छु न पुरुष हुन्छु न त नपुंसक नै । केवल चित्त चलायमान अवस्थामा मात्र भेद बुद्धि देखिएको हो । वास्तवमा म र ब्रह एकै हो ।” यसरी ब्रहाजीलाई जगज्जननी विष्णुमायाले आफ्नो साक्षत् स्वरुप बताएर सन्तुष्ट पारिदिनु भएको प्रसङ्गले पनि देवी सत्ता र महत्वको बोधगर्न सकिन्छ ।  शक्तिरूपा देवी नै ब्रह र ब्रह रूप शक्ति नै देवीहुँदा वेदान्तादि षड्दर्शनको सिद्धान्त शास्त्रसंगत हुनआउँछ । यिनै शक्तिको तीन रूप मानिन्छ –महाकाली, महालक्ष्मी, महासरस्वती । यी तिनै रुप शक्तिको् महत्ता र वैशिष्ट्यमा सप्तसती (चण्डी) गाथा आधारित भएको कुरा सर्वविदित छ । यीनै त्रिशक्तियुता देवीले नै मधुुकैटव (चण्डीको प्रथम चरित्र), महिषासुर (चण्डीको द्वितीय चरित्र), रक्तवीज, शुम्भ,निशुम्भ आदि (चण्डीको तृतीय चरित्र) भयङ्कर दानवहरुलाई विनाश गर्नुभएको कुरा सप्तशतीको पाठबाट ज्ञान गर्नसकिन्छ । त्यसैले अद्वैतवादी शङ्कराचार्यले पनि अद्वैतवादको तत्वार्थ र शक्तिको महत्तालाई दर्शाउदै भन्नुभएको थियो “अद्वैतनाम्नी परमेश शक्तिः” । जव मानिस दैवीशक्ति र सम्पदायुक्त हुन्छ तबमात्र ऊ सच्चा मानव हुन्छ । यसप्रकार मानवताको पराकाष्ठानै दैवी सम्पद् र शक्तिको प्राप्तिहो भन्ने कुरा निर्विवाद रूपमा दर्शाइएको छ ।  

सामान्य मानिसहरुमा पनि धेरै किसिमका शक्तिहरु रहेका हुुन्छन् । सृष्टि शक्ति, भोगशक्ति, पाचनशक्ति, वाचनशक्ति, रेचनशक्ति, सञ्चय शक्ति, सञ्चय शक्ति आदि मानिसकै जीवनाधारसंग सम्बन्धित हुुँदै आएका पनि छन् । ती सवै शक्तिको श्रोत कुुनै न कुुनै शक्ति अवश्य छ भनेर सहजै अनुुमान लगाउन सकिने हुुन्छ । कारण भए मात्र कार्य हुुने भएकाले पनि छोरा देखे पछि वावुुको अनुुमान लगाए झैं शक्तिको श्रोत कोही न कोही अवश्य छ भन्न सकिन्छ ।

जगज्जननी महाशक्तिलाई नै प्रकृतिका नामले पनि पुकारिन्छ । किनकि प्रकृतिले विभिन्न रुपले सन्तान रुप वीजाङ्कुरादिहरुलाई आविर्भाव गराइरहेकी हुन्छिन् । आफुुले आविर्भाव गरेका वस्तुुहरुकोे संरक्षण र संहार पनि प्रकृतिकै कालचक्रबाट हुन्छ । साङ्ख्यदर्शनका अनुसार त्रिगुण (सत्व रज तम) को साम्यावस्थालाई नै प्रकृति मानिन्छ र यसैमा मनुष्यजातिले मनुष्यत्वको ज्ञान गर्नसक्तछ । सत्व गुण प्रधान भएको समयमा मानिसमा दिव्यता आउँछ र ऊ विश्वबन्धुको रुपमा देखापर्छ । तमोगुण प्रधानभएको समयमा त्यै मानिस कर्तव्याकर्तव्य ज्ञान रहितभएर  पतनोन्मुख हुन्छ । यसरी सत्व र तमोगुण प्रधानभएको अवस्थामा सर्गवन्ध हुन्छ र रजो गुणको अवस्थामा प्रकृतिबाट महत्तत्वादि गुणहरुको सृष्टि हुन्छ । यस प्रकारले शक्तिको महत्व विभिन्न अन्यदर्शनमा पनि वर्णित छ ।

वेदान्त दर्शनले शक्तिको दुई रुपमा विभाजन भएको वताउँदछ – विद्या र अविधा । विद्या रुप शक्तिबाट मुक्ति वा कैवल्य र आत्यन्तिक सुख प्राप्तहुन्छ । यसै शक्तिद्वारा हाम्रा विभिन्न कार्यहरु निर्विध्न रुपले सम्पन्न हुन्छन् । विद्याको ठिक उल्टो हो अविद्या । जसले मुक्तिको सट्टा बन्धनमा पार्दछ । शक्ति नै विष्णुुको मायाको अवतार पनि हो । विष्णुमायाको  रुपमा पनि तिनै शक्तिले अनुलनीय योगदान दिएको फस्वरुप “विष्णुमायां प्रतुष्टुवुः” (चण्डी) भनेको पाइन्छ । यिनै शक्ति ब्रहरुप रहेछिन् भन्ने वागाम्भृगी सुक्तबाट पनि अवगत हुन्छ । कसैकसैले यिनै शक्तिलाई ब्रहमहिषीको रुपमा स्वीकार गरेको पनि पाइन्छ । “सतां भक्तेर्वीजं त्वमसि परब्रह महिषी ।’ उमा लक्ष्मी पार्वती गौरी, शिवा देवी दुुर्गा जे भने पनि यी सवै शक्तिकै पर्यायवाची नाम र स्वरुप हुुन् । अवस्था अनुुसारको शक्ति प्रदर्शन यिनीहरुवाटै हुुने गरेको शास्त्रीय चर्चा हिन्दुुशास्त्रहरुमा पाइन्छ ।

विशेषतः नेपाली हिन्दुुहरु यिनै शक्तिको यो शरद्कालमा बडो आनन्दमय वातावरणमा श्रद्धा एवं भक्तिका साथ धुुमधामकासाथ अभ्यर्थना गर्दछौं । अर्चना गर्दछौं । यो अवधिलाई नै दशैंको रुपमा अङ्गीकार गरेर नौ दिनसम्म प्रतिपदा (घटस्थापना)देखि नवमीसम्म त्रिशक्तिदेवी (महाकाली, महालक्ष्मी, महासरस्वती)का रुपमा शैलपुुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री आदि नौ नामले नवदुुर्गा भनेर पूूजागर्छाैं र दशमीका दिन विसर्जन गरेर प्रसाद लगाउछौं । दशैंलाई विजय शक्तिका रुपमा पनि हेरेर रामचन्द्रले रावणवध गरेको समेत मानिने दशौं दिनमा प्रसादको रुपमा दही अक्षता र जमारा लगाँउछौं  । तिनै नौ दिनमा विभिन्न देवदेवीका मन्दिरहरुमा गएर स्तुति जप पाठ गर्ने परम्परा पनि व्यापक छ । देवी चर्चा, देवी भागवत पाठ, देवी महिमा गान पनि प्रायः यिनै नौ दिन भित्रमा गर्ने प्रचलन रहेको छ ।

देवीको नाना रुपका सम्बन्धमा पनि शास्त्रहरुमा वर्णन पाइन्छ । दैत्यहरुको नाशगर्न उनै देवी चामुुण्डाको रुपमा प्रेतमाथि वसेकी हुन्छिन् भने वाराहीको रुपमा भैंसीमाथि चढ्दछिन् । वैष्णवीको रुपमा गरुडमा चढेकी हुुन्छिन् । उनै देवीलाई हामी मयुुरमाथि बस्दा कौमारी, । साढँेमाथि वस्दा माहेश्वरी, कमलमाथि वस्दा लक्ष्मी र हाँसमाथि वस्दा ब्रह्मी भनेर आदर र पूूजा गर्ने गर्दछौं ।  

नवदुुर्गा पूूजाको वैज्ञानिक महत्ववारे पनि विद्वानहरु आ आफ्ना विचार व्यक्त गर्दछन् । कसैले नवदुुर्गा पूूजाबाट भावनात्मक शक्ति प्राप्तहुुने वताउँछन् भने कसैले ध्यान मार्फत् शक्तिसंचय हुुने तर्क गर्दछन् ।  यसवारे वैज्ञानिक अनुुसन्धान भैनसकेको भए पनि ध्यान र प्राणायामको माध्यमबाट शरीर र आत्माका वीचमा एकाकार भाव सिर्जना हुुनेवारे भने रामदेव र उनका अनुुयायीहरु एवं जीवनदर्शनका व्यख्याताहरु स्पष्ट छन् ।

जेहोस् नवदुुर्गा पूूजा हाम्रो धर्म, संस्कृति र परम्पराको प्रतीक हो । तमाम हिन्दुुहरु यो अवधिलाई शक्तिप्राप्तिको उल्लासको रुपमा लिन्छन् । यद्यपि यो पर्वलाई जुवा तास र मद्यपानका विकृतितिर पनि धकेलेको देखिन्छ । तर मानवीय कमजोरीका पाटालाई छोडेर चिन्तनमनन गर्दा भने दुुर्गापूूजाका दिनहरुलाई बहुपक्षीय महत्वका रुपमा लिनुुपर्ने कुुरामा पारम्परिक एवं शास्त्रीय दुवै आधार बलिया पाइन्छन् ।  

सनातन पराम्परा वोकेको हिन्दुु धर्म विलक्षण प्रकृतिको मान्नुुपर्ने हुन्छ । यसमा जन्म मृत्युु कर्म संस्कार कर्मफल कर्तव्य, अकर्तव्यदेखि लिएर मरेपछि पनि सुख वा दुुखहुुने कुुराको उल्लेख छ । वावुुआमाको आदर, गुुरुभक्ति, असक्त प्रतिको प्रेमभाव, सद्भाव, सहयोग, क्षमा, दया जस्ता दैवी गुुणहरुको विस्तृत चर्चा पनि यसै धर्मका शास्त्रहरुमा पाइन्छ । ज्ञान कर्म र भक्तियोगका विशेषता र विशिष्टिताको व्याख्या भएको हिन्दुुशास्त्र संसारभरकै वैज्ञानिकहरुका लागि अनुसन्धानको विषय वनेको छ । अन्य पश्चिमा शास्त्रहरु प्रत्यक्ष रुपमा देखिएका र मानवक्षमताले सञ्चालन हुुने वस्तुुको मात्र व्याख्या गर्दछन् तर पूूर्वीय शास्त्र र दर्शन भने अदृष्ट शक्तिको पनि उत्तिकै महत्वका साथ चर्चा गर्दछन् । आफ्नो शरीरलाई निस्वार्थ सेवामा लगाउने कर्मयोग, आफ्नै स्वरुपमा अटल रहने ज्ञान योग, आफुुलाई भगवान रुपी शक्तिमा समाहित भएको अनुुभव गर्ने भक्तियोगको अभूूतपूूर्व दृष्टान्त हिन्दुशास्त्रमा नै पाइन्छ । त्यै शास्त्रले वताएको संसारको सृष्टिको आराध्य शक्तिको उपासनाको संक्षिप्त चर्चा अहिलेको प्रमुुख विषय नै मान्नुपर्दछ । आजलाई यत्ति नै ।

–डा. वद्री पोख्रेल

अध्यक्ष, जयतु संस्कृतम् काठामाडौं

badripp@gmail.com+

 

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला