ब्लग : ‘घाँडो’ भयो संघीयता

ब्लग : ‘घाँडो’ भयो संघीयता

सरस्वती पाण्डे 'सरस'/मुलुकमा बलियो सरकार छ ।  तर, जन अनुभूति भने कमजोर, सरकार भएको र कतिपय अवस्थमा सरकार नै नभएको अनुभूति गरेको सुनिन्छ । संघीय प्रणालीमा मुलुक होमिएपछिको यस अवस्थामा संघीयता कार्यान्वयनको सकस करको दायरा फराकिलो पारिएको अवस्थाले बुझाएकै छ । के देशमा संघीयता टिक्दैन ? संघीयताको राँको लिएर आउनेहरू बेकुफ हुन ? देशी–विदेशी शक्तिका उक्साहटमा ल्याइएको संघीयता देशलाई घाँडो भएको हो ? बढ्दो करवृद्धि र विकासको अवस्थालाई हामीले बुझ्न नसकेको हो ? सार्वजनिक सवारी साधनमा कहिलेकहीँ यस किसिमका कुराहरू सुन्ने गर्छु म । यस्ता कुरा गर्नेहरू मुलुकको जिम्मेवार पदमा रहेको जस्तो लाग्छ । तर, नहुन पनि सक्छन है !नेपालमा संघीयता आवश्यक छैन । टिक्दैन । पाँच विकास क्षेत्रलाई नै संघीय प्रणालीमा रूपान्तरण गरेर परिक्षण गरौं भन्ने आवाज नआएको पनि होइन संविधान निर्माणताका । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत अन्य पार्टीपंक्तिका नेताहरूले भनेको सम्झन्छु । अहिले संघीय प्रणालीको अवस्थालाई हेर्दा उनीहरूका कुरा झलझली आँखामा आउँछ । 

सिंहदरबारको अधिकार गाउँ–गाउँमा भने पनि अधिकार अनुभूति भने हुने गरेको छैन । आधारभूत विकासका पूर्वाधारहरू–खानेपानी, स्वास्थ्य, शिक्षा, यातायात, बिजुली । यस्ता अधिकारबाट जनता बञ्चित मात्र भएका छैनन्, कस्तो हुन्छ भनेर देख्न समेत नपाएका सूचना दैनिक रूपमा सञ्चार माध्ययमा सुनिएकै छ । अनि कसरी भन्नु र, सिंह दरबारको अधिकार गाउँ–गाउँमा पुग्यो भनेर । कहिले पुग्छ  ? के देशमा कर बढाएर मन्त्री र सांसद पाल्दैमा संघीयता कार्यान्वयन हो ? संघीयता कार्यान्वयन हुँदैछ । हामी परीक्षणको अवस्थामा छौँ । अहिलेकै अवस्थालाई हेर्दा संघीयता मुलुकमा संघीयता टिक्दैन । यो हुनु भनेको संघीयता पक्षधर फेल हुनु हो । प्रत्येक प्रदेशको आयास्रोतको भरमा उक्त प्रदेश पालिन गाह्रो देखिन्छ । हाम्रा नेता आयस्रोत बढाउनभन्दा व्यक्तिगत स्वार्थपूर्ति लागेको देखिन्छ । जुन जनभावना विपरित छ । 

त्यस्तै, केपी ओली प्रधानमन्त्री भएको ६ महिना वित्यो । जनचाहना अनुसार कति काम भए ? यसको कुनै लेखाजोखा सार्वजनिक गर्न सकेको छैन सरकारले । प्रधानमन्त्री ओली अनावश्यक ‘फोस्रा गफ’ दिंदै हिंडेका छन् । प्रदेश संसद चहादै हिंडेका छन् । विपक्षी दललाई गाली गर्दे समय विताएका  छन् । जिम्मेवारी बोध नभएजस्तो, कुरा नबुझेजस्तो, हेर्दा परिपक्व तर व्यवहार केटाकेटीजस्तो ! के ओली नेतृत्वको पञ्चवर्षे सरकार यत्तिकै बित्ला  ? बलियो सरकार र पार्टी हुँदा पनि  विकासले गति लिन नसक्ला ? यस्तो अवस्थतामा पनि विकास नभए अब कसको अपेक्षा कहिले किन गर्ने ? जनतामा गहिरो आशंका छ । 

 

 

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला