मैले पढेको विद्यालय फर्केर हेर्दा...

मैले पढेको विद्यालय फर्केर हेर्दा...

–मिलन विक्रम सिंह बस्नेत

षडानन्द नगरपालिकास्थित अरुण उच्च मा.वि भोजपुरमै नाम चलेको विद्यालय हो । यस विद्यालयमा मैले कक्षा १ देखि १२ सम्म अध्ययन गरेको थिएँ । अरुण मा.विमा पढेको विद्यार्थी भन्न पाउँदा मलाई भित्रभित्रै गौरव महसुस हुने गर्दथ्यो किनभने शैक्षिक गुणस्तर अब्बल रहेको कारण जिल्लाभरी यस विद्यालयको बेग्लै सान थियो । तर, केहि वर्ष यता अरुण मा.विको शैक्षिक स्तर खस्किँदै गएको थाहा पाएदेखि मलाई भित्रभित्रै ग्लानी महसुस भईरहेको छ । 

कुनै समय थियो, अरुण मा.विका विद्यार्थी एस.एल.सी (हालको एस.ई.ई) मा डिस्टिङ्सनसम्म ल्याउने गर्दथे । आजकल विद्यालयको नतीजा प्रतिशत देख्दा लाज मान्नुपर्ने अवस्था आएको छ । विद्यालयले एस.ई.ई तथा प्लस टुमा शुन्य नतीजा हात पा¥यो भनेको सुन्दा आफैँलाई विश्वास लाग्दैन । त्यति राम्रो विद्यालयको शैक्षिक गुणस्तर अचानक यति धेरै खस्कियो कसरी ? 

मैले अरुण उच्च मा.विका प्रधानाध्यापक सुरेन्द्र पण्डितसँग फोन सम्पर्क गरेँ । विद्यालयको शैक्षिक गुणस्तर निकै नै घटेको विषयलाई उहाँले स्वीकार गर्नुभयो । उहाँले विद्यालयको प्रधानाध्यापक पद सम्हालेको चार वर्ष भएको रहेछ । यी चार वर्षमा उहाँ विद्यालयको शैक्षिक स्तर सुधार गर्न खासै सफल हुनसक्नु भएको रहेनछ । जिल्ला कै प्रख्यात विद्यालयमा अध्ययन गर्न पाउँदा जोकोही पनि खुसी नै हुन्छ र अभिभावकहरूको पनि चाहना यही नै हुन्छ । तर, यस्ता नाम चलेका विद्यालयको गुणस्तर दिनप्रतिदिन उकालो लाग्नुको सट्टा ओरालो लाग्दा कसको पो मन खुसी होला र !

वि.सं.२०२१ सालबाट अरुणले अध्यापन सुरु गरेको थियो । जिल्लामै आफ्नो स्थान उच्च बनाउन सकेको थियो । यसै सफलताबाट हौशिएर वि.सं.२०६५ सालबाट विद्यालयले उच्च मा.विको पढाई पनि सुरु गरेको थियो । अध्यापन सुरु गरेको पहिलो वर्ष मै विद्यालयले सर्वाेत्कृष्ट नतीजा ल्याउन सकेको थियो । 

वर्तमान प्रधानाध्यापक सुरेन्द्र पण्डितले मा.विको शैक्षिक गुणस्तर घट्नुको मुख्यकारण शिक्षक सरूवा भईरहने प्रवृत्तिलाई देखाउनुभयो,‘एउटै विषयको शिक्षक पटक पटक सरूवा भईरहेको छ ।’ यसपछि, मैले शुन्य नतीजाको कुरामाथि उहाँको विचार जान्न खोजेँ, उहाँले भन्नुभयो, ‘गत वर्ष शुन्य नतीजा प्राप्त भएको थियो तर यस वर्ष केही सुधार भएको छ ।’

यसको अर्थ अँझै पनि मा.विको नतीजा लाजमर्दाे नै छ । कुराकानीका सिलसिलामा उहाँले भन्नुभयो, ‘म विद्यालयमा प्रधानाध्यापक भएर आएको चार वर्ष भयो र दुई वर्षदेखि विज्ञान विषयको शिक्षकको दरबन्दी रिक्त छ ।’ पहिलो एक वर्ष चुनावी सरगर्मीका कारण शिक्षक दरबन्दीप्रति कसैको चासो रहेन । त्यसपछि, विज्ञापन खोलियो तर आवेदन दिन कोहि आएन । एक जना बल्ल बल्ल आएका रहेछन् तर उनी पनि नियुक्ति लिन फर्केर आएनन् ।  

प्रधानाध्यापक पण्डित भन्छन्, ‘अहिले बाहिरबाट सरूवा मिलाएर ल्याउन खोजीरहेका छौँ तर राजनीतिक कारणले अलिक मिलीराखेको छैन ।’ कस्तो राजनीतिक कारण भनी मैले सोधेको प्रश्नमा उहाँले जवाफ दिनुभयो, ‘स्थानीय स्तरमा त सहयोग मिलीराखेकै छ तर जहाँबाट सरुवा गराएर ल्याउन खोजीएको हो; त्यहाँबाट चाहिँ राजनीतिक कारणले ल्याउन सकिरहेका छैनौँ ।’

उच्च मा.विको मात्रै होईन; मा.विको पनि शैक्षिक स्तर खस्किसकेको रहेछ । प्रधानाध्यापक पण्डितले बताए, विज्ञान विषयमा एउटा र अंग्रेजी विषयमा दुईवटा दरबन्दी खाली छ । प्राविधिक विषयकै शिक्षकको दरबन्दी खाली रहेको विद्यालयको शैक्षिक गुणस्तर खस्किनु स्वभाविक नै हो । यसलाई सुधार गर्ने कसरी ? षडानन्द उच्च मा.विमा शुल्क कम रहेको तथा नमुना विद्यालय भएकै कारण अरुणको शैक्षिक स्तर खस्कियो भन्नु आप्mनो कमजोरी लुकाउने असफल प्रयास मात्रै हो । षडानन्दलाई नमुना विद्यालय बनाएकै कारण विद्यार्थी भर्ना कम भएको विषयमा सहमत हुन सकिन्छ । तर, जो विद्यार्थीहरु अरुणमा भर्ना भएका थिए; उनीहरुले राम्रो नतीजा ल्याउनुपर्ने थियो नि, हैन र ! अहिले स्थानीय सरकार छ ।

नगरपालिकाहरुमा नगरप्रमुखको रुपमा मेयर पदासीन छन् । तसर्थ, मेयरले पनि आप्mनो क्षेत्रमा कुन विद्यालयको शैक्षिक स्तर कस्तो छ ? शिक्षक दरबन्दी पूर्ण छ वा छैन ? दरबन्दीमा रहेका शिक्षकहरूसँग योग्यता छ वा छैन ? जस्ता विषयमा गम्भीर भएर अनुगमन गर्नुपर्ने हो तर यस्तो पनि हुन सकेको छैन ।   

वडाध्यक्ष अनि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू समेत यस विषयमा संवेदनशील हुन नसक्नु दुखको कुरो हो । शिक्षाप्रति स्थानीय पदाधिकारी तथा विद्यालय प्रमुखको यस प्रकारको लापरवाहीले भोजपुर जिल्लालाई मात्रै होईन; भविष्यमा नेपाललाई आवश्यक पर्ने जनशक्ति निर्माणलाई पनि प्रभावित पार्नेछ ।  

प्रतिकृया दिनुहोस

एनआरएनएको भड्किलो चुनाव

चीन र नेपाल आपसी लाभ र हितका लागि असल

ककटेल कृषि नीति आजको आवश्यकता

बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

प्रवासी मजुदरको आँखामा बजेट

गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला