कस्ता कलेज रोज्ने ? 

कस्ता कलेज रोज्ने ? 

सरस्वती पाण्डे ‘सरस’/एसईई परीक्षाको नतिजा प्रकाशित भए पश्चात् ४ लाख ५१ हजार ५ सय ३२ जना विद्यार्थीहरूको नयाँ शैक्षिक दिशा सुरु भएको छ । अबको शैक्षिक यात्राका खुड्किलाहरू कसरी पार गर्ने ध्याउन्नमा उनीहरू छन् । नतिजा प्रकाशित हुने वित्तिकै अहिले विभिन्न प्लस टुहरूले विद्यार्थी आफ्नो कलेजमा भर्ना गराउन तँछाडमछाड गरेको देखिन्छ । पर्चा, पम्लेट, सर्कुलर, भित्ते लेखन गरेर कलेजहरूले विज्ञापन गरेका छन् ।  यो हेर्दा व्यवसायिक शिक्षाको अवस्था निरन्तर बढेको देखिन्छ । हाम्रो मुलुकमा निजी शिक्षा र सार्वजनिक शिक्षाकाबिचमा गहिरो अन्तर देखा परेको छ । सामुदायिक विद्यालयहरूले यसरी चासो दिएर विद्यार्थीलाई आकर्षित गरेको पाइन्न । 

उच्च शिक्षाको अभिलासा लिएर गाउँबाट शहर छिर्नेहरूको लर्को पनि उत्तिकै छ । गाउँमा प्लस टु प्रशस्त भए पनि विद्यार्थीहरूको रोजाई भने शहर नै हुने गरेको छ । शहरमा शैक्षिक वातावरण, गुणस्तर, चाहेको विषय अध्ययन गर्न पाइने, आफू अनुकुलको कलेज रोजाइका कारण पनि ग्रामीण समुदायका विद्यार्र्थीहरू आकर्षिक हुने गरेको बुझिन्छ । तर, आर्थिक स्तर न्युन भएका विद्यार्थीहरू भने चाहेर पनि अध्ययन गर्न नसकेको उदाहरणहरू प्रशस्त छन् । तिनीहरूका लागि कहिले शैक्षिक पहुँच पुग्ला ? यस विषयमा सरकारले सोच्नु आवश्यक छ । 

त्यसैगरी विद्यार्थीहरूलाई प्लस टुहरूले चर्को शैक्षिक नारा दिएर विद्यार्थी फकाइरहेका छन् । कलेजका भवन, खेल मैदान, प्रविधिमैत्री वातावरणजस्ता नाराबाट दिने गरेको देखिन्छ । तर, बाहिरी रूपमा यसरी देखाएर सस्तो प्रचार गरे पनि वास्तविक रूपमा उनीहरूले शैक्षिक अवस्था कस्तो छ यस विषयमा भने केही बोलेको देखिदैन । यसमा बिचार गर्नुपर्ने देखिन्छ । यहाँ शिक्षाका नाममा राष्ट्रिय अपराध गरिएको छ । सिकाइको तल्लो अवस्थादेखि नै शिक्षाको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ ।  अब यो या त्यो बहानामा शैक्षिक क्षेत्रमा अपराध गर्न पाइन्न ।शिक्षकले चाहे भने राम्रो शैक्षिक सुधार गर्न सक्छन् । शिक्षकहरूलाई आकर्षक तलब भत्ता दिएर शिक्षण सिकाइकमा लाग्नुपर्छ । विद्यार्थीले पनि विद्यालयका आकर्ष भवन, सस्तो प्रचारभन्दा पनि शैक्षिक गुणस्तरतालाई बुझेरमात्रै भर्ना गर्नु उचित हुन्छ । 

अर्को कुरा पनि यहाँ भन्नै पर्ने हुन्छ । विद्यार्थी तथा अभिभावक विद्यार्थीले बढी जिपिए ल्याएपछि विज्ञान अथवा म्याजमेन्ट पढौं, पढाऔँ भन्ने हुन्छ । तर वास्तवमा यो गलत हो । विद्यार्थी आफूले जुन विषय पढ्न रहर गरेको छ त्यही विषय छनोट गरेर पढ्दा राम्रो हुन्छ । किन भने विषय छनोट अरूले गरेको आधारमा होइन आफूले नै छनोट गरेर पढ्दा  धेरै राम्रो हुन्छ । यहाँ सुरुमा अरूको लहीलहीमा लागेर कम जिपिए ल्याएका विद्यार्थीले विज्ञान विषय पढे । तर पछि सो विषय पढ्न कठिन भएपछि मानविकी तथा शिक्षा संकाय लिएर पढ्ने गरेको पाइन्छ । यस्तो प्रवृत्ति विद्यार्थी तथा अभिभावकले हटाउनुपर्छ । आफ्नो रोजाइको विषयमा मेहनत गरेर अध्ययन गर्ने हो भने सफलता हात पार्न सकिन्छ । कुुनै पनि विषय आफैंमा नराम्रो पटक्कै छैनन् । जुनसुकै विषय लिएर उकृष्ट नतिजा निकाल्न सक्ने हो भने स्वदेशमै राजेगारीका सम्भावनाहरू प्रशस्त छन् ।  

 

                                                                                        लेखक शिक्षिका हुन् । 

प्रतिकृया दिनुहोस

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला